NIVAS संस्थाका Lindsey Krunger द्धारा सन् २०२५ मा निर्माण भएका घरको अवलोकन तथा परिवार सँग भेटघाट « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

NIVAS संस्थाका Lindsey Krunger द्धारा सन् २०२५ मा निर्माण भएका घरको अवलोकन तथा परिवार सँग भेटघाट

Please follow & like us :)

27 April 2026

मिति २०८२ साल चैत्र ११ गतेका दिन NIVAS संस्थाका Executive Director Lindsey Krunger सहितको टिमले सन् २०२५ मा निर्माण भएका घरहरु र सो घरका परिवारहरु सँग भेटघाट गरेको छ ।


ग्रामीण महिला उत्थान केन्द्र र NIVAS संस्था सँगको साझेदारीमा घोराही उपमहानगरपालिका, राजपुर र गढवा गाँउपालिकामा संञ्चालन भईरहेको “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भूमिमा महिलाको स्वामित्व सचेतना/पैरबी परियोजना” अन्र्तगत सन् २०२५ मा राजपुर र गढवा गाँउपालिकामा जम्मा ६ वटा घरहरु निर्माण गरी हस्तान्तरण गरेको थियो । घर प्राप्त गरेकी राजपुर ६ गंगदी निबासी दुर्गा चौधरीले अहिले आफु जग्गा र घरको मालिक बन्न पाएकोमा संस्थालाई धन्यवाद दिदै अब जिबिकोपार्जनका लागि केहि सहयोग भईदिए आफु र ३ नानी बाबुको जिवन सहजै बित्ने भनाई राख्नुभएको थियो । सपना जस्तो लाग्ने घरमा अहिले सुबिधासहित बस्न पाउदा गाँउघर परिवारमा समेत आफुलाई सम्मानजनक तरिकाले हेर्ने गरेको बताउनुभयो ।


यसैगरी राजपुर गाँउपालिका वडा नम्बर १ तब्दारपुर निबासी निर्मला चौधरीले हुर्किदै गरेका छोरीहरुलाई छोडेर काममा टाढा जाने मनसाय नरहेकोले आगामी दिनमा आयआर्जनका लागि आफनै ठाँउमा केहि काम गर्न पाए हुने भन्ने अपेक्षा राख्दै ३ छोरीहरुको शिक्षामा सहयोग गरिदिए आभारी हुने बताउनुभएको थियो साथै आफुजस्तो बेघरलाई घर बनाईदिएर साथ दिएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।
यसैगरी गढवा गाँउपालिका वडा नम्बर ५ कक्रहवा निवासी जिबि बि.क.ले आफनो बिगत सम्झीदै घर बनाउन आउनेहरु त आफनो लागि भगवान् रहेको बताउनुभयो, चुहिने छानो, खानलाई मागेर ल्याएपनी रात नसुतेरै कट्ने गरेको दुखेसो सुनाउनुभयो । अरुका घरमा भाडा माझनु, ज्याला मजुरी गर्नु र दाउरा काटेर जिन्दगी चलाउदै आएको बताउने जिबिले अहिले संस्थाले आफुलाई समुहमा संल्गन गराई बाख्रा समेत उपहार दिएकोमा धन्यवाद दिनुभएको थियो । बाख्रापालनले केहि हुन्छ कि भन्ने आशा लागेको बताएकी जिबिले छोराछोरीको पढाई खर्चमा सहयोग भईदिए आफुलाई राहतको श्वास फेर्ने भनाई समेत राख्नुभएको थियो साथै अतिथिहरुलाई पुष्पगुच्छाले स्वागत समेत गर्नुभएको थियो ।


यसैगरी गढवा गा.पा. वडा नम्बर ४ कट्यानगाँउ निवासी प्रमिला चौधरीको घरमा पुग्दा चौधरी जिल्ला बाहिर काममा गएको हुदा उहाँको छोरी एलिना सँग अन्तरसम्बाद भएको थियो । एलिनाले घर बनेपछी आफनो लागि स्कुल नजिक भएको बताउदै आमालाई यतै काम पाईयो भने सँगै बस्ने थियौ, काम पाईदैन् भन्ने जिज्ञाशा राख्नुभएको थियो । आफुहरुलाई घर बनाएर दिएकोमा खुशी ब्यक्त गर्दै एलिनाले धन्यबाद दिनुभएको थियो । यसैगरी गढवा गा.पा. वडा नम्बर २ महदेवा निबासी कैलाशपती चौधरीले घर बनाइदिएको मा अथाह खुशी ब्यक्त गर्नुभयो भने नातिनीलाई पुनः पढ्न जानका लागि कमाउदै पढ्दै गर्ने बातावरण मिलाईदिनका लागि अनुरोध गर्नुभएको थियो ।
धेरैजसो परिवारको एउटै आवाज थियो, घर बनेपछी घरसँगै जग्गाको पनि मालिक बन्न पाएको र घर बनाईदिएकोमा खुशी ब्यक्त गर्दै धन्यबाद दिनुका साथै आफनै ठाँउमा परिवार सँगै बसेर काम गर्ने बातावरणको अवसर सिर्जना भईदिए भन्ने कौतुहुलता रहेको थियो । ग्रामीण महिला उत्थान केन्द्र र NIVAS संस्था सँगको साझेदारीमा सन् २०२४ देखी एकल महिला र १६ बर्ष मुनिका सिमान्तकृत, बिपन्न र अल्पसंख्यक समुदाय जस्को बस्ने घर छैन् वा भएर पनि जिर्ण अवस्थामा रहेको छ, ति परिवारका लागि २ कोठाको भुकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरी हस्तान्तरण गर्दै आईरहेको छ। सन् २०२४ मा राजपुर र गढवा गाँउपालिकामा जम्मा ८ वटा घर र सन् २०२५मा राजपुर र गढवा गाँउपालिकामा ६ वटा गरी जम्मा १४ वटा भुकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।


सन् २०२५ मा घर प्राप्त गर्नेहरुमा पुरा परियोजनाको लागतमा राजपुर गाँउपालिका ६ गंगदीमा दुर्गा चौधरीका लागि अपांगमैत्री र भूकम्प प्रतिरोधात्मक घर, चर्पी निर्माण गरी हस्तान्तरण गरिएको थियो । यसैगरी राजपुर गाँउपालिका वडा नम्बर १ तब्दारपुर निबासी निर्मला चौधरी र राजपुर गाँउपालिका वडा नम्बर २ पश्चिम गहिरा निबासी कैलाशपती चौधरीको भूकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरी हस्तान्तरण गरिएको थियो।


यसैगरी गढवा गाँउपालिका वडा नम्बर ५ कक्रहवा निवासी जिबि बि.क., गढवा गा.पा. वडा नम्बर ४ कट्यानगाँउ निवासी प्रमिला चौधरी र गढवा गा.पा. वडा नम्बर २ महदेवा निबासी ईलावती चौधरीको लागि भूकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण कार्य सम्पन्न पश्चात एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको थियो ।
ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, NIVAS संस्थाका Executive Director Lindsey Krunger, Country Director सुष्मा श्रेष्ठ, Communication Officer सेबिका थापा, संजीब बर्मा लगायतको टिमले घर प्राप्त गर्नुभएका परिवार सँग भेटघाट गरेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026396