सरकार र दातृनिकाय द्धारा रिजेन र भिटापरियोजना अबलोकन
24 September, 2026
ग्रामीण महिला उत्थान केन्द्र, हेफर ईन्टरनेशनल नेपाल, हेफर प्रोजेक्ट नेपाल तथा राजपुर र गढवा गाँउपालिका मा संञ्चालन भईरहेको माटोको लागि पुर्नः उत्थानशिल कृषि परियोजना र कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना बाट त्यस क्षेत्रमा भएका गतिबिधिहरु, प्राप्त गरेको प्रबिधि र प्रयोगको बारेमा जानकारी लिने उद्देष्यले संयुक्त रुपमा अनुगमन तथा अबलोकन मिति २०८३ भाद्र २२ गते सम्पन्न भयो ।

राजपुर गाँउपालिका का जनप्रतिनिधि सहित, हेफर प्रोजेक्ट नेपाल र हेफर ईन्टरनेशनलमा आवद्ध बिषय बिज्ञहरु सहित ग्रामीण महिला उत्थान केन्द्रको टिमले राजपुर गाँउपालिकाको बिभिन्न स्थानमा रहेका अगुवा किसान तथा समुह सँग भेटघाट र छलफल गरेको थियो ।
झरना स्वावलम्बन महिला समुहका अगुवा किसान राजपुर गाँउपालिका वडा नम्बर १ कठबेरुवा निबासी राम असारे चौधरीको घरमा रिजेन परियोजना बाट भएका सिकाईहरु झोलमोल १,२ र ३, बायोचार, गड्यौला मल उत्पादन, नर्सरी बनाउने तरिका, टनेल, प्रागांरिक मल उत्पादन, मल्चीगं तथा छापो प्रबिधिको प्रयोग लगायत अन्य प्रबिधि सिकाएपछी भएका फाईदा, उपलब्धी, चुनौती र सिकाईका बिषयमा अन्तरक्रियात्मक छलफलका माध्यमबाट उपस्थीत सबैलाई सिकाउने र सिक्ने प्रकृया संञ्चालन गरिएको थियो ।

यसैगरी अगुवा किसान राजपुर गाँउपालिका वडा नम्बर १ स्थिीत अनिता चौधरीको घरमा भिटा परियोजनाबाट प्राप्त भकारो सुधार र रिजेन परियोजना बाट स्वस्थ्य माटो उत्पादनका लागि सिकाईएका बिभिन्न अभ्यासहरु जस्तैः बायोचार, गडयौला मल, कम्पोष्ट मल, नर्सरी राख्ने तरिका, टनेलमा तरकारी उत्पादन गर्ने तरिका लगायत कृषक पाठशाला कक्षा पढ्दा भएका प्रयोगात्मक अभ्यासहरु को अवलोकन गर्नुका साथै सैद्धान्तीक बिषयमा अनिता चौधरी र सो समुहका सदस्यहरु ( सिर्जना कृषक समुहमा) सँग अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

यसैबिच राजपुर गाँउपालिका वडा नम्बर ४ दुलैयामा गठन भएको हरियाली स्वाबलम्बन महिला समुह मा आवद्ध अगुवा किसान रमेश चौधरीको घरमा भएका अभ्यासहरु जस्तै छापो र टनेल प्रबिधि बाट गरिएका तरकारी खेती, गडयौला मल र त्यसले दिएको फाईदा का बिषयमा समेत अवलोकन गरि सो समुह सँग अन्तरक्रियात्मक छलफल गरि सिक्ने र सिकाउने कार्य सम्पन्न गरिएको थियो । यस्तै भिटा परियोजनाद्धारा राजपुर गाँउपालिका वडा नम्बर ७ मा गठन भएको बेलघारी स्वावलम्बन महिला समुहले गरेका गतिबिधिहरुको पनि प्रत्यक्ष अवलोकन गरिएको थियो । सो समुहले उपस्थीत अतिथिहरुलाई पुष्पगुच्छाले स्वागत गर्नुका साथै आधारशिलालाई साक्षि राखेर कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो ।

समुहले प्रगती प्रतिबेदन प्रश्तुत गर्नुका साथै उपस्थीत अतिथिहरु सँग आफना जिज्ञाशा राख्नुभएको थियो। ज्ांगलको क्षेत्र भएकाले बाख्रापालन अत्यन्त फस्टाएको बताएका सदस्यहरुले बिउ बोका अपुग रहेको बताएका थिए भने बाख्राको मलमुत्र बाट प्रागांरिक मलहरु उत्पादन गरी तरकारी उत्पादनमा काम गर्दै आएको बताएका थिए । सदस्य केवली कुमालले परियोजना मार्फतको सिकाई आफनो लागि अत्यन्त फलदायी भएको भन्दै यो परियोजना लाई निरन्तरता दिनुपर्ने माग गर्नुभएको थियो भने बजार सँग आफनो पहुँच बिस्तार गर्नका लागि समेत उपस्थीत सबैलाई अनुरोध गर्नुभएको थियो ।

संयुक्त रुपमा गरिएको अनुगमन तथा अबलोकन कार्यक्रमको अन्त्यमा राजपुर गाँउपालिकाका उपाध्यक्ष धनपती देबी यादबले हेफर, ग्रामीण महिला उत्थान केन्द्र सँगको सहकार्यमा राजपुर गाँउपालिकामा कार्यक्रम शुरु भएपछी यहाँका किसानहरु लाभान्वित भएको भनाई राख्नुभएको थियो, अग्र्यानीक उत्पादनका लागि परियोजना बाट भएका अभ्यासहरुले समग्र मानवजगतको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई स्थानिय सरकारले निरन्तरता दिनुपर्ने भनाई राख्नुभएको थियो ।

यस परियोजनाले महिलाहरुलाई नै केन्द्रित गरेर कार्यक्रम गर्ने भएकाले घरभित्र मात्र सिमित महिलाहरु आजभोली आत्मनिर्भर भएको देख्न पाउदा आफुलाई अत्यन्त आनन्दको अनुभुती हुने गरेको भनाई राख्दै गाँउपालिका सँग सहकार्य गरेकोमा हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यबाद दिनुभएको थियो।
कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले हेफर ईन्टरनेशनल नेपाल सँग सन् २००९ देखी सहकार्य हुदै आएको र यस सहकार्यले समाज रुपान्तरण र परिवर्तनका लागि अहम भुमिका निर्वाह गरेको भनाई राख्नुभएको थियो, परियोजना बाट हुने बिबिध गतिबिधिहरुले महिलाहरुको आयआर्जन, आर्थिक रुपान्तरणका लागि कार्य गर्दै आएको बताउदै हाल संञ्चालीत परियोजना बाट आयआर्जनका साथै बिरामी माटोको उपचारका लागि कार्य गरेको भनाई राख्नुभएको थियो।

बिरामी माटोका उपचारका लागि परियोजना बाट भईरहेका बिभिन्न अभ्यासहरु जस्तै, झोलमोल १,२ र ३, बायोचार, भर्मी कम्पोष्ट, कम्पोष्ट मल, छापो प्रबिधि, नर्सरी, पंञ्चगब्य, जिवाअमृत, ब्रह्माअस्त्र, अग्नीअस्त्र लगायतका सिकाईले किसानहरुलाई समेत अग्र्यानीक उत्पादनले समग्र मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभएको थियो । सिकाई जिवनकालभरी रहिरहने हुदा यहाँ सिकाईएका र सिकेका कुराहरु अन्य किसानहरुलाई समेत सिकाउनका लागि अध्यक्ष चौधरीले उपस्थीत सबैमा आग्रह गर्नुभएको थियो ।






