दागं र बाँकेमा निःशुल्क सिकलसेल शिबिर सम्पन्न १ सय ५५ जना पोजेटिभ « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

दागं र बाँकेमा निःशुल्क सिकलसेल शिबिर सम्पन्न १ सय ५५ जना पोजेटिभ

Please follow & like us :)

12 Jan 2025

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, मेट लाईफ नेपालको सहयोग एंव आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि., लमही नगरपालिका र राप्ती सोनारी गा.पा. बाँके सँगकोे समन्वयमा क्रमशः मिति २०८१ साल पौष १५ र १६ गतेका दिन दागं र बाँके जिल्लामा निःशुल्क सिकलसेल एनिमिया चेकजाँच शिबिर सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता, लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता, उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष भेष बहादुर के.सी., मेट लाईफ नेपालका Assistant Vice President अरुण बस्नेतको बिशिष्ट आतिथ्यतामा लमही नगरपालिका वार्ड नम्बर ८ सतबरिया स्वास्थ्य चौकीमा शिबिर सम्पन्न भएको हो ।


सतबरिया स्वास्थ्य चौकीका प्रमुख ठाकुर भटराईको स्वागत मन्तब्य बाट शुरु भएको उद्धघाटन सत्र कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख जोगराज चौधरीले थारु समुदायमा देखिने यस सिकलसेल रोगलाई निराकरण गर्नका लागि अन्तरजातिय बिबाह र बिवाहकुण्डलीको प्रयोग गरेर मात्रै बिबाह गर्न आवश्यक रहेको भनाई राख्नुभएको थियो । दागं जिल्ला थारुहरुको उद्धग्मस्थल भएकाले यस क्षेत्रका थारु जातिमा सिकलसेल रोग देखिने हुदा यस्लाई न्युनिकरण गर्नका लागि पालिकाको तर्फ बाट पनि सक्दो सहयोग हुने धारणा राख्नुभएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी उपप्रमुख लक्ष्मी योगीले सिकलसेल रोग थारु जातिमा मात्रै नभई अन्य जातिलाई पनि शुन्य रुपमा देखिएको हुदा आजको शिबिरमा रोग चेकजाँचका लागि थारु समुदाय नै प्राथमिकतामा रहेको बिचार ब्यक्त गर्नुभएको थियो । दागं जिल्लाका अन्य भागमा यस रोगको चेकजाँच र उनिहरुका लागि सरकारले १ लाख सम्मको बिमा गरिदिएपनि यस्को पहँुचमा सबैजना पुग्न नसकेकोमा दुख ब्यक्त गर्दै लमही नगरपालिका सँग ग्रामीण महिला उत्थानले समन्वय गरेर शिबिरको आयोजना गरेकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै मेट लाईफ नेपालका Assistant Vice President अरुण बस्नेतले सामाजिक उत्तरदायित्तव कोष अन्र्तगतको थोरै रकम बाट स्वास्थ्यका क्षेत्रमा समुदायमा काम गर्नका लागि ग्रामीण महिला उत्थान केन्द्रले बाटो देखाएकोमा संस्थाका अध्यक्ष आसमानी चौधरीलाई धन्यबाद दिनुभएको थियो । लमही नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष भेष बहादुर के.सी.ले ग्रामीण महिला उत्थान केन्द्रले लमही नगरपालिका वार्ड नं. ७, ८ र ९ का थारु समुदायका नागरिकहरुका लागि सिकलसेल सम्बन्धी चेकजाँच शिबिर संञ्चालन गरिदिएकोमा धन्यबाद दिनुभएको थियो ।

मेट लाईफ नेपालका लुम्बीनी प्रदेश प्रमुख शसीधर पराजुलीले स्वास्थ्यका लागि ग्रामीण महिला उत्थान केन्द्र सँगको सहकार्य बाट समुदायमा ठुलो प्रभाव परेको देख्दा आफुहरुलाई काम गर्ने हौसला प्रेरणा उर्जा बढेको भन्दै सिकलसेल प्रभाबितहरुलाई संस्थाले त्यसै नछोड्ने भनाई राख्नुभएको थियो ।

कार्यक्रममा थारु कल्याणकारीणीका कानुनी सल्लाहाकार हल्लु प्रसाद चौधरीले थारु समुदायमा देखिएको यस रोगले थारुहरुको बंशज नै सखाप बनाउने हो कि भन्ने चिन्ता ब्यक्त गर्नुभएको थियो भने राजनितिक पार्टीहरुले समेत यस रोगको न्युनिकरण गर्नका लागि योजना बनाएपनि त्यसलाई कार्यन्वयन गर्न नसकेको गुनासो ब्यक्त गर्नुभएको थियो । सोहि दिनको शिबिर कार्यक्रममा लमही नगरपािलका वार्ड नम्बर ७, ८ र ९ नम्बर वडाका ५सय ७४ जनाले सेवा लिएका थिए, सो स्क्रिीनिगं चेकजाँच बाट ७८ जना पोजेटिभ देखिएका थिए ।


यसैबिच बाँके जिल्लाको राप्ती सोनारी गा.पा. वार्ड नम्बर ७ फत्तेपुर स्वास्थ्य चौकीमा पौष १६ गतेका दिन निःशुल्क सिकलसेल एनिमिया चेकँजाच शिबिर सम्पन्न भएको छ ।


ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता, राप्ती सोनारी गा.पा.का उपाध्यक्ष मनिषा सिंह थारुको प्रमुख आतिथ्यता, ७ नम्बर वडा सदस्य जित बहादुर थारु र मेट लाईफ नेपालका Assistant Vice President अरुण बस्नेतको बिशिष्ट आतिथ्यतामा शिबिर सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै राप्ती सोनारी गा.पा. उपाध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि मनिषा सिंह थारुले ग्रामीण महिला उत्थान केन्द्रले समुदायमा महिलाहरुको सशक्तिकरणका साथै आयआर्जनका क्षेत्रमा धेरै काम गरेको बताउदै उपस्थीत सम्पुर्ण महिलाहरुलाई सानो सिप बाट पनि आयआर्जनमा जोडिनका लागि अनुरोध गर्नुभएको थियो ।

ग्राामीण महिला उत्थान केन्द्रले लघुबित्त कार्यक्रम मार्फत महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि कार्य गरेकोमा संस्थाको प्रशंसा गर्नुभएको थियो । संस्थाले आफनो कार्यक्षेत्र अनुसार यस क्षेत्रमा रहेका पछाडी पारिएको थारु समुदायमा देखिने सिकलसेल एनिमिया चेकँजाच शिबिरका लागि निःशुल्क शिबिर ल्याएर अभियानको रुपमा काम गरेकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो भने आगामी दिनमा संस्था सँग जोडिएर पालिकाले समेत काम गर्न चाहेको भनाई राख्नुभएको थियो ।
मेट लाईफ नेपालका Assistant Vice President अरुण बस्नेतले ग्रामीण महिला उत्थान केन्द्रले गर्दा नै थारु समुदायमा देखिने यो रोग सँग आफुहरु परिचित भएको बताउदै सिकलसेल प्रभाबितहरुलाई त्यसै नछाड्ने र मेट लाईफमा रहेको सामाजिक उत्तरदायित्व कोष बाट यो कार्यक्रम संञ्चालन गरिएको भनि आफनो भनाई राख्नुभएको थियो । कार्यक्रममा बोल्दै मेट लाईफ नेपालका लुम्बीनी प्रदेश प्रमुख शसीधर पराजुलीले यो पुण्यको काममा आफुहरु पनि जोडिन पाएकोमा खुसी सहित संस्थालाई धन्यबाद दिनुभएको थियो ।


कार्यक्रमममा संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस संस्थाले ३० बर्ष देखि कृषि, बाताबरण, शुसासन, स्वास्थ्य जिबिकोपार्जन लगायतको क्षेत्रमा समुदाय केन्द्रित रहेर काम गर्दै आएको बताउनुभएको थियो ।

कार्यक्रमलाई सफलता पुर्बक सम्पन्न गर्नका लागि खटिनुभएका प्राबिधिक टिम, स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्य स्वयमसेबिका, बुद्धिजिबि, टोल बिकास अध्यक्ष, पत्रकार लगायत सबैलाई धन्यबाद दिनुभएको थियो।
राप्ती सोनारी गा.पा. वार्ड नम्बर ७ फत्तेपुरमा सम्पन्न भएको शिबिर बाट ६ सय २१ जनाले सेवा लिएका थिए भने पोजेटिभ ७७ जना देखिएको ल्याब टेक्नीसियन रमेश चौधरीले जानकारी दिनुभएको थियो । सो निःशुल्क सिकलसेल शिबिरको उद्धघाटन सत्र कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394