बिपन्न र अशक्त परिवारको आवास निर्माणका लागि NIVAS बाट Lindsey Kruger को दाङ्ग भ्रमण
December 6, 2023: Dang:
मिति २०८० साल मंसीर १७ मा ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आसमानी चौधरी, सचिब बसन्ता पुन मगर सहितको टिमले अमेरिकाबाट यस संस्थाको अवलोकन भ्रमणमा आउनुभएका Lindsey Kruger, Impact and Innovation Director सुष्मा श्रेष्ठ र बिषयबिज्ञ तथा सिभिल ईन्जिनियर निरोज मर्हजन सँग संस्थामा एक कार्यक्रमको आयोजना गरी एकल महिला सहित १६ बर्षमुनिका बालबालिका, अत्यन्त बिपन्न, सिमान्तकृत, अल्पसंख्यक आफनो आवस आफैले निर्माण गर्न अर्समथ परिवारहरुको आवास निर्माण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
छलफल पश्चात ग्रामीण महिला उत्थान केन्द्रको अध्यक्ष र ल्क्ष्ख्ब्क् संस्थाको टिम सहित लमही नगरपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिका को स्थानिय गाँउपालिकाको जनप्रतिनिधि सहित लक्षित समुदायको घरको अवस्था स्थलगत निरिक्षण गरिएको थियो । निरिक्षण पश्चात राजपुर र गढवा गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु सँग आवस निर्माणका सन्दर्भमा अन्तरक्रिया सम्पन्न भएको थियो ।
लमही नगरपालिका वार्ड नम्बर ९ रिहार स्थिीत कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा निवास संस्था र ग्रामीण महिला उत्थान केन्द्रको टिमले सहकारीको अबलोकन गरेको थियो । सहकारी संस्थाका अध्यक्ष देबिमाया थापा सहितको टिमले ल्क्ष्ख्ब्क् संस्थाका सम्पुर्ण अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।
यसैगरी लमही नगरपालिका वार्ड नम्बर ७ कप्तानगंजमा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको कार्यक्षेत्र भित्र पर्ने र सुरक्षित बासस्थानका लागि आवास सहयोग गर्ने भनेर नमुना छनौटमा परेका उचानिम्बुका बिपन्न, गरिब, सिमान्तकृत तथा अल्पसंख्यक समुदायका एकल महिला र १६बर्ष मुनिका बालबालिकाहरु अन्र्तगत २वटा घरहरुको NIVAS संस्थाका कार्यकारी निर्देशक Lindsey Kruger, Impact and Innovation Director Sushma Shrestha and Expert तथा सिभिल ईन्जिनियर निरोज मर्हजनले प्रत्यक्ष अवलोकन गर्नुभएको थियो ।
लमही नगरपालिका वार्ड नम्बर ७ कप्तानगंज स्थिीत दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्ति मगर सहितको टिमले निवास संस्थाका अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । स्वागत पश्चात छलफल कार्यक्रममा सहकारीले आफनो बिशेषता, कार्यक्षेत्र लगायतको बिषयमा संस्थाका कार्यकारी निर्देशक Lindsey Kruger लाई जानकारी गराउनुभएको थियो।