यसबर्षको दशै अथाहः खुशी साथ बित्यो ।
26 Oct, 2025
“यो बर्षको दशैमा छोरीहरु सँग शुरु देखी नै भए, बिगतका दशैहरुमा मेरो काम गर्ने जिल्ला बाहिर थियो, जिल्ला बाहिरको काम, दशै मनाउनका लागि घरसम्म आईपुग्दा छिमेकीहरुका घरआगन रंगीचंगी र सफा–सुग्घर भईसकेको हुन्थ्यो, मलाई भने घर लिपपोत गर्नलाई सधै चटारो हुन्थ्यो तर यस बर्ष दशै अगावै देखी म छोरीहरुको साथमा बस्न पाए, सबै कामहरु क्रमशः मिलाएर गर्न पाए, अहिलेको दशै पर्व छोरिहरु सँग निक्कै बिशेष भएको अनुभुति गरेकी छु ।”

मेट लाईफ फाउण्डेसन, NIVAS संस्था, ग्रामीण महिला उत्थान केन्द्र दाङ्घ र राजपुर गाँउपालिका सँगको साझेदारीमा दाङ्घ जिल्लाको राजपुर, गढवा गाँउपालिका र घोराही उपमहनगरपालिका मा संञ्चालन भईरहेको “Strengthening Women- Led Families through Safe Housing & Advocacy” (SWFHA) in Rural Dang. “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना” परियोजना अन्र्तगत बिपन्न, सिमान्तकृत समुदायका एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुको सुरक्षित आवास (घर) निर्माणका लागि निर्मला छनौटमा पर्नुभएको थियो।

यसरी घर निर्मााणका लागि छनौटमा परेपछि आफनो घर बनिरहदा, त्यहि घरमै ज्यालादारी मार्फत २६ दिनसम्म काम गरेर झण्डै रु.१४हजार ५सय रुपैया पारिश्रमीक पाउनुभयो । यहि कमाईले नै अहिले निर्मलाको दशै अन्य दशै भन्दा आन्नददायक तरिकाले छोरीहरुको साथमा मनाउनुभयो । घर बनिरहदा अत्यन्त खुशी भएकी निर्मला २९ बर्षकी मात्र हुनुहुन्छ, ३ छोरीहरुलाई जन्म दिएकी उनिसँग साथमा अहिले २ वटा छोरी छन् । ठुली छोरी अनिशा १३ बर्षकी र माईली छोरी अनुष्का ११ बर्षकी छिन् । गरिबी, अभाव, श्रीमान् बितेपछिको पिडा यो सबै देखेर कान्छि छोरी खुशी चौधरीलाई उहाँकी फुपुले आफै सँग राखेर पढाउदै आउनुभएको छ, कान्छि छोरी अहिले ७ बर्षकी भईन् ।
घर बन्न थालेपछि कान्छि छोरी खुशी अत्यन्त खुशी हुदै आमा र दिदिहरुको साथमा बसेर पढ्ने ईच्छा गरेकी छिन् भने निर्मला पनि आफना सबै छोरीहरुको साथमा बस्ने रहर छ, तर बिहान बेलुकाको छाक टार्न निर्मलालाई काम गर्नैपर्छ । आफनो गाँउठाँउमा काम नभेटिने, भेटिएपनि ठेकेदारले काम गरेको पैसा समयमा नदिने समस्याले आजित भएपछि नै हो । कामको खोजिमा जिल्ला बाहिर जान थालेको अहिले घर निर्माण हुन थालेपछि त्यसमा काम गर्दा पैसाको लागि पनि त्यत्ति अप्ठेरो नभएको भनाई राख्नुभयो ।

त्यसो त लहलहैमा कलिलो उमेरमै बिबाह गरेकी निर्मलाको जिबन शुरुमा राम्रै थियो , भनेजत्ति सम्पती त थिएन तर श्रीमानको साथ र माया थियो । दुःख सुख जसोतसो जिन्दगी चलिरहेकै थियो । निर्मलाका श्रीमानले बुटवलमा घर बनाउने काम गर्नुहुन्थ्यो दिनभरी काम गरेर सुतेका श्रीमान् राति एक्कासी बिरामी भएको खबर आयो, आफुसक्दो औषधी उपचार गर्नका लागि नेपालगंज लैजादै गर्दा श्रीमान्को बाटोमै निधन भयो । श्रीमान् बितेको ३ बर्ष पुग्यो, घरमा अन्नपात फल्नलाई प्रशस्त जग्गा छैन्, ऐलानी जग्गा त्यो पनि २ कठ्ठा मात्र । काधमा ३ वटा छोरीको जिम्मेवारी निर्मलालाई सुम्पीएर बिलय भएका उनका श्रीमान् के रोगको कारणले बिते अत्तोपत्तो नै थिएन् तर अहिले ११ बर्षकी माईली छोरी अनुष्कालाई सिकलसेल थालसेमिया रोग देखा परेको छ भने महिना/महिनामा रगत चढाउनुपर्छ । सुरुमा रोग पत्ता लगाउन निर्मलालाई निक्कै गाह्रो भयो, त्यो रोग पत्ता लगाउदा सम्म निर्मलालाई ऋण लाग्यो । माईली छोरीलाई सिकलसेल देखिएपछि अरु २ छोरीलाई पनि डाक्टरले रोग जाँच गर्ने भनेपनि पैसा अभावले चेक गराउन नसकेको निर्मला भन्नुहुन्छ ।

हुर्किदै गरेका छोरिहरु त्यहिमाथि सिकलसेलको बिरामी तर्सथ छोरीहरु सँगै बसेर निर्मलालाई आफनो जिवन काट्ने रहर छ, घर निर्माण सम्बन्धी काम गर्ने तरिकाबारे उनलाई राम्रो सँग थाहा छ । संस्था मार्फत घर निर्माणको कामहरु आफनै गाँउपालिका क्षेत्रमा धेरै हुन सके आफुलाई काम गर्नका लागि टाढा जानुनपर्ने र आफुजस्तै दुखी दिदिबहिनीहरुले काम पाउने र घर पनि बन्ने हुदा निर्मलाले मेट लाईफ फाउण्डेसन, NIVAS, ग्रामीण महिला उत्थान केन्द्र दाङ्घ र राजपुर गाँउपालिकालाई हृदयदेखी धन्यबाद दिनुभएको थियो ।





