सरोकारवाला निकाय सँग संयुक्त अनुगमन « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

सरोकारवाला निकाय सँग संयुक्त अनुगमन

Please follow & like us :)

Jan 6, 2025

मिति २०८१ साल पौष १२ गतेका दिन “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना” (SWFH) द्धारा निर्माण भएका घरको गृह प्रबेश, हस्तान्तरण तथा परियोजनाको अनुगमन र अबलोकन कार्यक्रम सम्पन्न भएको छ ।


जिल्ला समन्वय समितिका प्रमुख, नित्यानन्द शर्मा, गढवा गा.पा.का अध्यक्ष र सरोकारवाला निकाय सहित गढवा गा.पा. वार्ड नम्बर ३ खैरामा निर्माण भएको सरिता चौधरीको घरको गृह प्रबेश तथा घर हस्तान्तरण गरेको थियो । यसैगरी गढवा गा.पा. ५ बाँकीमा निर्माण भएको दिशु चौधरीको घरको गृह प्रबेश तथा हस्तान्तरण गरेको थियो भने अन्य २ घरहरु गढवा गा.पा. ५ लालपुरमा निर्माण भएको श्यामकुमारी चौधरी र वार्ड नंम्बर ६ आँटीपाकरमा निर्माण भएको मायादेबी चौधरीको घरको अबलोकन तथा अनुगमन गरेको थियो ।


गृह प्रबेश तथा घर हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले समुदायमा पुण्यको काम गरेको भन्दै ग्रामीण महिला उत्थान केन्द्र लाई धन्यबाद दिनुभएको थियो । घरबारबिहिन, बेसहारा, एकल महिलाहरुका लागि संस्थाले ल्याएको प्रस्तावमा पालिकाले पनि अपनत्व महशुस गर्दै साझेदारीमा काम गर्नुले यस्को अतुलनिय प्रभाव देखिएको पनि बताउनुभयो ।

६ लाख ७८ हजारमा निर्माण भएको २ कोठाको भुकम्प प्रतिरोधात्मक घर साथमा चर्पी निर्माण गरिदिएपछि एकल महिला तथा बालबालिकाहरुलाई सुरक्षीत साथ जिबन बिताउन सहज हुने भन्दै ति महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि संस्था र पालिकालाई फेरिपनि भुमिका निर्वाह गर्नका लागि अनुरोध गर्नुभएको थियो । संस्थाले महिलाहरुको आत्मनिर्भरता र शसक्तीकरणका क्षेत्रमा काम गर्दै आएको बताउदै आगामी दिनमा पनि अझ धेरै महिलाहरुको आँशु पुछनका लागि सहारा बन्न र घरबारबिहिनलाई घर निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।


प्रमुख प्रशासकिय अधिकृत कृष्ण पौड्ेलले एकल महिला, १६ बर्ष मुनिका बालबालिका, बिपन्न, अल्पसंख्यक समुदायका महिलाहरुका लागि संस्थाले संञ्चालन गरेको यस परियोजनाले पुयण्को काम गरेकोमा धन्यवाद दिनुभएको थियो । कार्यक्रममा बोल्दै गढवा गा.पा. अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संस्थाले संञ्चालन गरेको परियोजना समग्र पालिकालाई नै मन परेको बताउदै यो परियोजना गढवा गा.पा.मा नै संञ्चालन गरेकोमा ग्रामीण महिला उत्थान केन्द्र र NIVAS संस्थालाई धन्यबाद दिनुभएको थियो ।

परियोजना बाट निक्कै प्रभावित भएकै कारण आफुहरुले आगामी बर्षको निति तथा कार्यक्रममा परियोजना संञ्चालनका लागि कम्तीमा २० वटा सम्म घर बनाउन सक्ने गरी बजेट बिनियोजन गर्ने पनि भनाई राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै ३ नम्बर वडाका अध्यक्ष तुल्सीराम अधिकारीले SWFH परियोजना अनुसार सरिता चौधरीको घर निर्माणका लागि छनौटमा परेको बताउदै बास्तबिक आवश्यक्ता कस्लाई छ भन्ने कुरालाई नै आधार मानेर, गाँउ, टोल समिति, वडा हुदै पालिकामा घर निर्माणका लागि सिफारिस गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष लेखराज थापाले घर निर्माणका लागि परियोजनाको आफनै मापदण्ड भएकोले पनि समुदालयले मेरो घर किन बनेन भनेर कसैले गुनासो नगरेको बताउदै टोल समिति, गाँउले सबैले जस्लाई घरको अत्ति आवश्यक्ता छ उसैलाई सिफारिस गरेकोमा काम गर्न सहज भएको भनाई राख्नु भएको थियो । परियोजनाकै कारण महिलाहरुले घर मात्रै पाएका छैनन् महिलाहरुको सम्पती माथि पनि पहँुच बढेको साथै आफनो क्षेत्रका ति महिलाहरुलाई आयआर्जन र बालबालिकाको शिक्षामा वडा बाट सक्दो सहयोग गर्ने भनाई राख्नुुभएको थियो ।


कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस संस्थाले समुदायलाई आत्मनिर्भर र सशक्तीकरण गराउने हेतुले कामहरु गर्दै आएको भनाई राख्नुभएको थियो । गढवा गाँउपालिकामा संञ्चालन भएको SWFH परियोजना बाट पालिका क्षेत्रमा रहेका बिपन्न, सिमान्तकृत समुदायका एकल महिला, १६ बर्ष मुनिका बालबालिकाहरुको सुरक्षित आवासका लागि परियोजनाको लागतमा २ वटा नमुना घर र २ वटा परियोजना, पालिका र स्वयम घरधनीको लागत साझेदारीमा घर निर्माण भएको जानकारी दिनुभएको थियो ।

यसैगरी परियोजनाद्धारा संञ्चालन भएको यस कार्यक्रमलाई पालिकाले पनि सहजताका साथ लिई साझेदारी गरेकोमा अध्यक्ष चौधरीले धन्यबाद दिदै घर निर्माण भएका महिलाहरुलाई आयआर्जनका क्रियाक्लापमा सहभागी गराउने भनाई समेत राख्नुभएको थियो।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394