पालिकाको बिषयगत समितिको कार्यबिधि अभ्यास छलफल गोष्ठी कार्यक्रम
22 November, 2024
ग्रामीण महिला उत्थान केन्द्र दागंं र द एशिया फाउण्डेसन सँगको साझेदारीमा लुम्बिनी प्रदेशमा संञ्चालन भईरहेको CGP- Women Political Leadership Development Pilot Project. अन्र्तगत तिलोत्तमा नगरपालिका १ रुपन्देहीमा, मिति २०८१ मंसीर ५ र ६ गतेका दिन “पालिकाको बिषयगत समितिको कार्यबिधि अभ्यास छलफल गोष्ठी कार्यक्रम सम्पन्न भएको छ” ।

सुनवल नगरपालिका र बग्नासकाली गाँउपालिका पाल्पामा गठित महिलाहरुको संयोजकत्वमा संचालीत बिषयगत समितिले गर्दै आईरहेको अभ्यास, त्यसको प्रभावकारिता, भोगेको चुनौती र समस्याहरुको पहिचान गरी सो समस्या समाधानका उपायहरु पत्ता लगाउने उद्धेष्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

२ दिनसम्म संञ्चालन भएको उक्त कार्यक्रममा बिषयगत समितिहरुको कार्यबिधि, असल अभ्यास, चुनौती र समस्याका बिषयमा समुह बिभाजन गरी सुक्ष्म तरिकाले अध्ययन तथा बिश्लेषण गरिएको थियो साथै सो समस्या समाधानका लागि आवश्यक क्रियाक्लाप, समस्या समाधानका लागि सम्भाब्यता र आगामी योजना, बिषयगत समितिमा देखिएका समस्या समाधानका लागि आवश्यक कार्ययोजना समेत निर्माण गरिएको छ ।

सुनवल नगरपालिकाका मेयर बिमला अर्याल र बग्नासकाली गाँउपालिकाका अध्यक्ष सरस्वती चिढी मगर सहित त्यस पालिकामा महिलाहरुको संयोजकत्वमा संञ्चालीत बिषयगत समितिका गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो । डाक्टर अमिना सिहं र ईरा श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका सदस्य माधवा पोख्रेलले स्वागत गर्नुभएको थियो भने संस्थागत प्रश्तुतीकरण भिमकान्त चौधरीले गर्नुभएको यसैगरी कार्यक्रम संञ्चालन संयोजक रचना टण्डनले गर्नुभएको थियो ।






