गढवा र राजपुर गाँउपालिकामा घर को शिल्यान्यास « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

गढवा र राजपुर गाँउपालिकामा घर को शिल्यान्यास

Please follow & like us :)

21 November, 2024

ग्रामीण महिला उत्थान केन्द्र दाङ, निवास संस्था र गाँउपालिका सँगको साझेदारीमा दाङ जिल्लाको राजपुर र गढवा गाँउपालिकामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षीत आवाश मार्फत सुदृढीकरण परियोजना (SWFH) अन्तर्गत घर निर्माणको लागि शिल्यान्यास गरिएको छ ।


गढवा गाँउपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल, वार्ड नम्बर ३ का अध्यक्ष तुल्सीराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्ेल, ईन्जीनियर शेषमणी पौड्ेल, वार्ड सदस्य बिमल चौधरी सहितको उपस्थीतिमा गढवा गाँउपालिका वार्ड नम्बर ३ खैरा स्थिीत सरिता चौधरीको घरको शिल्यान्यास गरिएको हो । यसैगरी गढवा गाँउपालिका वार्ड नम्बर ५ निवासी दिशु चौधरीको घर निर्माणका लागि वार्ड अध्यक्ष लेख बहादुर थापाले शिल्यान्यास गर्नुभएको छ ।


यसैबिच राजपुर गाँउपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती देबी यादब, वार्ड अध्यक्ष तथा टोलका अध्यक्ष र समाजसेवीहरुको उपस्थीतिमा राजपुर गाँउपालिका वार्ड नम्बर ७ सिक्टा स्थिीत देवा वली र राजपुर गाँउपालिका वार्ड नम्बर १ कठबेरुवा स्थिीत जानकी चौधरीको घरको शिल्यान्यास गरिएको छ ।


परियोजनाको मापदण्डलाई मध्यनजर गर्दै वडाहरुले आफै घर छनौट गरी बिपन्न एकल महिला, १६ बर्ष मुनिका बालबालिकाहरुका लागि संस्था सँगको साझेदारी मार्फत घर निर्माण कार्यको थालनी गरेकोमा सर्वप्रथम घरधनीलाई बधाई दिदै आगामी दिनमा पालिका बाट पनि घर निर्माण सम्बन्धी योजना बनाउन सकिने गढवा गाँउपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रोलले बताउनुभएको थियो ।


यसैगरी शिल्यान्यास कार्यक्रममा बोल्दै राजपुर गाँउपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले ग्रामीण महिला उत्थान केन्द्रले घरबारबिहिन, बिपन्न गरिब, सिमान्तकृत, एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि घर बनाउने परियोजना ल्याएकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो । आर्थिक बर्ष २०८१ / ०८२ को निति तथा कार्यक्रममा राजपुर गाँउपालिकाले घरबारबिहिनहरुको घर निर्माणका लागि केहि बजेट बिनियोजन गरेकोमा त्यसै बजेट बाट अहिले २ जनाको घर निर्माणका लागि साझेदारीको भुमिका निर्वाह गरिरहेको अध्यक्ष बुढाथोकीले बताउनुभएको थियो ।


संस्थाका अध्यक्ष आसमानी चौधरीले निवास संस्था संगको साझेदारीमा दाङ जिल्लाको राजपुर र गढवा गाँउपालिकामा सञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षीत आवाश मार्फत सुदृढीकरण परियोजना अन्र्तगत पहिलो चरणमा राजपुर गा.पा मा ४ वटा र गढवा गा.पा. मा ४ वटा गरी जम्मा ८ वटा घर निर्माण भईरहेको जानकारी दिनुभयो । बिपन्न, सिमान्तकृत, एकल महिला, १६ बर्ष मुनिका बालबालिकाहरु जस्को बस्ने बाँस छैन् उहाँहरुको सुरक्षाका लागि घर निर्माण गरिएको बताउदै राजपुर गा.पा. वार्ड नं. २ बेला निबासी निर्मला खत्री, वार्ड नम्बर ५ चंगुवा स्थिीत कलावती यादब, वार्ड नं. ७ सिक्टा स्थिीत देवा वली र वार्ड नं. १ कठबेरुवा स्थिीत जानकी चौधरीको भुकम्प प्रतिरोधात्मक घर निर्माण भईरहेको अध्यक्ष चौधरीले बताउनुभयो ।


यसैगरी गढवा गाँउपालिका वार्ड नम्बर ६ आँटीपाकर स्थिीत मायादेबी चौधरी, वार्ड नम्बर ५ स्थिीत श्यामकुमारी चौधरी, दिशु चौधरी र वार्ड नम्बर ३ खैरा स्थिीत सरिता चौधरीको घर निर्माण भईरहको अध्यक्ष चौधरीले बताउनुभयो ।


आत्मनिर्भर र शसक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस ग्रामीण महिला उत्थान केन्द्र्रले बिभिन्न परियोजना मार्फत समुदायमा रहेका महिलाहरुलाई शसक्तीकरणका लागि काम गर्दै आएकोमा हाल यस परियोजना मार्फत निर्माण हुने घरका महिलाहरुलाई समेत आय–आर्जनका कार्यक्रमहरुमा जोड्ने अध्यक्ष चौधरीको भनाई थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026426