परियोजना अनुगमन तथा समन्वय समितिको (PMCC) बैठक सम्पन्न
12 June, 2026
राजपुर गाँउपालिकामा परियोजना अनुगमन तथा समन्वय समितिको (PMCC) बैठक मिति २०८३ साल जेष्ठ १८ गतेका दिन सम्पन्न भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग, हेफर प्रोजक्ट नेपाल र राजपुर गाँउपालिका सँगको साझेदारीमा राजपुर गाँउपालिकामा संञ्चालन भईरहेको कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना अन्र्तगत परियोजना अनुगमन तथा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

राजपुर गाँउपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा यस कार्यक्रमले समुदायमा पारेको प्रभाव, महत्व र यस्को आवश्यक्ता, चुनौती लगायतका बिषयमा गहन छलफल भएको थियो । परियोजना संयोजक गिरिराज भट्टले भिटा परियोजना द्धारा संञ्चालन भईरहेको र सम्पन्न भएका (खोरगोठ सुधार, भकारो सुधार, भर्मी मल, लोकल कुखुराका लागि खोर, बेसार बितरण, दाना मेसिन बितरण लगायत परियोजना अन्र्तगत भएका बिभिन्न किसिमका तालिम तथा अन्र्तक्रिया) क्रियाक्लापको प्रश्तुतीकरण गर्नुभएको थियो ।

फोकल पर्सन भिमकान्त चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा राजपुर गाँउपालिका वडा नम्बर ३ का अध्यक्ष राम प्रसाद अहिरले यस परियोजना मार्फत समुदायमा गरिएको कार्यक्रम अत्ति नै प्रभावकारी र नागरिकहरु प्रत्यक्ष लाभान्वित भएको हुदाँ समुदायमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रमहरुलाई गाँउपालिकाले पनि निरन्तरता दिन अत्ति आवश्यक रहेको भनाई राख्नुभएको थियो । सरकारले यसअघि बिभिन्न किसिमका कार्यक्रम संञ्चालन गरेतापती त्यसको प्रभावकारिता नदेखिने र सधै सरकारले केहि गरिदिएन भन्ने गुनासो आम नागरिकहरु बाट सुनिन्थ्यो तर अहिले हामी आफैले पनि यस परियोजनाका केके फाईदा छन् भनेर प्रत्यक्ष देख्न सक्छौ तर्सथ समुदायले पनि सरकार घरदैलोमा आएको अनुभुति गरेको भनाई राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले यो परियोजना शुरु गर्नु अगावै गरेका संघर्ष र अनुभुति बारे आफनो भनाई राख्नुभएको थियो । गाँउ समुदायका महिलाहरु जब सम्म आर्थिक रुपमा सक्षम हुदैनन् तवसम्म समाज परिवर्तन नहुने हुदा, ग्रामीणबस्तीका महिलाहरुको चेतनास्तर र आर्थिक रुपमा उहाँहरुले गर्दै आएको ब्यवसायलाई आधुनिक बनाउनका लागि शिक्षा, चेतना, अभिमुखीकरण र तालिमका साथै सामूहिक भावना का साथै कार्य गर्न सक्ने बातावरण पहिचान गरी हेफर प्रोजेक्ट नेपाल र गाँउपालिका सँग कार्यक्रम संञ्चालन गर्न आफुहरु प्रतिबद्ध रहेको भनाई राख्नुभएको थियो । यो परियोजनाको सुन्दर र दिगोपना भनेकै महिलाहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने, स्थानीयस्तरमा उत्पादन भएका बस्तुहरु लाई सहकारी स्थापना गरी सोहि ठाँउ बाट बजारीकरण गर्नु हो ।


कार्यक्रमलाई उपलब्धीमुलक बनाउन लागि महत्वपुर्ण भूमिका निर्वाह गर्नुहुने गाँउ कार्यपालिका, प्रमुख प्रशासकिय अधिकृत लगायत सम्बन्धीत कर्मचारीहरु र परियोजनामा आवद्ध सम्पुर्ण कर्मचारीहरुको प्रशसंनिय भूमिका रहेकोमा धन्यबाद समेत दिनुभएको थियो ।

राजपुर गाँउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले कार्यक्रमलाई प्रभावकारी तरिकाले संञ्चालन गर्नका लागि गाँउपालिकाले साझेदारी गरेको र आगामी दिनमा सहकारीलाई संस्थागत रुपमा प्रभावकारी तरिकाले संञ्चालन गर्नका लागि सहकारीमा आवद्ध पदाधिकारी र कर्मचारीहरुको उल्लेखनिय भूमिका हुनुपर्ने भनाई राख्नुभएको थियो साथै केहि समस्या आईपरेको खण्डमा गाँउपालिका सदैब साथ रहेको भनाई राख्दै जनमैत्री परियोजना संञ्चालन गर्ने प्रस्ताव सहित काम गरेकोमा ग्रामीण महिला उत्थान केन्द्र र हेफर प्रोजेक्ट नेपाललाई धन्यबाद दिनुभएको थियो ।







