सचेत बने राजपुरका महिलाहरुः भूमि तथा आवास सम्बन्धी अभिमुखीकरण बाट
2 Feb, 2026
भौगोलीक दुरी, चेतना र ज्ञानको कमिले गर्दा पुस्तौ देखी अंशवण्डा नगरी संगोलमा खेतिपाती गर्दै आएका राजपुर गाँउपालिका ५ सालभौरी निवासी सुमित्रा चौधरीलाई अहिले संयुक्त लालपुर्जा (श्रीमान् र श्रीमती) को नाममा जग्गा रजिस्टे«सन गर्दा खर्च कम लाग्छ भन्ने थाहा पाएपछि अनौठो लागेको बताउनुभयो, के पहिला देखी नै यस्तो ब्यवस्था थियो त भनेर सुमित्राले हामीलाई नै प्रतिप्रश्न गर्नुभयो?

सुमित्रालाई जस्तै राजपुर गाँउपालिका ५ सालभौरी निवासी जनककुमारी चौधरीलाई पनि आश्चार्य लागेको बताउनुभयो, खेतिकिसानी गरे खानलाई पुग्ने जग्गा जमिन त छ तर पर्याप्त पैसा नभएकाले तिन पुस्ता देखी नै अंशवण्डा नगरी बसेको बताउनुभयो, श्रीमान् र श्रीमतीको नाममा जग्गा दर्ता गर्दा पैसा कम लाग्छ भन्ने थाहा पाएको भए सबैले आफनो नाममा अंश लिएर आफनो आफनो कारोबार शुरु गथ्र्यो होला, बैकं र बित्तिय संस्थाहरु बाट कर्जा लिएर ब्यापार ब्यावसाय शुरु गथ्र्यो होला तर अंशवण्डा गर्दा पैसा धेरै लाग्ने र सेवा झन्झन्टीलो हुने भएकाले नै हामीहरु मौन भएर बसेका थियौ तर आजको तालिमले संयुक्त लालपुर्जा भनेको के हो ? लालपुर्जा कसरी लिने? लिनका लागि आवश्यक कागजपत्रहरु केके चाहिन्छ त भन्ने बारेमा जानकारी गराउदा आफुलाई अत्यन्त खुशी लागेको भनाई राख्नुभएको थियो ।

सुमित्रा र जनककुमारी त त्यस गाँउपालिकाका प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ, NIVAS संस्था र मेट लाईफ फाउण्डेसन को आर्थिक सहयोग, ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण तथा भूमिमा महिला स्वामित्व सचेतना/पैरबी परियोजना अन्र्तगत चार सय दश जना महिलाहरुलाई भूमि सम्बन्धी साक्षर गराउने कार्यक्रम अनुसार ग्रामीण महिला उत्थान केन्द्र दागंले दागं जिल्लाको राजपुर गाँउपालिका क्षेत्रभित्र रहेका भ्ूामिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थीत बसोबासी समुदायका १२१ जना महिलाहरुलाई एक दिबशिय भूमि तथा आवास सम्बन्धी अभिमुखीकरण गरी साक्षर गराएको हो ।

मिति २०८२ साल कार्तिक १८ राजपुर गाँउपालिका वार्ड नं. ५ सालभौरी र कार्तिक १९ गतेका दिन राजपुर गाँउपालिका वडा नम्बर ४ को कार्यालयमा राजपुर गाँउपालिका क्षेत्रका गंगदी, चंगुवा, रोइनिया, बसन्तापुर, जंग्रहवा लगायत स्थानमा बसोबास गर्दै आएका आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडमा आवद्ध फरक–फरक समुहका गरी जम्मा १२१ जना सदस्य महिलाहरुलाई सहभागि गराई भूमि तथा आवास सम्बन्धी अभिमुखीकरण गराईएकोे थियो ।

सो अभिमुखीकरणमा भूमि तथा आवास भनेको केहो ? भूमिमा महिलाको अधिकार, भूमि निति २०७५, जग्गा नाप जाँच र नक्सा, भूमिमा महिलाको स्वामित्वका लागि भएका ब्यवस्था तथा प्रयासहरु, संयुक्त लालपुर्जा भनेको केहो ? यस्को महत्व किन छ? लालपुर्जा प्राप्तीका लागि केके बिधिहरु अबलम्बन गर्नुपर्छ लगायतका बिषयमा अभिमुखीकरण गरीएकोे थियो ।
संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता, राजपुर गाँउपालिकाका उपाध्यक्ष धनपती देबी यादबको प्रमुख आतिथ्यता र राजपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगी र वडा नम्बर ४ का अध्यक्ष रामेश्वर अहिरको बिशिष्ट आतिथ्यतामा कार्यक्रमको उद्धघाटन गरिएको थियो ।


सो अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनपती देबी यादब ले सदियौ देखी महिलाहरुले अनेकौ हिंसा भोग्दै आएका छन् तर्सथ महिलाहरु जहिलेसम्म आर्थिक रुपमा बलियो हुदैनन् तवसम्म महिलाहरुले अनेकन पिडाहरु भोग्नुपर्ने भएकाले पनि महिलाको नाममा भूमि (जग्गा) हुन आवश्यक रहेको भनाई राख्नुभएको थियो, यसैगरी संयुक्त लालपुर्जा बितरण प्रकृया पनि अत्यन्त महत्वपुर्ण भएकाले घरमा श्रीमान् र श्रीमतीको नाममा जग्गा पास गरेर भएपनि महिलाहरु समानताको भागिदार बन्न सक्ने नेपाल सरकारले कानुन ल्याएको भन्दै त्यसको अनुसरण आजका महिलाहरुका लागि अत्यन्त आवश्यकताको बिषय रहेको भनाई समेत राख्नुभएको थियो, आफनो पालिका क्षेत्रमा भुमि तथा आवास सम्बन्धी अभिमुखीकरण गरी यस क्षेत्रका महिलाहरुलाई जानकारी गराउनका लागि खेल्नुभएको भूमिका प्रति संस्थालाई धन्यबाद समेत प्रदान गर्नुभएको थियो ।

अभिमुखीकरणको उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि राजपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले स्थानिय सरकारले हरेकलाई यस बिषयमा साक्षर गराउनुपर्ने थियो तर संस्थाको पहलमा यस क्षेत्रमा यो कार्य हुन थालेकाले संस्थालाई धन्यबाद दिनुभएको थियो, यो अभिमुखीकरण कार्यक्रम मार्फत स्थानिय तहमा भएका ब्यवस्थाहरुका बारेमा समेत आफुले पनि कुरा राख्न पाएकोमा खुशी ब्यक्त गर्नुभयको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस संस्थाले महिलाहरुको सशक्तिकरणका लागि कृषि, बाताबरण, स्वास्थ्य, आवास लगायत बिबिध क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

संस्थाले सन् २०२४देखी राजपुर र गढवा गाँउपालिका क्षेत्रमा एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि ८ वटा भूकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरी हस्तान्तरण गरिसकेको भनाई राख्नुभएको थियो भने यसबर्ष पनि राजपुर र गढवा गाँउपालिका क्षेत्रमा घर निर्माण कार्य भईरहेको र हालै राजपुर गाँउपालिका वार्ड नम्बर ६ गंगदी निबासी दुर्गा चौधरीको अपांगमैत्री तथा भूकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिसकेको भनाई राख्नुभएको थियो यस बर्ष गढवा गा.पा.मा ३ वटा र राजपुर गा.पा.मा ३ वटा गरी जम्मा ६ वटा घरहरु निर्माण गरीने भनाई राख्दै यो भूमि तथा आवास सम्बन्धी संबैधानिक निति, अधिकार र प्रकृयाका बिषयमा पनि महिलाहरुलाई साक्षात्कार गराउने उद्देष्यले घोराही उपमहानगरपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिका क्षेत्रमा रहेका ४ सय १० जना महिलाहरुलाई सहभागी गराईएको थियो ।

दोश्रो दिनको समापन कार्यक्रममा बोल्दै सहभागीका तर्फवाट राजपुर गाँउपालिका वार्ड नम्बर ६ गंगदी निवासी दुर्गा चौधरीले आफु शारिरिक रुपमा अशक्त भएकाले श्रीमान्ले वेवास्ता गरेको ३ छोराछोरी सँग गुजारा चलाउन गाह्रो थियो तर ग्रामीण महिला उत्थान केन्द्र र निवास संस्थाले अहिले आफुलाई घर बनाईदिएपछि अहिले म घर सँगै जग्गाको पनि मालिक हुन पाएको भनाई राख्नुभएको थियो । संस्थाको सहजीकरण बाट आफनो नाममा बकसपत्र मार्फत जग्गा प्राप्त गरि सो जग्गामा घर निर्माण हुदा छरछिमेक र आफनै घरपरिवारले हेर्ने दृष्टिकोणमा समेत धेरै परिवर्तन आएको भनाई राख्नुभएको थियो त्यसैले मानिसलाई चाहिने महत्वपुर्ण सवाल भनेकै शिक्षा चेतना र आफनो नाममा सम्पती रहेछ, यदि सम्पती छ भने सबै आफनै वरपर घुम्ने रहेछन भन्ने अनुभव गरेको भनाई राख्दै घर र जग्गा नाममा ल्याउन सहयोग गरेकोमा निवास र ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यवाद दिनुभएको थियो ।

राजपुर गाँउपालिकाको पहिलो दिन सालभौरी र दोश्रो दिन गंगदीमा संञ्चालन गरिएको सो अभिमुखीकरणको सहजीकरण राजपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगी, नेपबहादुर चौधरी, मिना गिरि, निर्मल चौधरी र राजपुर गाँउपालिकाका भुमि तथा आवास सम्बन्धी फोकल पर्सन शरद रेग्मीले गर्नुभएको थियो । आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडका ठकुरी यादबको स्वागत मन्तब्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।





