भुकम्प प्रतिरोधात्मक घरको शिल्यान्यास « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

भुकम्प प्रतिरोधात्मक घरको शिल्यान्यास

Please follow & like us :)

8 August, 2025


मिति २०८२ श्रावण १९ गतेका दिन ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता, राजपुर गा.पा.अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता, उपाध्यक्ष धनपती देबी यादबको बिशिष्ट आतिथ्यता र वार्ड नं. १ का अध्यक्ष सुर्य प्रसाद चौधरी समेतको उपस्थिीतीमा राजपुर गा.पा. १ तब्दारपुर निवासी निर्मला चौधरीको घरको शिल्यान्यास गरिएको छ ।


शिल्यान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि शरद कुमार बुढाथोकीले गाँउपालिका सँगको साझेदारीमा
अपांग, अशक्त बिपन्न महिलाको लागि बस्ने सुरक्षित घर निर्माण गर्ने “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना” “Strengthening Women- Led Families through Safe Housing & Advocacy (SWFHA) in Rural Dang” स्थानिय तह सँग साझेदारीका साथ काम गर्दा समुदायमा परिवर्तन ल्याउन सकिने र अत्यन्त आवश्यक ब्यक्तिहरु पहिचान गरी सोहि परिवारले लाभ लिन सक्ने भनाई राख्नुभएको थियो साथै यस

परियोजनाले महिलाहरुलाई जग्गाको स्वामित्वको लागि पहुँच समेत पुर्याउने र महिलाहरुको पनि जमिनमा अधिकार छ है भन्ने कुराको बोध गराउदै अधिकार दिलाउनका लागि पैरबी गर्ने र जग्गामा पहुँच समेत बनाएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो । संस्थाले राजपुर गाँउपालिका सँग सहकार्य र साझेदारी बाट परियोजना संञ्चालन गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि धनपती देबी यादबले बिपन्न, अल्पसंख्यक समुदाय, अपांग, एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि घर निर्माण गरिदिने यस परियोजनाले गरिबहरुका लागि पनि कोहि छ है भन्ने मिठो आभाष दिएको बताउदै पालिकाका तर्फ बाट पनि आफुले यसै परियोजना सँग यस बर्षपनि साझेदारका रुपमा काम गर्ने बातावरण मिलाएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।


संस्थाका अध्यक्ष आसमानी चौधरीले ग्रामीण महिला उत्थान केन्द्र दागं र NIVAS संस्थाको साझेदारीमा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना “Strengthening Women- Led Families through Safe Housing & Advocacy (SWFHA) in Rural Dang.” परियोजना अन्र्तगत राजपुर गाँउपालिका वार्ड नम्बर १ गंगदी निवासी दुर्गाको घर निर्माणको अन्तिम चरणमा पुगेको र आज देखी राजपुर गा.पा. १ तब्दारपुर निवासी निर्मला चौधरीको घर निर्माण गर्न लागेकोमा खुशी ब्यक्त गर्नुभयो ।

सन् २०२४ मा पनि महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण “Strengthening Women- Led Families through Safe Housing & Advocacy (SWFHA) in Rural Dang. 

९क्ध्ँज्० परियोजना बाट यस राजपुर गा.पा.मा ४ वटा घर निर्माण भएको स्मरण गर्दै यस बर्ष राजपुर पालिकामा ३ वटा घर र गढवा गा.पा.मा ३ वटा घर निर्माण गरिने जानकारी गराउनुभएको थियो ।


शिल्यान्यास कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता चौधरी, संस्थाका संञ्चालक समितिका पदाधिकारी/कर्मचारी टोल बिकास संस्थाका अध्यक्ष, टोल तथा समुदायका अगुवा, बुद्धिजिवी र निर्मलाको घरपरिवार लगायतको उपस्थीतिमा शिल्यान्यास गरिएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026426