जिल्ला स्थिीत सरोकारवाला निकाय द्धारा IALVC परियोजनाको अबलोकन तथा अनुगमन
23 June, 2025
ग्रामीण महिला उत्थान केन्द्र दागं र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दागं र सल्यान जिल्लामा संञ्चालन भईरहेको तरकारीको मुल्य श्रृखंलामा नवप्रर्वधन मार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना (IALVC) अन्र्तगत लमही क्षेत्रमा भएका गतिबिधिहरुको मिति २०८२ अषाढ ०५ गतेका दिन दागं जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा सहितको टिमले अबलोकन तथा अनुगमन गरेको छ ।

बिगत २ बर्षदेखि संञ्चालनमा रहेको उक्त परियोजनाले दागं र सल्यान जिल्लामा रहेका १० वटा उद्यमी सहकारीहरु मार्फत तरकारी उत्पादन र उत्पादित तरकारीको बजारीकरणका लागि सहकारी मार्फत गर्दै आएको बिबिध किसिमका गतिबिधि बारे सरोकारवाला निकायहरुलाई जानकारी गराउने उद्देष्यले यस परियोजना अनुगमन तथा समन्वय समितिका संयोजक तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, जिल्ला प्रशासन कार्यालयका सिता श्रेष्ठ, हेफर ईन्टरनेशनल नेपालका बजार प्रमुख राजकुमार अधिकारी, संस्थाका अध्यक्ष आसमानी चौधरी, कोषाध्यक्ष मिरा चौधरी र जिल्ला स्थिीत पत्रकार सहितको टिमलाई लमही नगरपालिका क्षेत्रमा अनुगमन गराईएको थियो ।

लमही नगरपालिका वार्ड नम्बर ७ कप्तानगंञ्ज स्थिीत दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि. बाट शुरु भएको अनुगमन कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष पुनम घर्ती मगरले बिगत देखि नै बिबिध परियोजना मार्फत यस -IALVC परियोजना बाट आफनो सहकारी को ब्यवसाय बिस्तारका लागि हालै मात्र परियोजना बाट तरकारी संकलन केन्द्र निर्माणका लागि ७ लाख रकम उपलब्ध गराएको बताउनुभएको थियो । साथै उद्यमी समुहलाई प्राप्त भएको सेवा सुबिधाका वारेमा जानकारी गराई आफनो उद्यमी किसान रुविया चौधरीले गर्दै आएको फिल्डको समेत अबलोकन गराउनुभएको थियो । उद्यमी चौधरीले ब्यवसायिक रुपमा तरकारी खेति गर्नका लागि आफुले परियोजना बाट प्राबिधिक ज्ञानका साथै बिषादीरहित तरकारी उत्पादनका लागि झोलमोल र भर्मी कम्पोष्ट (गड्यौला) मल उत्पादन गर्न सिकाएको बताउनुभएको थियो भने परियोजनाले उन्नत जातको तरकारीको बिउँ बिजन, टनेल, मल्चीगं प्लास्टीक, स्प्रे ट्यांकी लगायतको सामाग्रीहरु समेत उपलब्ध गराएको बताउनुभएको थियो ।

यसैगरी लमही नगरपालिका वार्ड नम्बर २ केरुनिया स्थीत समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड मा निर्माणाधिन तरकारी प्रशोधन केन्द्र भवनको अवलोकन गरियो । दागं र सल्यान जिल्लाका १० वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट उत्पादन भएका तरकारीको संकलन र बजारीकरण गर्नका लागि भबिष्यमा समुन्नती सहकारीमा निर्माण हुदै गरेको तरकारी प्रशोधन केन्द्रले महत्वपुर्ण भुमिका खेल्ने सहकारी संस्थाका अध्यक्ष अञ्जु चौधरीले बताउनुभयो । हाल यस क्षेत्रमा तरकारीको उत्पादन बृद्धिका लागि परियोजनाले (IALVC ) कृषक समुह निर्माण गरी किसानहरुलाई कृषि सामाग्री, उन्नत जातको बिँउ बिजन र प्राबिधीक ज्ञान पनि प्रदान गरेको सहकारी अध्यक्ष चौधरीले भनाइ राख्नुभएको थियो । सोहि क्षेत्रमा रहेको घाँसको नर्सरी केन्द्रको अवलोकन गरि लमही नगरपालिका वार्ड नम्बर १ सुनडबरी स्थिीत निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले संञ्चालन गर्दै आएको दुग्ध संकलन केन्द्रको अबलोकन गरिएको थियो ।


कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले प्रशोधन केन्द्र भवन निर्माण भएपछि उक्त भवनमा चाहिने आवश्यक मेसिनहरु खरिद गर्नका लागि यस IALVC परियोजना बाट सहयोग हुने भनाई राख्नुभएको थियो ।
उद्देष्य :
१. तरकारीको मुल्य श्रृखंलामा नवप्रर्वधन मार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना (IALVC) मार्फत संञ्चालन भएका र भईरहेका गतिबिधिहरुको जानकारी गराउनु ।
२. तरकारी प्रशोधन केन्द्र भवनको सरोकार वाला निकायलाई अनुगमन गराउने ।
३. सहकारीमा आवद्ध उद्यमीहरु सँग अग्र्यानिक तरिकाले उत्पादन गर्दै आएको तरकारी बारे अन्र्तक्रिया गर्ने ।
सिकाई तथा उपलब्धी :
१. तरकारीको मुल्य श्रृखंलामा नवप्रर्वधन मार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना (IALVC) परियोजनाले संञ्चालन गर्दै आएको गतिबिधिहरुको जानकारी प्राप्त गरेको ।
२. तरकारी प्रशोधन केन्द्र भवन बारे सरोकार वाला निकाय जानकार भएको ।
३. सहकारीमा आवद्ध उद्यमीहरु र उनिहरुले अग्र्यानिक तरिकाले उत्पादन गर्दै आएको तरकारी खेति अवलोकन गर्न पाएको ।
४. सहकारी र कृषकहरुले आफनो उत्पादन, समस्या र काम गर्दै जादा भोगेका चुनौतीहरु बारे सरोकारवाला निकायलाई जानकारी गराउन पाएको ।
अबलोकन तथा अनुगमन कार्यक्रममा सहभागीता संख्या :

साराशं : यस ग्रामीण महिला उत्थान केन्द्र दागं र हेफर ईन्टरनेशनल नेपालको आयोजनामा दागं र सल्यान जिल्लामा संञ्चालन भईरहेको तरकारीको मुल्य श्रृखंलामा नवप्रर्वधन मार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना (IALVC) अन्र्तगत लमही नगरपालिका क्षेत्रमा संञ्चालन भएको गतिबिधिहरुको जिल्ला स्थिीत सरोकारवाला निकाय सहित अनुगमन गराउदा परियोजना, सहकारी र संस्थाले गर्दै आएको कामलाई सकारात्मक प्रभाव परेको देखिन्छ ।













