NIVAS संस्थाले दागं जिल्लाका पालिकाहरु सँग गर्यो भेट्घाट र अन्तरक्रिया
11 Dec, 2024
ग्रामीण महिला उत्थान केन्द्र दाङ र अमेरिका स्थिीत NIVAS संस्थाको साझेदारीमा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना (SWFH) को अनुगमन तथा अबलोकनका लागि नेपाल आउनुभएका NIVAS संस्थाका संञ्चालक समितिका पदाधिकारी, कार्यकारी निर्देशक, ईम्पयाक्ट एण्ड ईनोभेसन डाईरेक्टर सहितको टिमले जिल्लाका बिभिन्न पालिकाहरु सँग भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

भेट्घाटको पहिलो दिन, लमही नगरपालिकाको कार्यालय, लमही नगरका नगरप्रमुख जोगराज चौधरी को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिदेशी पाहुनाहरुलाई थारु नाँचले स्वागत गर्दै त्यस पालिका क्षेत्रमा एकल महिलाहरुको अवस्था, घरको अवस्था बिषयमा सहभागितात्मक रुपमा छलफल गरिएको थियो । उपमेयर लक्ष्मी योगीले स्वागत गर्नुभएको कार्यक्रममा त्यस क्षेत्रका बस्ती तथा घरहरु अत्यन्त जिर्ण अवस्थामा रहेको र पालिका बाट पनि केहि सहयोग गर्दै आएको कुरा बारे जानकारी गराउनुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै नगरप्रमुख जोगराज चौधरीले एकल महिलाहरुको बिषयमा पालिका बाट बिभिन्न काम गर्दै आएको भएतापनि कसैको पनि घर निर्माण गर्न नसकिरहेको कुरा ब्यक्त गर्नुभएको थियो । यर्सथ कोहिपनि संघ संस्था पालिका सँग जोडिएर काम गर्न आएमा आगामी दिनमा पालिकाको तर्फबाट आफुहरु फराकिलो रहेको बारे जानकारी गराउनुभएको थियो ।

यसैगरी मिति २०८१ साल मंसीर २१ गतेका दिन NIVAS संस्थाका सम्पुर्ण पदाधिकारीहरु सहितको टिमले घोराही उपमहानगरपालिकाको कार्यपालिका सँग भेट्घाट एंव अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । घोराही उपमहनगरपालिकाका उपमेयर हुमा डि.सी.ले स्वागत गर्नुभएको कार्यक्रममा बोल्दै उपमेयरले घोराही उपमहानगरपालिका भएतापनि यहाँको बिकट बस्ती क्षेत्रका बारेमा जानकारी गराउनुभएको थियो, अझैपनी गाँउ बस्तीमा बाटो, अस्पताल पुग्न नसकेको बताउदै महिलाहरुलाई बस्ने घर नभएकै कारण धोती, त्रिपालले छानो ढाकेर रात काट्ने गरेको दुःख, अत्ति बिपन्न महिलाहरुको अवस्थाको बारेमा पनि जानकारी गराउनुभएको थियो ।

यसैगरी उपमेयर डि.सी.ले आफु एकल हुदा भोगेको पिडा र समुदायमा एकल महिलाहरुले घर नभएकै कारण भोग्नुपरेको पिडाका बारेमा सबैलाई जानकारी गराउनुभएको थियो । यसैगरी नगरप्रमुख नरुलाल चौधरीले सबै सँग भेट भएकोमा खुसी साटासाट गर्दै पालिकामा आएकोमा अतिथिहरु सबैलाई धन्यवाद पनि दिनुभएको थियो ।

यसैगरी NIVAS संस्थाका सम्पुर्ण पदाधिकारीहरु सहितको टिमले गढवा गाँउपालिका र राजपुर गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहितको टिम सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।







