राजपुर गाँउपालिका सँग समन्वयात्मक बैठक सम्पन्न « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

राजपुर गाँउपालिका सँग समन्वयात्मक बैठक सम्पन्न

Please follow & like us :)

30 june, 2026

ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग र NIVAS संस्था सँगको साझेदारीमा दाङ्ग जिल्लामा संञ्चालन हुन गईरहेको “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना” Strengthening Women-Led Families through Safe Housing & Advocacy (SWFHA) in Rural Dang. परियोजनाको परिचयात्मक कार्यक्रम तथा समन्वय बैठक राजपुर गाँउपालिका कार्यापालिकाको कार्यालयमा मिति २०८३ साल अषाढ ०५ गतेका दिन सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र राजपुर गाँउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा सन् २०२४ देखि शुरु भएको यस SWFHA परियोजनाको समिक्षा गरिनुका साथै सन् २०२६ देखी शुरु भएर सन् २०२८ सम्म संञ्चालन हुने यस परियोजनाको गतिबिधि बारे समेत जानकारी गराईएको थियो भने सन् २०२६ का लागि परियोजनाका तर्फ बाट प्रतिघर रु.४लाख २५हजार रकम बिनियोजन गरेकोमा उक्त परियोजनामा साझेदारका रुपमा राजपुर गाँउपालिकाले प्रति घर १लाख ५०हजार का दरले जम्मा ६ वटा घर निर्माणका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरेको थियो ।


कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुको सुरक्षित आवासका लागि संस्थाले संञ्चालन गरेको यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको हुदा आर्थिक बर्ष २०८३/०८४ का लागि ९लाख रकम बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आवश्यक परेको खण्डमा हिउदे अधिबेसन बाट बजेट बिनियोजन गर्न सकिने भनाई राख्नुभयो । साथै ग्रामीण महिला उत्थान केन्द्र सँग गाँउपालिकाले अन्य साझेदारका कार्यक्रमहरु संञ्चालन गर्दै आएको र यो आवास कार्यक्रमले अझ बिशेष महत्व राखेको हुदा यो कार्यक्रमलाई निरन्तरता दिने समेत आफनो महत्वपुर्ण भनाई राख्नुभयो ।
संस्थाका अध्यक्ष आसमानी चौधरीले गाँउपालिका सँगको यो सहकार्य र साझेदारीले समुदायको उत्थान र पहिचानका लागि महत्वपुर्ण भूमिका खेलेको हुदा यस्ता कार्यहरु निरन्तर सहकार्यका साथ निर्वाह गर्नुपर्ने भनाई राख्नुभएको थियो भने घर मात्र नभई उहाँहरुको आय आर्जनका लागि संस्था र गाँउपालिकाले सयुंक्त रुपमा कार्यक्रम गर्नु पर्ने आवश्यक्ता रहेको भनाई राख्नुभएको थियो ।


कार्यक्रममा गाँउपालिका का उपाध्यक्ष धनपती देबी यादब, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, सामाजिक बिकास शाखा प्रमुख ओमप्रकाश यादब, लेखा अधिकृत लालचन्द्र बुढा, ईन्जीनीयर सन्तोष आर्चाय, सन्तोष भण्डारी, महिला बालबालिका शाखा प्रमुख सुनिता चौधरी, सूचना अधिकारी शरद कुमार रेग्मी, फोकल पर्सन, योजना शाखा प्रमुख लगायतको उपस्थीती रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026930