संयुक्त सिकाई कार्यक्रम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

संयुक्त सिकाई कार्यक्रम

Please follow & like us :)

ग्रामिण महिला उत्थान केन्द्र र द एशिया फाउण्डेशनको साझेदारीमा सञ्चालित सहकार्य शुसासन नमुना परियोजना CGP/Women Political Leadership Development Pilot Project अन्तरगत संयुक्त सिकाई कार्यक्रम मिति २०८१ कार्तिक ०९ गते तदनुसार २५ अक्टोबर २०२४ का दिन बर्दिया जिल्लाको बबई रिसोर्टमा सम्पन्न भएको छ ।


लुम्बिनी प्रदेशको १२ वटा स्थानिय तहमा संचालन भईरहेको सहकार्य शुसासन नमुना परियोजना मार्फत कार्यक्रम सञ्चालन भई रहेको नगरपालिका तथा गाँउपालिका को अनुगमन समितिको कार्यविधि, प्रकृया, असल अभ्यासहरुको आदान प्रदान गर्नुका साथै परियोजना सहनिमार्ण कार्यशाला बाट आएका मुख्य समस्याको कारणहरु पत्ता लगाई अनुगमन समितिका संयोजकहरुको सहयोगी तथा विभाजनकर्ता का बारेमा जानकारी हासिल गरी सो अनुरुप आगामी योजना बनाउनु रहेको थियो ।


कार्यक्रमको उदेश्य, महत्वमाथि प्रकाश पार्दै ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले उपस्थीत सम्पुर्ण सहभागीहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सहजकर्ता सिता बोहराले गर्नु भएको थियो । स्थानिय तहका उपाध्यक्ष / उपप्रमुखहरुलाई लक्षित गरी सञ्चालन गरिएकोृ संयुक्त सिकाई कार्यक्रममा १९ जना महिला र १४ जना पुरुष गरी कुल ३३ जनाको सहभागिता रहेको थियो ।


कार्यक्रममा उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा सञ्चालित अनुगमन समितिको दुई मुख्य समस्या , अनुगमन प्रतिवेदन मूल्याङकनका मापडण्द, आधारहरु, प्रतिवेदन मूल्याङकनमा आएका समस्याहरु, योजनाहरु, अनुगमन समितिका संयोजकका सहयोगीहरु तथा विभाजनकर्ताहरु र उपप्रमुख / उपाध्यक्षहरुलृे आफनो तर्फ बाट गर्न सक्ने क्रियाकलाप आदिका बारेमा छलफल गरिएको थियो । छलफल बाट मुख्य समस्याहरुमा प्राविधिक भाषा नबुझनु (एस्टिमेट अङग्रेजी भाषामा हुनाले एस्टिमेट बुझन असहज हुनु ), अनुगमन प्रतिवेदनको ढाँचा ( अनुगमन प्रतिवेदन मुल्याङनका मापदण्डहरुका बारेमा जानकारी नहुनुु ) लगायतको बिषयमा गहिराईमा छलफल गरी आगामी दिनमा के काम गर्ने भन्ने बिषयमा समेत योजना बनाई त्यस बिषयमा पनि छलफल भएको थियो ।


कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, द एशिया फाउण्डेसन बाट सहकार्य शुसासन नमुना परियोजनाका प्रमुख सुम्मीना कार्की, द एशिया फाउण्डेसनका एस.एस.बि. ढुङगेल र महेन्द्र घिमिरे को महत्वपुर्ण भुमिका रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022939