मिस्त्री बन्न सफल सरिता
27 March 2025
गढवा गाउँपालिका —४ चैनपुर निबासी सरीता चौधरी अहिले एक सफल महिला मिस्त्रीका रुपमा परिचित हुनुहुन्छ । निक्कै ब्यस्त सरिताले बन्दै गरेको घरको छेउकुनो मिलाउन, सिमेन्टमा राख्ने बालुवाको मात्रा मिलाउन र लेबरहरुलाई काम अराउन सिकाउन अब्बल हुनुभएको छ ।

चौधरीले लेबरहरुलाई सिकाउने मात्रै होईन् उनिहरु सँग सँगै आफुपनि फिल्डमा खटिनुहुन्छ।
गहुँगोरी, हिस्स परेकी, राम्री, मिलनसार, अनि हिम्मतवाली चौधरीले आफनो घरब्यवहार सँगै अरुको नयाँ घर बनाउने जिम्मा लिएको पनि १ महिने तालिम पाएपछि नै हो । १ महिने तालिम लिने अबसर सरिताले काम गर्दै जाँदा ग्रामीण महिला उत्थान केन्द्र र NIVAS संगको साझेदारीमा त्यस गढवा गाँउपालिका क्षेत्रमा संञ्चालन हुन थालेको Strengthening Women Led Families through safe Housing in Rural Dang (SWFH) अर्थात महिला परिवारलाई सुरक्षीत आवाश मार्फत सुदृढीकरण परियोजना द्धारा गढवा र राजपुर गाउँपालिकाका गरिब, बिपन्न, एकल तथा १६ वर्ष मुनिका बालबालीकाहरुलाई सुरक्षीत रुपमा बसोबास गर्नका लागी आबास (घर) निर्माण हुने कार्यक्रम संञ्चालन हुदै गर्दा सोहि परियोजनाद्धारा Inclusive Designers and Builders, मनकामना डेभलपमेन्ट एण्ड सोलुसन बाट १ महिने भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि तालिमको आयोजना गरेको र सो तालिममा १० जना यूवाहरुलाई प्रशिक्षण गरिने थाहा पाएपछि सरिताले प्रकृया अगाडी बढाउनुभयो र उहाँ सोहि तालिमको सहभागीकाका रुपमा छनौटमा पर्नुभएको थियो ।

३० दिनसम्म भुकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धी प्रयोगात्मक तथा सैद्धान्तिक तालिममा सहभागी भएकी सरिता अहिले मुख्य महिला मिस्त्रीका रुपमा पालिका क्षेत्रमा परिचित हुनुहुन्छ । अहिले महिला मिस्त्री बन्न सफल ३५ वर्षिय सरिता चौधरी अत्यन्त मिहेनती, लगनशिल हुनुहुन्छ साथै सरिताले शुरुका दिनमा साँझ र बिहानको समयमा घरको सबै चाँजोपाजो मिलाएर गाउँघरमै दैनिक ३सय देखि ४सय रुपैया पाउने गरी लेबर काम गर्दैै आउनुभएको थियो । यसरी काम गर्दा आफु आत्मनिर्भर हुने र श्रीमान् संग हात थाप्न नपर्ने, चाहिएको बेला खर्च गर्न पाउने पैसाको जोहो सरीता आफैले गर्नुहुन्थ्यो । सरिताले यसरी काम गरेको देखेपछि वरपरका दिदिबहिनीहरुलाई उर्जा प्रेरणा मिलेपछि उनिहरु पनि उहाँ सँगै काममा जान थालेको सरिताले बताउनुभयो ।

सरिताको परिवारमा एउटा छोरा, एउटी छोरी, सासु ससुरा र श्रीमान् हुनुहुन्छ । शुरुका दिनमा उहाँको घरपरिवारको अबस्था सारै कमजोर थियो तर आजभोली सरीताले सबै कुरालाई व्यवस्थित गर्दै लैजानु भएको छ । ८ कक्षा सम्म मात्र अध्ययन गरेकी सरिताले आफना छोरा, छोरीलाई राम्रो शिक्षा दिक्षा दिने उद्देश्यले गाउँकै विद्यालयमा भर्ना गरिदिनु भयो । छोरीले राम्रोसंग पढ्दै गइन् भने छोराले पढाईमा त्यति चासो दिएनन् । छोराले नपढेपछि घरपरिवार सबैलाई चिन्ताको विषय बन्यो । सरीताको श्रीमान् भने घरबाहिर रुकुममा नेपाल प्रहरी राष्ट्र सेवकको जागिरे हुनुहुन्छ । घरमा २ वटा दुहुना भैंसी र बाख्रा, बृद्ध सासु ससुराको रेखदेख सँगै घरको सम्पुर्ण जिम्मेवारी सरिताले नै बहन गर्दै आउनुभएको छ।

१ महिना सम्म चलेको तालिमले आफुलाई लेबर बाट मिस्त्री बन्न हौसाएको बताउदै आगामी दिनमा मिस्त्री बनेर आयआर्जन गर्न सकिन्छ भन्ने आत्मबिश्वास बढेको सरिताले बताउनुभयो, यसै परियोजना अन्र्तगत निर्माण हुने अन्य घरमा मिस्त्रीका रुपमा काम गर्न पाउदा सरितालाई काम गर्ने उर्जा, आत्मबिश्वास बढेको छ भने गाँउघर परिवारले पनि सरिताले सिकेको सिप, उनको मिहेनतलाई सम्मान गर्न थालेका छन् ।

१ महिने घर निर्माण सम्बन्धी भुकम्प प्रतिरोधात्मक सोहि तालिमबाट सरीता जस्तै अर्की प्रशिक्षार्थी रामपती चौधरी लाई पनि महिला मिस्त्रीको रुपमा स्थापित गर्न सफल बनाएको छ । त्यसो त राजपुर र गढवा गा.पा. मा संञ्चालन भएको उक्त तालिमबाट राजपुरमा १० जना र गढवामा १० जना गरि जम्मा २० जना यूवाहरुलाई यो प्रशिक्षण गरिएको थियो । सो तालिम पश्चात यूवाहरु आत्मनिर्भर हुने र रोजगारको अबसरबाट बन्चित हुन नपर्ने देखिन्छ । तालिमले गढवा र राजपुर गा.पा.मा मात्र नभई राष्ट्रका गहना धेरै यूवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने र आत्मनिर्भरताका लागि रोजगारको श्रृजना आफ्नै स्वदेशमा हुनसक्ने प्रष्ट देखिन्छ ।





