सरोकारवाला निकाय सँगको कार्यशाला तथा सामाजिक लेखा परिक्षण कार्यक्रम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

सरोकारवाला निकाय सँगको कार्यशाला तथा सामाजिक लेखा परिक्षण कार्यक्रम

Please follow & like us :)

Jan 20, 2026

ग्रामीण महिला उत्थान केन्द्र दाङ्खको आयोजनामा मिति २०८२ साल पौष १६ गतेका दिन महिला परिवारलाई सुरक्षित आवास मार्फत सुढृढिकरण तथा भूमिमा महिलाको स्वामित्व सचेतना पैरबी परियोजना अन्र्तगत सरोकारवाला निकाय सँगको कार्यशाला तथा सामाजिक लेखा परिक्षण कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता तथा दाङ्ग जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सी.को बिशिष्ट आतिथ्यतामा शुरु भएको कार्यक्रममा राजपुर गाँउपालिका ६ गंगदीका दुर्गा कुमारी चौधरीले आफनो जिवनभोगाईका पिडा, ब्यथा र कथा सबैलाई सुनाएर उपस्थीत सबैलाई स्तब्ध पार्नुभएको थियो, अपांग शरिर, कुनै समय हिड्नका लागि अरुको सहारा चाहिने दुर्गालाई आजभोलि भने आफैमा आत्मबिश्वास बढेर आएको बताउनुभयो, यो आत्मबिश्वास बृद्धिका लागि ग्रामिण महिला उत्थान केन्द्रको देन रहेको भन्दै आफु अहिले जग्गा र घरको मालिक समेत हुनका लागि संस्थाले अत्यन्त मिहेनत गरेको स्मरण गर्नुुभयो ग्रामीण महिला उत्थान केन्द्र सँग भेट हुदाँ आफनो नागरिकता समेत नभएको बताउने दुर्गाले यो जुनीमा घर बन्ला र बसौला भन्ने कुरा सोच्नु नै भएको थिएन रे, तर ग्रामिण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी आफनो जिवनमा भगवान बनेर आएको बताउदै आजका दिनमा भुकम्प प्रतिरोधात्मक र अपांगमैत्री घर निर्माण गरेर आफुलाई हस्तान्तरण गरेकोमा दुर्गाले संस्था र संस्थाको अध्यक्ष आसमानी चौधरीलाई हृदयदेखी धन्यबाद दिनुभएको थियो ।


यसैगरी गढवा गाँउपालिका २ महदेवाका इलावती चौधरी अहिले १५ बर्षको हुनुभयो, कलिलो उमेर, घरमा ८३ बर्षकी हजुरआमा र भाईको अभिभावक बनेर आफुले घर चलाउदै आएको बताउनुभयो । बुवा आमाको देहान्तपछी हजुरआमाको संरक्षणमा हुर्किएकी ईलावतीलाई अहिले समय परिवेशले घरको जिम्मेवारी काधमा बोक्ने बनाएको छ, आफ्नो इच्छा चाहाना, सपना सबै त्यागेर घरको जिम्मेवारी बोकेकी ईलावतीको घर ग्रामीण महिला उत्थान केन्द्रले बनाईदिएपछि अहिले ईलावतीलाई सपना जस्तो लाग्छ रे, हाम्रो परिवारको लागि ग्रामीण महिला उत्थान केन्द्रले सुरक्षित घर निर्माण गरिदिएकोमा संस्थालाई ईलावतीले धन्यबाद दिनुभएको थियो । त्यसैगरी राजपुर गा.पा.२ पश्चिम गहिरा निबासी कैलाशपती चौधरीले वर्षाको समयमा बस्ने घर सुरक्षित नहुने, पानीले गर्दा अन्नपात, सुत्ने विस्तरा, पकाउने ठाउँ समेत बाँकी नभएपछि अरुका घरमा शरण लिन जानुपर्ने बाध्यता रहेको आफनो पिडा सुनाउनुभयो ।

त्यत्तिमात्रै होईन घरमा चर्पी धारा छैन् सधै अरुका घरमा जाँदा धेरै कुरा सुन्नुपथ्र्यो, सानो छोराछोरी, आफनाले पनि लालपुर्जा हामीसँग छ, के गर्छिस हेरौला भन्थे, आज आफनो लागि सुरक्षित बस्ने घर निर्माण भएको छ घर सँगै अहिले मेरो नाममा जग्गा समेत भएको छ, यो खुसी, यो सम्मान र आफुलाई अधिकार दिएकोमा ग्रामीण महिला उत्थान केन्द्रलाई कैलाशपतीले हृदयदेखी धन्यबादज्ञापन गर्नुभएको थियो । यसैगरी राजपुर गांउपालिका वडा १ तब्दारपुर निबासी निर्मला चौधरीले आफनो कथाहरु सुनाउनुभएको थियो


ले पनि श्रीमान् नभएपछि घरपरिवार, गाँउसमाजले आफुलाई गर्ने ब्यवहार र आफु भत्कीएको घरमा बस्दाको पिडा, ३वटा छोरीलाई छोडेर अन्य ठाँउमा काम गर्न जादाको दुख गहभरी आँशु पार्दै सुनाउनुभएको थियो तर ग्रामीण महिला उत्थान केन्द्रले सुरक्षित घर बनाईदिएर आफुलाई लगाएको गुण र छोरीहरुको शिक्षाका लागि झोला, कापी कलम लगायतको सामाग्री सहयोग गर्दा आजका दिनबाट म एक्लो छैन् है भन्ने कुराको महशुस भएको भनाई राख्नुभएको थियो भने संस्थालाई हृदयदेखी नै धन्यबाद दिनुभएको थियो ।
पिडा दुख सँगै हर्षका कुराहरु बताउने त यि केहि प्रतिनिधि पात्रहरु मात्रै हुन् , ग्रामीण महिला उत्थान केन्द्र दागंले सन् २०२४ देखी निवास संस्था सँगको साझेदारीमा दागं जिल्लाको घोराही उपमहानगरपालिका, राजपुर र गढवा गाँउपालिकामा एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि घर निर्माण गरेर हस्तान्तरण गर्ने काम गर्दै आईरहेको छ । सोहि परियोजना अन्र्तगत घर निर्माण भएका केहि लाभान्वित परिवारहरुले आफनो अनुभव र अनुभुतिहरु त्यस कार्यक्रममा सुनाउनुभएको थियो ।


स्वतन्त्र सामाजिक परिक्षक दुर्गालाल के.सी.ले यस परियोजनाको फिल्ड अवलोकन, स्थानिय व्यक्ति संगको संवाद, स्थानिय सरोकारवाला निकाय संग र परियोजनाका लाभान्वित परिवार सँग प्रत्यक्ष भेटघाट तथा निरिक्षण गरी सामाजिक लेखापरिक्षण गरेको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तुतीकरणमा उपलब्धी र सुधार गर्नुपर्ने सल्लाह÷सुझाव र चुनौती बारे प्रकाश पार्नुभएको थियो । प्रस्तुतीकरण पश्चात खुल्ला सत्रमा बोल्दै पत्रकार लिला शाहले स्थानीय सरकारले आधारभुत शिक्षा निशुल्क गर्ने व्यवस्था गर्न सुझाव दिनु भएको थियो भने नेपाल पत्रकार महासंघ दागं शाखाका अध्यक्ष सन्तोष सुवेदीले बाल बच्चालाई घरमा एक्लै छोडेर रोजगारीको लागि बाहिर जाने वातावरण बन्द गर्न र घरमै रहेर आम्दानी गर्ने व्यवस्था गर्न समेत स्थानिय सरकार र दातृ निकायलाई आवह्वान गर्न समेत सुझाव दिनु भएको थियो ।


संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा प्रमूख अथिती नित्यानन्द शर्माले सरकारले गर्नुपर्ने काम संस्थाले गर्दै आएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो भने एकल महिला तथा बालबालिकाहरुको सुरक्षित आवासका लागि संस्थाले गरेको यो उदाहरणीय कामलाई दागं जिल्लाको १० वटै पालिकामा संञ्चालन गर्नु आजको आवश्यक्ता रहेको बताउदै सबै पालिकाका प्रमूख तथा उपप्रमूख वडा अध्यक्ष लगायत सबैलाई तपाईहरु जनताको सेवक हो इमान्दारी पूर्वक सेवा गर्नका लागि सुझाव समेत दिनुभएको थियो भने ग्रामिण महिला उत्थान केन्द्र लाई आगामी दिनमा दागं जिल्लाको १० वटा पालिकामा यो कार्यक्रम विस्तार गर्नका लागि सुझाव समेत दिनुभएको थियो ।


कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डि.सी.ले एकल महिलाहरुका लागि संस्थाले गरेको यो अतुलनीय कार्यक्रमका लागि धन्यबाद दिदै आफुहरु पनि यस कार्यक्रममा जोडिनका लागि ईच्छुक रहेको भनाई राख्नुभएको थियो भने जिल्लाका सबै पालिकामा छाना नहुनेहरुका लागि यो कार्यक्रम लागु गर्नका लागि संस्थालाई सुझाब दिनुभएको थियो ।

कार्यक्रममा गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कसैको लागि सुरक्षित घर मात्रै नभई यो कार्यक्रम मार्फत आफुहरुले पुण्यको काम गरेको भनाई राख्दै निवास र ग्रामिणको साझेदारीमा आफनो पालिकामा गतवर्ष ४ वटा र यसवर्ष ३ वटा घर निर्माण सम्पन्न गरेको हुँदा अबका दिनमा धेरै घर निर्माण हुनुपर्ने र गढवा गाँउपालिकाले विपन्न समूदायका परिवारलाई घर निर्माण गर्ने भनेरै बजेट व्यवस्थापन समेत गरेको भनाई राख्नुभएको थियो । यसैगरी राजपुर गाँउपालिकाका उपध्याक्ष धनपती देबी यादवले सन् २०२४ बाट शुरु भएको यो कार्यक्रमले आफनो क्षेत्रमा निक्कै प्रभावकारी काम गरेको भनाई राख्दै आगामी दिनमा समेत आफनो पालिकामा भुमीहिनहरुका लागि घर निर्माण गर्ने गरी बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत राख्नुभएको थियो ।


कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले ग्रामीण महिला उत्थान केन्द्र दागंले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप समुदायमा कृषि, स्वास्थ्य, सशक्तिकरण, शुसासन, लगायतका कार्यक्रमहरु संञ्चालन गर्र्दै आएको बताउदै सन् २०२४ देखी ल्क्ष्ख्ब्क् संस्था सँगको साझेदारीमा एकल महिला, १६ बर्ष मुनिका बालबालिकाहरु जस्को बस्ने बाँस छैन् उनिहरुका लागि भूकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरी हस्तान्तरण गर्दै आईरहेको बताउनुभयो ।

हालसम्म गढवा र राजपुर गा.पा.मा जम्मा १४ वटा घर निर्माण भएको र संस्थाको तर्फबाट यस वर्ष प्रतिघर ४ लाख २५ हजार रुपैया राजपुर गा.पा.ले प्रतिघर १लाख ५० हजार रुपैया र गढवा गा.पा.ले प्रतिघर २ लाख रुपैया लागत सहभागिता स्वरुप साझेदारी गरेको जानकारी समेत दिनुभएको थियो, बिपन्न, सिमान्तकृत समुदायका ति घरबारबिहिन परिवारहरुलाई जग्गा सँगै घरको मालिक बनाउने कार्य सहित सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गर्ने कार्यमा निवास संस्था, वडा, पालिका, गाँउटोल लगायत सबैले सहयोग गरेकोमा अध्यक्ष चौधरीले सबैलाई धन्यवाद दिनुभएको थियो ।


कार्यक्रम संयोजक पार्वती बस्नेतले संस्थागत प्रश्तुतीकरण गर्नुभएको कार्यक्रमको सहजीकरण रजनी श्रेष्ठले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394