सरोकारवाला निकायहरु सँग समन्वयात्मक बैठक « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

सरोकारवाला निकायहरु सँग समन्वयात्मक बैठक

Please follow & like us :)

May 5, 2025

ग्रामीण महिला उत्थान केन्द्र दागंले जिल्लाका सरोकारवाला निकायहरु सँग समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दागं र NIVAS संस्थाको साझेदारीमा दागं जिल्लामा संञ्चालन हुन गईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना “Strengthening Women- Led Families through Safe Housing & Advocacyæ (SWFHA) in Rural Dang.“ परियोजना सम्बन्धी अभिमुखकरण मिति २०८१ साल बैशाख ०९ गतेका दिन गढवा गाउपालिकामा आयोजना गरिएको हो ।


संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता एंव गढवा गा.पा. अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता र उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले सन् २०२५ मा गढवा गा.पा. मा संञ्चालन हुने महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना “ Strengthening Women- Led Families through Safe Housing & Advocacyæ (SWFHA) in Rural Dang. का बारेमा बिस्तृत जानकारी गराई सो कार्यक्रम बाट सिमान्तकृत, बिपन्न, अपांग तथा एकल महिला र १६ बर्ष मुनिका बालाबालिका जस्को बस्ने बाँस छैन् उनिहरुको सुरक्षित आवासका लागि पालिका सँगको साझेदारीमा गढवा गाँउपालिकामा ३ र राजपुर गाँउपालिकामा ३ वटा भुकम्प प्रतिरोधात्मक घर निर्माण हुने जानकारी गराउनुभएको थियो । यसैगरी राजपुर गाँउपालिकामा १ वटा घर परियोजनाको पुरा लागतमा निर्माण हुनुका साथै गढवा गा.पा., राजपुर गा.पा. र घोराही उपमहानगरपालिका का ४ सय जना महिलाहरुलाई सहभागी गराई भुमिमा महिलाको स्वामित्व सम्बन्धी बिभिन्न क्रियाक्लापमा सहभागी गराईनुका साथै भुकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी पुर्नताजगी तालिम समेत संञ्चालन गरिने सो बैठकमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रममा सन् २०२४ मा सम्पन्न भएको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना को सामाजिक परिक्षणको बारेमा सामाजिक परिक्षक तथा रेडियो मध्यपश्चिमका सम्पादक छबी पुरीले प्रश्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सन् २०२५ मा निर्माण हुने घरको नक्सा सम्बन्धी प्रश्तुतीकण Inclusive Designers and Builders का निर्देशक कुशल श्रेष्ठले गर्नुभएको थियो भने सो कार्यक्रममको सहजीकरण कार्यक्रम संयोजक पार्वती बस्नेतले गर्नुभएको थियो ।
यसैबिच मिति २०८१ साल बैशाख १० गतेका दिन ग्रामीण महिला उत्थान केन्द्रले राजपुर गाउपालिका सँग समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।


संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता एंव राजपुर गा.पा. अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपती देबी यादबको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । ग्रामीण महिला उत्थान केन्द्र दागं र NIVAS संस्थाको साझेदारीमा दागं जिल्लामा संञ्चालन हुन गईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना “Strengthening Women- Led Families through Safe Housing & Advocacyæ (SWFHA) in Rural Dang. परियोजना सम्बन्धी अभिमुखकरण गराईएको थियो । सो परियोजना अन्र्तगत राजपुर गाँउपालिका क्षेत्रमा निर्माण हुने ३ वटा भुकम्प प्रतिरोधात्मक निर्माण घर मध्ये १ वटा घर परियोजनाको पुरा लागतमा र २ वटा घर पालिका सँगको साझेदारीमा निर्माण गरिने कुरा कार्यक्रममा जानकारी गराईएको थियो।


सन् २०२४ मा सम्पन्न भएको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना को सामाजिक परिक्षणको बारेमा सामाजिक परिक्षक तथा रेडियो मध्यपश्चिमका सम्पादक छबी पुरीले प्रश्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सन् २०२५ मा निर्माण हुने घरको नक्सा सम्बन्धी प्रश्तुतीकण Inclusive Designers and Builders का निर्देशक कुशल श्रेष्ठले गर्नुभएको थियो भने नक्सा सम्बन्धी बिस्तृत रुपमा पालिकाका पदाधिकारी, प्राबिधिकहरुका बिचमा छलफल समेत भएको थियो।


दुई वटै सरोकारवाला निकाय सँगको समन्वयात्मक बैठकमा प्रमुख प्रशासकिय अधिकृत, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, पुर्वाधार शाखा प्रमुख, लेखा अधिकृत, योजना शाखा प्रमुख, सुचना अधिकारी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख, पत्रकार समेतको सहभागिता रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394