“कार्यविधि अभ्यास छलफल गोष्ठी”
फेब्रवरी २४, २०२५
ग्रामिण महिला उत्थान केन्द्र दाङ्ग र द एशिया फाउण्डेशन सँगको साझेदारीमा लुम्बिनी प्रदेशको १४ वटा स्थानीय तहमा सञ्चालन भईरहेको “सहकार्य सुशासन नमुना परियोजना” अन्र्तगत २ दिने पालिकाको विषयगत समितिको कार्यविधि अभ्यास छलफल गोष्ठी २०८१ माघ १६ र १७ गते (तदनुसार २९ र ३० जनवरी २०२५) का दिन घोराही उपमहानगरपालिका –१५, दाङ्ग स्थित होटेल भिङग्रली भिलेज रिसोर्टमा सम्पन्न भएको थियो ।

समितिका महिला संयोजक र सम्बन्धित समितिका सदस्य सचिव लाई विषयगत समितिको कार्यविधि,क्षेत्राधिकार,बैठक प्रक्रिया, वार्षिक कार्य योजना तथा समितिको भूमिका, जिम्मेवारी र समितिले भोग्नु परेका चुनौतिको बारेमा विश्लेषण गरी सम्बन्धित विषयमा जानकारी गराउने उद्धेश्यले २ दिने गोष्ठी आयोजना गरिएको थियो ।

ग्रामिण महिला उत्थान केन्द्र दाङ्गका अध्यक्ष श्री आसमानी चौधरी ज्यू ले कार्यक्रम को मुख्य उद्धेश्य प्रकाश पार्दै, महिला तथा विपन्न परिवारको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरणका साथै सुशासनको क्षेत्रमा समेत संस्थाले विगत ३० बर्ष देखि काम गर्दै आएको बताउदै अहिले संचालन भईरहेको यस परियोजनाले लुम्बिनी प्रदेशका १४ वटा स्थानिय तहका महिला जनप्रतिनिधि तथा विषयगत समिति को क्षमता अभिवृद्धि गरी समितिलाई अब्बल बनाउन र कामको प्रकृयालाई प्रणालीमा ल्याउनका लागि यस्तै प्रकृतिका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भनाई राख्नु भएको थियो ।

विषयगत समितिको कार्यविधि,कार्य सम्पादनको समिक्षा,असल अभ्यास र चुनौतिहरु,योजना तथा रणनीति तर्जुमा समितिको भूमिका तथा विषयगत समितिलाई अब्बल बनाउनका लागि के–कस्ता कार्य तथा विषयमा ध्यान दिनु पर्छ भन्ने विषयमा कार्यक्रमको अवधिभर सहजीकरण सहजकर्ता श्री ईरा श्रेष्ठ ले गर्नु भएको थियो ।

कार्यक्रममा समितिलाई अझ सक्रिय बनाउनका लागि जनसमुदाय संग नजिक भएर आवश्यक समस्याहरुको पहिचान गरी सोही अनुरुप योजना निर्माण गर्नुपर्ने साथै दुई दिन सम्मको छलफलले विषयगत समितिको सम्बन्धमा साझा बुझाईको विकास भएको र यस्तै किसिमका कार्यक्रमले विषयगत समितिको जिज्ञासा मेटाउन सहयोग गरी कार्यसम्पादनमा निखारपना आउने गरेको भनाई बगनासकाली गाँउपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक श्री गिता रेग्मी ले भनाई राख्नु भएको थियो ।

त्यसै गरी स्थानीय तहको विकासका लागि विषयगत समितिको योगदान महत्वपूर्ण हुने भएकोले समय समयमा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गरी पालिकागतरुपमा सिकाई,असल अभ्यास आदान प्रदान गर्ने यो अवसर प्रदान गर्नु भएकोमा सुनवल नगरपालिका सुशासन समितिका सदस्य सचिव श्री मोहनराज ज्ञवाली ले संस्थालाई धन्यवाद दिनु भएको थियो।
सो कार्यक्रममा वार्षिक कार्ययोजना तथा बजेट निमार्ण प्रक्रिया को बारेमा विस्तृत रुपमा छलफल भएको थियो, जुन यस प्रकार रहेको छ ।

१. तथ्याङकको अद्यावधिक
२. आयव्यय प्रक्षेपण
३. संघ/प्रदेश बाट बजेट तथा मार्ग दर्शन
४. आन्तरिक आय अनुमान, बजेट सिमा र मार्गदर्शन
५. वडा भेला/बस्तीस्तरको भेला (माग संकलन)
६. मागहरुको वर्गीकरण र प्राथमिकिकरण(न.पा./गा.पा.)
७. विषयगत खाका तयार
८. बजेट तथा कार्यक्रम तर्जुमा समिति
९. कार्यपालिका
१०. नगरसभा/गाँउसभा
११. कार्यान्वयन
वार्षिक कार्ययोजना तथा बजेट निमार्णमा विषयगत समितिको भूमिका समुहगत समितिको छलफल को प्रस्तुतिकरण बगनासकाली गाँउपालिकाको तर्फ बाट गिता रेग्मी र सुनवल नगरपालिकाको तर्फ बाट मोहन राज ज्ञवाली ले गर्नु भएको थियो । जुन यस प्रकार रहेको छ ।
बगनासकाली गाँउपालिकाको प्रस्तुतिकरणः
१. तथ्याङक अद्यावधिक गर्दा विषयगत समितिले पेश गरेका प्रस्तावका आधारमा बजेट र कार्यक्रमको खाका तयार हुनु पर्ने ।
२.बजेट शाखा/वडामा सिमा मार्गदर्शन पठाउनु अघि समितिलाई पूर्व जानकारी गराउनु पर्ने ।
३. क्षेत्रगत समितिको बजेट स्वीकृतिका लागि विषयगत समितिको सिफारिस बाध्यकारी हुनु पर्ने (भौतिक पूर्वाधारमा मात्र केन्द्रित रहेको) ।
सुनवल नगरपालिकाको प्रस्तुतिकरणः
१. तथ्याङक अद्यावधिक–बुझाई अभिवृद्धि र पहुँच
२. आयव्यय–
३. सिमा र मार्गदर्शन–विषयगत समितिलाई अनिवार्य सहभागिताका लागि कानुनी सुनिश्चितता ।
४. वडा/वस्तीस्तर भेला–
५. विषयगत समिति बैठक
६. बजेट/कार्यक्रम तर्जुमा समिति
७. कार्यपालिका
८. नगरसभा
९. कार्यान्वयन,अनुगमन/मुल्याङकन
सो कार्यक्रमको अन्त्यमा दुवै पालिकाको तर्फ बाट अल्पकालीन र दिर्घकालीन योजना तयार गरी कार्यान्वयन प्रक्रियाका लागि प्रतिवद्धता समेत गरेका थिए । जुन यस प्रकार रहेको छ।
अल्पकालीन कार्य योजनाः
१. विषयगत समितिले गाँउकार्यपालिकामा यो कार्यक्रमको बारेमा सुझाव सहितको प्रतिवेदन बुझाउने ।
२. विषयगत समितिको बैठक राखि समितिका पदाधिकारीहरुलाई समितिका काम, कर्तव्य र अधिकारका बारेमा छलफल तथा जानकारी दिने ।
३. विषयगत समितिले पूर्व–कार्यक्रमको कार्ययोजना अनुरुपको कार्यक्रम गर्ने ।
४. विषयगत समितिका पदाधिकारीहरु आफ्ना क्षेत्रगत विषयका बारेमा अध्ययनशिल हुने ।
दिर्घकालीन योजनाः
१. विषयगत समितिको बजेट चक्रमा अर्थपूर्ण सहभागिताका लागि नीतिगत व्यवस्था गर्न/गराउन गाँउपालिका महासंघ मार्फत समन्वय गर्ने ।
२. विषयगत समितिले क्षेत्रगत बजेटको सिफारिस पूर्व तयारी,छलफल गर्ने व्यवस्थालाई अनिवार्य गर्न LISA र FRA का Indicator मा तय गर्नका लागि सिफारिस गर्ने ।
३. विषयगत क्षेत्रका कार्यक्रम तथा योजना लिखित रुपमा समिति मार्फत/माग/सिफारिस गर्ने
४. बजेट निर्माण चक्रमा तोकिएका समय सिमामा रहि विषयगत समितिले कार्ययोजना तयार गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि कार्यपालिकालाई अनुरोध गर्ने ।
| क्रसं. | समस्याका विषय | समाधानका कार्य | जिम्मेवार पक्ष | अवधि(दिन÷महिना) | |
| १. अल्पकालीन | २. दिर्घकालीन | ||||
| १. | सहभागिता (तथ्याङक अद्यावधिक,माग विश्लेषण,आयव्यय प्रक्षेपण,समितिका संरचना) | – अभिमुखिकरण – आमन्त्रण – कार्यविधि – संशोधन | – ऐनमा व्यवस्था | – कार्यालय – कार्यपालिका | – १–६महिना |
| २. | क्षमता विकास(काम,कर्तव्य अधिकार, विषयगत ज्ञान) | –अभिमुखिकरण – विषय विज्ञ आमन्त्रण –रोस्टर तयार | – ऐनमा व्यवस्था | – कार्यालय –कार्यपालिका | –निरन्तर |
| ३. | योजना तर्जुमा कार्यान्वयन(वडा,गैर सरकारी संस्था,माग संकलन) | – विषयगत एकद्धार प्रणाली कार्यक्रम –कार्यान्वयन, निर्देशिका/कार्यविधि | – मार्गदर्शन तयार गर्ने | –कार्यालय –कार्यपालिका | – निरन्तर १–६ महिना |
| ४. | वहस पैरवी(कानुन संशोधनका विषयमा प्रदेश समन्वय परिषद,नगरपालिका महासंघ, अन्तर राजनीतिक दल) | – मुद्दा उत्थान | –प्रदेश समन्वय परिषद –नगरपालिका महासंघ – अन्तर राजनीतिक दल | –कार्यालय –कार्यपालिका | –निरन्तर |
कार्यक्रममा एशिया फाउण्डेशनका Senior Technical Advisor डा.शेरा तामाङ, ग्रामिण महिला उत्थान केन्द्र का अध्यक्ष श्री आसमानी चौधरी,सहजकर्ता श्री ईरा श्रेष्ठ र युवराज पौडेल लगायत को सहभागिता रहेको थियो ।





