लैगिंक हिसां न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

लैगिंक हिसां न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम

Please follow & like us :)

17 Nov, 2025

“छोराछोरीले काम बिगारेपछि आमालाई दोष अनि बनेपछि मेरा छोराछोरी भन्ने त बुवाको जात नै हो” भन्नुहुन्छ घोराही उपमहानगरपालिका वार्ड नम्बर १६ स्यानी अम्बापुर निवासी रिता चौधरी, चौधरीले मिति २०८२ साल कार्तिक १९ गतेका दिन ग्रामीण महिला उत्थान केन्द्र दागंले आयोजना गरेको लैगिंक हिसां न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।


यस्तै कार्यक्रमका अर्का सहभागी सबिता चौधरीलाई पनि घरपरिवार बाट नै छोरीलाई बिभेद गर्ने हुदाँ महिलाहरु सधै थिचोमिचोमा बस्नुपर्ने र हरेक पिडा सहनुपर्ने बानी परेको दुखेसो सुनाउनुभयो, पढेलेखेका भनेर मात्रै नहुने रहेछ सामाजिक संरचना नै पुरुषमैत्री भएकाले महिलाहरु आर्थिक रुपमा सक्षम र शिक्षित नहुदासम्म अनेकौ पिडा सहेर बस्नुपर्ने बाध्यता रहेको सबिताको भनाई थियो ।

ग्रामीण महिला उत्थान केन्द्र, ग्लोबल लर्निगं ल्यावको साझेदारीमा र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडको समन्वयमा संञ्चालन भएको एक दिने लैगिंक हिसां न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रमका प्रशिक्षक शुसीला आर्चायले लैगिंकता र लैगिंक हिंसा भनेको के हो ? पछिल्लो समयका लैगिंक हिंसाका घटना र प्रकारहरु, लैगिंक हिंसा न्युनिकरणका लागि समुदायले खेल्ने भुमिका? लैगिंक हिसां सचेतनाका लागि भएका प्रयासहरु लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमका अर्का प्रशिक्षक सुनिता शर्माले हिसां, हिसांका प्रकार र यस्को रोकथामका लागि भएका प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो प्रशिक्षक बेगम घर्तिले लिंग र लैगिंकता बिचको भिन्नताका बिषयमा सहजीकरण गर्नुभएको थियो।


महिला /पुरुषलाई एकै ठाँउमा राखेर दिनुपर्ने तालिम भएकाले पुनः यस्ता तालिमहरु आफनो ठाँउमा ल्याउनका लागि माग गर्नुभएकी सहभागी सन्तोली चौधरीलाई यो तालिमको सिकाईले अत्ति नै मन छोएको भनाई राख्नुभएको थियो, घरपरिवार बाट नै छोरी र छोरा बिच गरिने बिभेद, काम गर्ने ठाँउमा दिने ज्यालामा समेत हुने भएकाले यस्को न्युनिकरणका लागि सबैको आवाज एक हुनुपर्ने भनाई राख्नुभएको थियो भने स्यानी अम्बापुरमा कार्यक्रमको आयोजना गरी सहभागी हुने अवसर प्रदान गरी सचेत नागरिक बन्नका लागि संस्थाले खेलेको भुमिका प्रति संस्थालाई हृदयदेखी धन्यबाद समेत दिनुभएको थियो । कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका पार्वती बस्नेत, अस्मीता चौधरी, ममता चौधरी र आशिक चौधरी सहित जम्मा ३५ जनाको उपस्थीती रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026365