खेल्ने र पढ्ने उमेरमै प्रहरी र डाक्टर बन्ने सपना
30 July, 2025
७ बर्षिया अर्पण चौधरीलाई आफु ठुलो भएपछि प्रहरी बन्ने रहर छ, आफु प्रहरी भएपछि गाँउघरमा सबैले आफुलाई मान्ने र आमाको सपना सँगै गरिबीलाई हटाउने उनको चाहना छ । यसैगरी उनका ९ बर्षिया दाजु प्रबिणलाई भने डाक्टर बनेर बिरामीको हेरचाह गर्ने ठुलो ईच्छा छ । ७ बर्ष र ९ बर्षको उमेर आमाको काखमा लडीबुडी गर्ने, साथिभाईहरु सँग खेल्ने र पढ्ने उमेर हो तर यि २ दाजुभाईले गरिबी, अभाव र भोक प्यास सबै कुरा बुझने भएका छन् , आफुलाई कस्ले राम्रो मान्छ, कस्ले अपहेलना गर्छ भन्ने कुराको आभाष गर्ने भईसकेका छन् ।

बुवा गुमाईसकेका तर अरुभन्दा फरक क्षमता भएकी आमा सँग उनिहरु गढवा गाउँपालिका वार्ड नम्बर ६ आँटीपाकरमा बस्दै गर्दै आएका छन् । चुहिने छानो, एउटा कोठा, त्यहि कोठामा सुत्ने, खाने र पढ्ने साँघुरो बाँस थियो तर गतबर्ष ल्क्ष्ख्ब्क् संस्था सँगको साझेदारीमा ग्रामीण महिला उत्थान केन्द्रले महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना अन्र्तगत मायादेबीको परिवारलाई सुरक्षित आवासका लागि भुकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरि हस्तान्तरण गरेपछि बस्नलाई अहिले सहज र आनन्द भएको छ, त्यत्तिमात्रै होईन् मायादेबीका छोराहरु अर्पण र प्रबिणलाई पढ्नका लागि सजिलो भएको छ भने पाहँुना आउदा बस्नका लागि समेत सहज भएको मायादेबीले बताउनुभयो ।

बिगत सम्झीदै मायादेबीले भन्नुभयो, बर्षातको समय, रातमा पानी पर्दा, घरभित्र पानीको धारा बग्थ्यो, छिमेकीको घरमा शरण पर्न जानुपर्ने अवस्था थियो, कहिलेकाही त रातभर जागाराम नै बस्नुपर्ने अवस्था आउथ्यो, त्यसो हुँदा गाँउघर वरपर छरछिमेक र आफन्तीले समेत यस्को केहि छैन् भनेर हेला गर्ने गर्थे, मन दुख्थयो तर अहिले घर बनिसकेपछि रातीमा आनन्दले सुत्न पाईएको छ, वरपर छरछिमेक, आफन्तीहरु घरमा आउन थालेका छन् । ग्रामीण महिला उत्थान केन्द्रको समुहमा आवद्ध भएपछि २ वटा बाख्रा समेत पाएको छु, तिनै बाख्राको हेरचाह गर्छु, एकल महिलाका लागि आउने भत्ता वापत पाउने पैसाले छोराहरुको पढाई खर्च र घर खर्च चलाउदै आएको छु ।

संस्थाले बस्नका लागि सुरक्षित घर बनाईदियो, बाख्रा उपहार दिएको छ तरपनि यि २ छोराहरुको पढाई खर्च सहयोग गरिदिएको भए, छोराहरुको पढ्ने सपना पुरा हुन्थ्यो कि जस्तो लाग्छ मायादेबीलाई । छोराहरुले पढ्न रहर गर्छन तर स्कुल जादाँ जुत्ता , स्कुल डे«स गत्तिलो नहुँदा स्कुलमा साथिहरुले गिज्याउने रहेछन् घर आएर आमा मलाई राम्रो जुत्ता , स्कुल डे«स किनिदिनुहोस् भन्छन् मैले कसरी पुराउन सक्छु र पछि किनौला भन्छु अनि चुप्प लाग्छन् ।

कोहि नहुनेको भगवान् हुन्छ भन्छन् सायद त्यहि भएर होला आज भगवान बनेर ग्रामीण महिला उत्थान केन्द्रले हामीलाई घर बनाईदिनुभयो उहाँहरुले नै घरमै आएर छोराहरुका लागि स्कुल डे«स, जुत्ता, घरका लागि आवश्यक फाईबर सिरक २ थान, डसना २ थान, गलैचा २ थान, सिरानी २ थान, बाकस, ओछयाउनका लागि म्याट र मलाई कुर्ता सुरुवाल लगायतको सामान ल्यादिएर घरमै आउनुभयो, यो सहयोगका लागि ग्रामीण महिला उत्थान केन्द्रलाई धेरै—धेरै धन्यबाद दिन चाहन्छु । मलाई बोल्न त त्यत्ति आउदैन् भन्दै मायादेबी लजाउनुभयो ।

पढने रहर गर्ने ति छोराहरुको हातमा जुत्ता , स्कुल डे«स पर्नासाथ मुहारमा अथाहः खुसी देखिन्थ्यो जस्को बर्णन शब्दमा गर्नै सकिदैन् । उनि मनको निक्कै बाँठो छिन् , उनलाई घरको सरसफाई, आयआर्जनका लागि ब्यस्थीत बाख्रापालन लगायत धेरै कुरा सिकाउन त बाँकी नै छ, हामी उनको छिमेकी हौ, शुरुमा चुहिने र भत्कीने घरमा बस्दै आएकी थिईन, बर्षातको समयमा उनिहरुलाई राति केहि हुन्छ कि भन्ने डर, सर्प बिच्चीले टोक्छ कि भन्ने भय त हामी छिमेकीलाई पनि थियो तर अहिले तपाईहरुले घर बनाईदिएपछि हामी पनि ढुक्कले निदाउन पाएका छौ, हामीले गर्न सक्ने सहयोग मायादेबीलाई सदैब हुनेछ भन्दै मुस्कुराउनुभयो मायादेबीकी छिमेकी लिला चौधरी”

भाई बितेपछि यो सुस्त मनस्थीतीकी बुहारीले यि छोराहरुलाई कसरी लालनपालन गर्ने होला, बस्ने घरै गत्तिलो छैन् , मेरो आफनै परिवार छ, तर म हुँदा सम्म त रेखदेख गरुला, म नभएपछि कसरी गुँजारा चल्ने होला भन्ने मनमा चिन्ता भईरहन्थ्यो तर तपाईहरु सपना जसरी आउनुभयो अनि बस्ने घर बनाईदिएपछि मलाई पनि ठुलो जिम्मेवारी बाट छुटकारा मिलेर शान्तिको अनुभुति भएको छ भन्नुहुन्छ मायादेबीका जेठाजु दाजु प्रयागलाल चौधरी, सपना जसरी आएर बस्ने घर बनाईदिने ल्क्ष्ख्ब्क् संस्था र ग्रामीण महिला उत्थान केन्द्रलाई मुरीमुरी धन्यवाद दिन्छु र आज फेरि घरमै आएर घरपरिवारका लागि अत्यावश्यक सामाग्री प्रदान गर्नुभएको मा ग्रामीण महिला उत्थान केन्द्रलाई हृदयदेखि नै धन्यवाद छ ।

गरिबी, अभाव, अल्पसंख्यक समुदाय त्यहि माथि एकल महिला, समुदायमा यस्ता थुप्रै मायादेबी, अर्पण र प्रबिणहरु छन् , जो अहिले गरिबी सँग संघर्ष गर्दै बाँचिरहेका छन् ।

संघर्षले नै मान्छेलाई समाजमा मान्छे बनाउछ किनकी सुनलाई चम्कीनका लागि पनि त आगोमा पोलिनैपर्छ । “समुदायमा रहेका मायादेबी, अर्पण र प्रबिण जस्ता पात्रहरुका लागि ग्रामीण महिला उत्थान केन्द्रले सानो सहयोग गरेको हो, यदि यो हातेमालोमा तपाईहरु पनि जोडिन चाहनुहुन्छ भने हामी तपाईहरुलाई स्वागत गर्न तयार छौ भन्नुहुन्छ ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी” सामाग्री हस्तान्तरण कार्यक्रममा आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.मा आवद्ध उज्जवल महिला उत्थान केन्द्रका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।









