NIVAS संस्थाका पदाधिकारीहरुलाई लाई स्वागत गर्दै
11 Dec, 2024
ग्रामीण महिला उत्थान केन्द्र दाङ र अमेरिका स्थिीत NIVAS संस्थाको साझेदारीमा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना (SWFH) को अनुगमन तथा अबलोकनका लागि नेपाल आउनुभएका NIVAS संस्थाका संञ्चालक समितिका पदाधिकारी, कार्यकारी निर्देशक, ईम्पयाक्ट एण्ड ईनोभेसन डाईरेक्टर सहितको टिमलाई ग्रामीण महिला उत्थान केन्द्रले मिति २०८१ साल मंसीर २० गतेका दिन आफनो कार्यालयमा स्वागत गरेको छ।


संस्थाका अध्यक्ष आसमानी चौधरी सहितको टिमले आगन्तुक NIVAS संस्थाका सम्पुर्ण पदाधिकारीहरुलाई फुलमाला, नेपाली ढाका टोपी, खास्टो (बर्की) ओढाएर स्वागत एंव सम्मान गरेको हो। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले नेपालीहरुको उत्थान र सहयोगका लािग बिदेश बाट नेपाल आएर दुरदराजका एकल, अपागं र १६ बर्षमुनिका बालबालिकाहरुको लागि बस्ने घर बनाईदिएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि संस्थाले साझेदारीका साथ यो काम गर्न उत्साहित भएको बताउनुभएको थियो । सो स्वागत कार्यक्रममा समितिका उपाध्यक्ष कमला चौधरी, कोषाध्यक्ष मिरा चौधरी र सदस्य माधवा पोख्रेल, सल्लाहाकार सोगतबीर चौधरी, रजनी श्रेष्ठ लगायतको टिमको सहभागिता रहेको थियो ।










