भुकम्प प्रतिरोधात्मक घर शिल्यान्यास
2 May, 2025
मिति २०८२ बैशाख १५ गतेका दिन ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता, राजपुर गा.पा.उपाध्यक्ष धनपती देबी यादबको प्रमुख आतिथ्यता र वार्ड नं. ६ का अध्यक्ष श्याम कुमार रोकाको बिशिष्ट आतिथ्यतामा राजपुर गा.पा. ६ गंगदी निवासी दुर्गा चौधरीको घरको शिल्यान्यास गरिएको छ ।

शिल्यान्यास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि धनपती देबी यादबले बिपन्न, अल्पसंख्यक समुदाय, अपांग, एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि बस्ने घर निर्माण गरिदिने यस परियोजनाले गरिबहरुका लागि पनि कोहि छ है भन्ने मिठो आभाष दिएको बताउदै पालिकाका तर्फ बाट पनि आफुले यसै परियोजना सँग यस बर्षपनि साझेदारका रुपमा काम गर्ने बातावरण मिलाएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।

बिशिष्ट अतिथि वार्ड नं. ६ का अध्यक्ष श्याम कुमार रोकाले अपांग, अशक्त बिपन्न महिलाको लागि बस्ने सुरक्षित घर निर्माण गर्ने “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना” “Strengthening Women- Led Families through Safe Housing & Advocacyæ -SWFHA_ in Rural Dang. परियोजनाको कार्यले स्थानिय सरकारलाई पनि सरकारको साझेदारी र साथले समुदायमा परिवर्तन ल्याउन सकिने रहेछ भन्ने कुराको बोध गराएको भनाई राख्नुभएको थियो भने यस परियोजनाले महिलाहरुलाई जग्गाको स्वामित्वको मालिक समेत बनाउने र महिलाहरुको पनि जमिनमा अधिकार छ है भन्ने कुराको बोध गराउदै अधिकार दिलाउनका लागि मिहेनत गर्ने र जग्गाको मालिक बनाएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।

यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले ग्रामीण महिला उत्थान केन्द्र दागं र ल्क्ष्ख्ब्क् संस्थाको साझेदारीमा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना कार्यक्रम “Strengthening Women- Led Families through Safe Housing & Advocacyæ -SWFHA_ in Rural Dang. परियोजना अन्र्तगत दुर्गाको घर निर्माण हुन लागेको भनाई राख्नुभयो ।

सन् २०२४ मा पनि महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण “Strengthening Women- Led Families through Safe Housing in Rural Dang. (SWFH) परियोजना बाट यस राजपुर गा.पा.मा ४ वटा घर निर्माण भएको स्मरण गर्दै यस बर्ष यो पालिकामा ३ वटा घर निर्माण हुने जानकारी गराउनुभएको थियो ।

शिल्यान्यास कार्यक्रममा आर्थिक समितिका संयोजक दिलमती वली, वडा सदस्य, सिर्जनशिल टोल बिकास संस्थाका अध्यक्ष, टोल तथा समुदायका अगुवा, बुद्धिजिवी, दुर्गाको घरपरिवार लगायतको उपस्थीतिमा शिल्यान्यास गरिएको थियो ।






