३ दिने व्यबसाय तथा बजारीकरणसीप बिकास तालीम
23 June, 2025
ग्रामीण महिला उत्थान केन्द्र र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दाङ र सल्यान जिल्लामा संचालन भईरहेको तरकारीको मुल्य शृंखलामा नबप्रवर्धन मार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना (IALVC) दाङ र सल्यान जिल्लाका १० वटा सहकारीका संञ्चालक समितिका पदाधिकारी, ब्यवस्थापक र परियोजनाका कर्मचारीहरुको लागी व्यबसाय तथा बजारीकरणसीप बिकास तालीम सम्पन्न गरेको छ ।

मिति २०८२ जेष्ठ २२ देखि २४ सम्म दाङको हाटेल मालाईनमा संचालन भएको सो तालीम कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले ब्यावसायिक तालिमले महिला उद्यमी सहकारीको ब्यवसायलाई बिस्तार गर्नको लाग र बजार प्रबन्धकहरुको ज्ञान र सिप बृद्धि गर्नका लागि कोसेढुङ्गा साबित हुने भनाई राख्नुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै बरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आर्चायले नेपालमा पहिलोपटक नै दागं जिल्लामा तरकारी प्रशोधन केन्द्र स्थापना गरी सहकारी बाट कामको शुरुवात गर्ने पहिलो अनुभव रहेकाले पनि बजार सम्बन्ध बिस्तारका लागि तालिमले महत्वपुर्ण भुमिका खेल्ने भनाई राख्नुभएको थियो ।

लोकेन्द्र रावलले सहजीकरण गरेको उक्त तालिममा परियोजना को सहयोगमा सहकारीले बजारीकरणको शुरुवात गर्न लागेपछि व्यबसाय कसरी गर्ने, बजारीकरण गर्दा कस्ता कस्ता कुराहरुको आवश्यक पर्छ भन्ने सम्बन्धमा सहकारीका बजार ब्यबस्थापकहरु सँग समुहगत अभ्यास तथा छलफलका माध्यम बाट प्रष्ट पार्ने काम गरिएको थियो । व्यबसायलाई अगाडी बढाउनको लागी उत्पादन गरेको बस्तुको व्यबस्थापन गर्न नसकेर बजार सम्म लैजादा बिक्रि नहुने र मुल्य नपाउने गुनासो किसानहरुको आईरहदा अब आगामी दिनहरुमा के कसरी यो व्यबसाय गर्दा अगाडी बढन सकिन्छ , बजारको माग के छ ?
कस्तो तरकारी लगाउदा मार्केटिङ (बजारीकरण) गर्न र आम्दानी बढाउन सकिन्छ भन्ने बारेमा तालिममा सिकाईएको थियो ।

प्रशिक्षक रावतले तालीममा ब्यबसाय शुरु गर्नु अघि बिचार गर्नुपर्ने कुराहरुको बारेमा छलफल गराई, ब्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरु जस्तैः ग्राहकको पहिचान, उपयुक्त स्थान, शुरु गर्ने समय, व्यबसायको दर्ता लाईसेन्स, कुन व्यबसाय गर्ने रुची लगायतका बिषयमा छलफल र कथाका माध्यम बाट प्रष्ट पार्नुभएको थियो । यसैगरी तरकारी खेतीको तुलनात्मक लाभको बारेमा जानकारी गराई तरकारी खेती गर्दा मौसमी बाली मात्र नलगाई बेमौसमी खेती गर्ने प्याकेजिङ, ग्रेडिङ गरेर बिक्रि गर्दा मुल्य बढी पाउन सकिने बिषयमा पनि बुझाउनुभएको थियो । गाँउ समुदायमा सहकारी मार्फत बिक्रि गर्दा सजिलो हुने, बजार बिष्लेषणका चरणहरु, व्यबसाय गर्दा योजना बनाएर गर्नुपर्ने व्यबसाय र उद्यमशिलताको बारेमा फरक व्यबसाय वा बजारीकरण गर्दा आउने चुनौती, उत्पादनका चुनौती र समाधानका उपायहरुका बारेमा छलफल गरी बजारीकरणको रणनिती बनाएर मात्रै अगाडी बढनुपर्ने लगायतको बिषयमा सहजीकरण गरिएको थियो । उक्त तालिममा दागं र सल्यान जिल्लाका १० वटा सहकारी बाट ३० जनाको सहभागीता रहेको थियो ।







