संस्थाका संञ्चालक समितिका पदाधिकारी र सल्लाहाकार समितिको संयुक्त टिमद्धारा अनुगमन तथा अवलोकन
27 Jan 2026
ग्रामीण महिला उत्थान केन्द्र दागंका संञ्चालक समितिका पदाधिकारी र सल्लाहाकार समितिको संयुक्त टिमले मिति २०८२ साल पौष १० गतेका दिन राजपुर र गढवा गाँउपालिकामा सन् २०२४ देखी निर्माण भएका भूकम्प प्रतिरोधात्मक घरको अनुगमन तथा अवलोकन सँगै लाभान्वित परिवार सँग भेटघाट गरेको थियो ।

बिपन्न, सिमान्तकृत र अल्पसंख्यक समुदायका एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुको सुरक्षित आवासका लागि संस्थाले ल्क्ष्ख्ब्क् संस्था सँगको साझेदारीमा राजपुर र गढवा गाँउपालिकामा भूकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरी हस्तान्तरण गर्दै आएको छ । घर प्राप्त गरेका लाभान्वित परिवार सँग अन्र्तक्रियात्मक छलफल गर्ने उद्देष्यका साथ संस्थाका अध्यक्ष आसमानी चौधरीको नेतृत्वमा अनुगमन तथा अबलोकन कार्यक्रमको आयोजना गरिएको थियो ।

राजपुर गाँउपालिका १ तब्दारपुर निबासी निर्मला चौधरीको घर बाट शुरु गरिएको सो कार्यक्रममा निर्मलाले आफु र आफना छोरीहरुको आश्रयका लागि सबैभन्दा सुरक्षित घर र चर्पी निर्माण गरी संस्थाले आफुलाई प्रदान गरेकोमा संस्थाप्रति हार्दिक धन्यबाद सहित कृतज्ञता प्रदान गर्नुभएको थियो । संस्थाले निर्मलाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै उहाँका २ छोरीहरुको शिक्षामा सहयोग पुगोस भन्ने हेतुले कक्षा ६मा अध्ययनरत अनिशा चौधरी र कक्षा ५मा अध्ययनरत अनुष्का चौधरीलाई झोला र शैक्षिक सामाग्री समेत प्रदान गरेको थियो । संस्थापक सल्लाहाकार सोगतवीर चौधरीले शैक्षिक सामाग्री प्रदान गर्दै गर्दा लाभान्वित परिवार निर्मला चौधरीले आफुलाई आफनै छोरीहरुको साथमा बसेर काम गर्ने ठुलो ईच्छा रहेकोले जिबिकोपार्जनका लागि सिप बिकास सम्बन्धी तालिम आवश्यक्ता रहेको भनाई राख्नुभएको थियो ।

संस्थाले घरमात्रै बनाईदिएन घरसँगै जग्गाको मालिक पनि बनायो, यो कुराले अहिले म आफैमा आत्मबिश्वास बढेर आएको छ, जस्ले गर्दा मैले पिडा सहनुपरेको छैन् भन्दै संस्थालाई हृदयदेखी नै धन्यबाद दिनुभयो । राजपुर गाँउपालिका वार्ड नम्बर ६ गंगदी निवासी दुर्गा चौधरीले, संस्थाको पुरा लागतमा अपागंमैत्री र भूकम्प प्रतिरोधात्मक घर निर्माण गरेर संस्थाले दुर्गा चौधरीलाई हस्तान्तरण गरेको हो, दुर्गा चौधरीको १ छोरी र २ छोरा हुनुहुन्छ, दुर्गा चौधरी सामान्य मान्छे भन्दा फरक क्षमता भएको महिला हुनुहुन्छ । गढवा गा.पा. ५ कक्रहवा निबासी जिबि बि.क.को पिडापनि कम छैन् , चुहिने घर, भत्कीएका भित्ताहरु, जनावर सर्पको डर सँगै रातिमा केहि अप्रिय घटना हुन्छ कि भन्ने मानसिक तनाब त्यहि तनाबका बिचमा जिबिको दिनचर्या जिबिकोपार्जनका लागि दाउरा बेचेर र अरुको घरमा काम गरेर चलिरहेको थियो तर अहिले संस्थाले बनाईदिएको भूकम्प प्रतिरोधात्ममक घरले जिबिको मुहारको रौनकता नै फेरिएको प्रत्यक्ष देख्न सकिन्छ । जिबि आफै पनि फुुरुगं हुनुहुन्छ, के बोल्ने शब्द छैन् भन्नुहुन्छ तर घर बनाईदिनेलाई भगवानको दर्जामा राखेको जिबिले बताउनुभयो । जिबिको १ छोरा र १ छोरी छन् ।

परियोजनाको अनुगमन तथा अबलोकन कार्यक्रमको समिक्षा गर्दै संस्थापक सल्लाहाकार सोगतबीर चौधरीले संस्थाले बिपन्न, सिमान्तकृत र अल्पसंख्यक समुदायका एकल महिला १६ बर्ष मुनिका बालबालिकाहरु जस्को बस्ने बास छैन् उहाँहरुको सुरक्षित बासँस्थानका लागि संस्थाले गरेको काम अत्ति नै सराहनिय र प्रशंसनिय रहेको भनाई राख्नुभएको थियो भने ति लाभान्वित परिवार सँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्दा अधिकांश महिलाहरु कलिलै उमेरमा एकल हुनु र जिविकोपार्जनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताका कारण उहाँका ति कलिला बालबालिकाहरु एक्लै बस्नुपर्ने पिडा, यस्ले गर्दा ति बालबालिकाहरुको सिकाई, भोगाईमा समेत फरकपन आउने हुने हुँदा संस्थाले घर निर्माण सँगै उनिहरुको जिबिकोपार्जनका लागि समेत केहि गर्नुपर्ने देखिएको भनाई राख्नुभएको थियो । हुन् त केहि परिवारहरुलाई संस्थाको अन्य परियोजना सँग जोडेर जिविकोपार्जनका लागि समेत काम गरेको देखिन्छ तरपनि नितान्त उहाँहरुको लागि गर्नुपर्ने अझै धेरै कुरा रहेको र यस्का लागि संस्थाले काम गर्दै आएकोमा अध्यक्ष लगायत संस्थालाई धन्यबाद दिनुभएको थियो ।

सल्लाहाकार थम्मन चौधरीले राजपुर र गढवा बाढी प्रभावित क्षेत्र भएको हुँदा सो लाई मध्यनजर गर्दै नितान्त आवश्यक परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेकोमा यो पुण्य कामका लागि संस्थालाई धन्यबाद दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक सल्लाहाकार सोगतबीर चौधरी, सल्लाहाकारद्धय थम्मन चौधरी र रजनी श्रेष्ठ, उपाध्यक्ष कमला चौधरी, कोषाध्यक्ष मिरा चौधरी, कार्यक्रम संयोजक पार्वती बस्नेत, लेखा अधिकृत अस्मीता चौधरी र ईन्जिीनियर आशिक चौधरी लगायतको सहभागीता रहेको थियो । सोहि अबसरलाई मध्यनजर गर्दै सल्लाहाकार रजनी श्रेष्ठले ७ वटा घरपरिवारको संख्याको आधारमा आवश्यक पर्ने थाल, ग्लास, कचौरा, चम्चा, फ्राई प्यान लगायतको सामाग्री परिवालाई हस्तान्तरण गर्नुभएको थियो ।
राजपुर र गढवा गा.पा. मा निर्माण भएको १४ वटा घर मध्ये ९ वटा घरको राजपुर गा.पा.का क्रमशः वार्ड नं. १, २, ६ का श्री निर्मला चौधरी, श्री निर्मला खत्री, श्री कैलाशपती चौधरी र श्री दुर्गा चौधरी त्यसैगरी गढवा गा.पा. मा क्रमशः वार्ड नम्बर ५, ४, २ र ६ का क्रमशः श्री जिबि बि.क., श्याम कुमारी चौधरी, प्रमीला चौधरी, मायादेबी चौधरी र कैलाशपती चौधरीको घर अवलोकनका साथै सम्बन्धीत परिवार सँग भेटघाट तथा छलफल गरिएको थियो ।






