“निशुल्क सिकलसेल एनीमिया चेकजाँच शिबिर” लमही नगरपालिका वार्ड नम्बर ८ मा रहेंको स्वास्थ्य चौकीमा संचालन गर्ने निर्णय
२०८१ पौष ९ गते,

ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा दांग र बांके जिल्लामा संचालन हुने “निशुल्क सिकलसेल एनीमिया चेकजाँच शिबिर” का लागि आज लमही नगरपालिकाका सरोकारवालाहरू संगको समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगी को प्रमुख आतिथ्यता र स्वास्थ्य शाखाका प्रमुख लगायत सम्बंधित सरोकारवालाहरू संगको बृहत छलफल पश्चात उक्त समन्वात्यामक बैठकले यही पौष १५ गतेका दिन लमही नगरपालिका वार्ड नम्बर ८ मा रहेंको स्वास्थ्य चौकीमा शिबिर संचालन गर्ने निर्णय गरेको छ।







