Leadership and Communication Workshop
June 29, 2024
ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा मिति २०८१ साल जेष्ठ २० र २१ गतेका दिन संस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र संस्थापक सल्लाहाकार सोगत चौधरीको प्रमुख आतिथ्यतामा Leadership and Communication Workshop घोराहीमा सम्पन्न भएको छ ।
म को हँ ? मेरो परिचय के हो ? आफ्नो पहिचान कसरी बनाउने ? अरुमाझ आाफूलाई कसरी चिनाउने भन्ने विषयमा खेलको माध्यमबाट गोष्ठीको शुरुवात भएको थियो । खेल तथा चित्रहरुको माध्यमबाट सहभागीहरुलाई आफनो यात्रा सधै आफैले नै तय गर्नुपर्ने बारे जानकारी गराँउदै, हामी सबैजना फरक छौ, त्यहि भएर पनि हामी सबै राम्रा छौ भन्दै सधै सबैजना सकारात्मक हुनुपर्ने र त्यसलाई ब्यवहारमा उर्तानका लागि सबैमा आग्रह पनि गर्नुभएको थियो । गोष्ठीमा सम्पुर्ण सहभागीहरुले आफ्नो जिबनको महत्वपुर्ण क्षण, पुरा गर्न बाँकी कार्य, खुसीका क्षण, दुःख र संघर्षका कथा र आगामी योजनाको बारेमा प्रयोगात्मक रुपमा जिबनचक्र तयार गरि प्रस्तुतीकरण गरेको थिए । आफ्नो ब्यक्तिगत जीवनलाई अझ बढी सफता तर्फ उन्मुख गराउनको लागि कामको प्राथमिकिकरण, ध्यान गर्ने, आत्मविश्वास बढाउने, लक्ष्य प्रति केन्द्रिकृत हुने, पञ्च वर्षिय योजना तयार गर्ने र स्थिर मानसिकतालाई कसरी बढ्दोक्रमको मानसिकता बनाउने भन्ने बारमो अत्यन्त सहज तरिकाले प्रशिक्षण गर्नुभएको थियो ।
गोष्ठीको दोश्रो दिन नेता र नेतृत्व, नेतामा हुनुपर्ने गुणको बारेमा छुट्टा छुट्टै समुहगत छलफल भई प्रस्तुतीकरण गरिएको थियो भने विभिन्न खेलको माध्यमबाट आफूसँग भएको स्रोत साधनको पहिचान, कार्य प्रति एकाग्रता, सामुहिक कार्यमा आपसी सहयोग, सकारात्मक सोच र संस्थाको लक्ष्य उद्देश्य परिपूर्ति गर्नका लागि Direction, Alignment and Commitment जस्ता कुराले महत्वपुर्ण भुमिका खेल्ने बारे पनि सहजीकरण गर्नु भएको थियो । यसैगरी समुह बिभाजन गरी प्रतियोगीतात्मक नाचँकलाका माध्यमबाट पनि समुहमा गर्ने काम कहिले पनि एक्लैले मात्रै राम्रो गरेर सफलता हासिल गर्न नसकिने भन्दै लक्ष्य प्राप्तीका लागि सामुहिक जिम्मेवारी, दायित्व बोध हुन उत्तिकै महत्वपुर्ण रहने बताउनु भएको थियो । यसैगरी समुहमा काम गर्दै जाँदा सबै जनाको बुझाई साझा हुनुपर्ने र संञ्चार जहिले पनि दोहोरो हुनुपर्छ अनि मात्रै राम्रो नतिजा आउछ भन्दै प्रभावकारी संचारको बारेमा खेलको माध्यमबाट रोचक तरिकाले गोष्ठी संचालन भएको थियो ।
दुई दिन सम्म संञ्चालन भएको गोष्ठीमा ग्रामीण महिला उत्थान केन्द्र र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडका सञ्चालक समितिका पदाधिकारी र कर्मचारी गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण International Trainer शुष्मा श्रेष्ठले गर्नु भएको थियो ।