बाख्रापालनमा रमाउदै : तुल्सा « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

बाख्रापालनमा रमाउदै : तुल्सा

Please follow & like us :)

6 August, 2025

“२९ वटा बाख्रा ति बाख्राहरुको हेरचाह र घरको कामकाज गर्दैमा आजभोलि दिन बितेको पत्तै हुदैन्” यो भनाई हो गढवा गाँउपालिका वार्ड नम्बर ५ सिमलतारा निवासी तुल्सा जि.एम.को, संयुक्त परिवारमा बसोबास गर्दै आएकी जि.एम.को १ छोरा छन्, बैदेशिक रोजगारमा रहेका श्रीमान् , श्रीमान्को कमाईले खान पुगिहाल्थ्यो, उहाँलाई आफु आत्मनिर्भर बन्नुुपर्छ भन्ने त्यत्ति हेक्का थिएन, एस.एल.सि.सम्म पढेको भएपनि आजभोलि अफिसमा जागिर कस्ले दिन्छ र, धेरै पढाई थिएन अनि घरको काम गरेर, घरमै बसेर पैसा कमाउन सकिन्छ भन्ने पनि त्यत्ति जानकारी थिएन तर अहिले ग्रामीण महिला उत्थान केन्द्र गढवा

गाँउपालिका, हेफर प्रोजेक्ट नेपाल सँगको साझेदारीमा संञ्चालन भईरहेको कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी बिकास परियोजना मार्फत गठन भएको समुहमा आवद्ध भएपछि आफुमा धेरै परिवर्तन आएको जि.एम.ले बताउनुभयो ।
समुहमा आवद्ध हुनुअघि दिनभर वरपर दिदिबहिनीहरु सँग गफिएरै समय बिताउने जि.एम., आजभोलि बाख्राको संख्या कसरी बढाउने, थोरै समयमा यि खसीको तौल कसरी बृद्धि गर्ने, घाँस दाना केके मात्रा मिलाएर खुवाउने भन्ने बारे नै चासो गर्ने र यिनै बिषयमा रहेर मात्र कुरा गर्न मन पराउने हुनुभएको छ। कामकै मात्र कुरा गर्न रुचाउने जि.एम. समुहमा कसरी आवद्ध हुनुभयो त ? गढवा गाँउपालिकामा भिटा परियोजना मार्फत समुह गठन गर्ने, बचत उठाउने भनेर गाँउको चौकीदार मार्फत सूचना पठाईएको रहेछ, त्यहि सुचनालाई आधार मानेर महिलाहरु भेला भएको ठाँउमा म पनि पुगे, त्यहाँ भिटा परियोजना के हो? किन समुह गठन गर्दैछौ भन्ने बारेमा जानकारी गराउनुभयो, मलाई राम्रै लाग्यो अनि भेला भएका २५ जना महिलाहरुलाई आवद्ध गराई सिमलतारा उद्यमी महिला समुह भनेर मुल समुह नै गठन गरियो, त्यो समुहका दिदिबहिनीहरुको अनुरोध र मेरो रुचिका कारण पनि म त्यस समुहमा सचिब पदमा रहेर काम गर्न थाले, ग्रामीण महिला उत्थान केन्द्रका कर्मचारी कल्पना चौधरी मेडम हामी कहाँ समुह बसाल्न आउन थाल्नुभयोे, शुरुका दिनमा सबैका अगाडी निर्धक्क बोल्नै डर लाथ्थ्यो तर अहिले आफना कुरा राख्न सक्ने भएको जि.एम.ले भन्नुभयो ।


समुहमा आवद्ध भएपछि आधारशिला तालिम, पशु तथा स्रोतको उचित ब्यवस्थापन तालिम लगायत पशुको लागि शिबिर जस्ता कार्यक्रममा सहभागी हुन पाएको जि.एम.ले यिनै कुराले आफुलाई बाख्रापालन तर्फ प्रेरित गरेको बताउनुभयो, समुहमा आवद्ध हुनुअघि घरमा ४ वटा बाख्रा थिए तर अहिले खोरमा २९ वटा बाख्रा छन्, यो अवधीमा ८ वटा खसी र बाख्रा बिक्री गरेर ३ लाख रुपैया आम्दानी गरेको पनि बताउनुभयो । परियोजना बाट खनिज ढिक्का बनाउने तालिम लिएपछि अहिले बाख्राका लागि घरमै खनिज ढिक्का बनाउन थालेको जि.एम.ले २ कठा जमिनमा घाँसखेतिको शुरुवात गर्नुभएको छ । तालिम, जानकारी र प्राबिधिक सहयोगले जि.एम.को घरपरिवार पनि खुसी हुनुभएको छ भने अब बाख्रापालनलाई ब्यवसायिक रुपमै अगाडी बढाउनुपर्छ भनेर श्रीमान् र परिवारले चासो राखेर आधुनिक बाख्राको लागि खोर निर्माण समेत गर्नुभएको छ । खोर निर्माण का लागि परियोजनाको तर्फबाट बत्तिस हजार रुपैया उपलब्ध गराईएको थियो ।


घरभित्रको सम्पुर्ण काम गर्नुका साथै ब्यवसायिक रुपमा बाख्रापालन गर्दा आत्मबिश्वास बढेको र मैले पनि पैसा कमाउन सक्छु र मेरो कामको पनि मुल्यांकन हुन्छ भन्ने कुरामा बिश्वास बढेको बताउनुभयो। जि.एम.ले बेसार खेतिको पनि शुरुवात गर्नुभएको छ भने आफुसँग उत्पादन भएका बस्तु बिक्रीका लागि कुनै समस्या नभएको भनाई राख्नुभएको थियो ।
यसरी परियोजना मार्फत समुदायस्तरका बिपन्न तथा सिमान्तकृत ब्यक्तिहरुको आर्थिक, सामाजिक स्तरोन्नतीका लागि खेलेको भुमिकाका लागि गढवा गाँउपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र लाई धन्यवाद दिनुभयो ।

लेखक:- कल्पना चौधरी सामुदायिक सहजकर्ता

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394