‘तरकारीले बेच्न लाज मान्ने राधिका हाट बजारमा तरकारी बेच्दै’ « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

‘तरकारीले बेच्न लाज मान्ने राधिका हाट बजारमा तरकारी बेच्दै’

Please follow & like us :)

16 Sept, 2024

दाङ्ग जिल्लाको विकट गाँउपालिका भनेर चिनिने राजपुर गा.पा. भौगलिक हिसाबले अरु जिल्ला भन्दा बिकट मानिन्छ । बिकट मानिने यस पालिकामा धेरै नाकाहरु जोडिएका छन् । बिस्तारै बिकासको बाटोमा लम्किरहेको यस पालिकाको वडा नं. ५ सालभौरी गाँउ क्षेत्रफलको हिसाबले सानो छ । सालभौरी गाँउको बाटो समथर सुविधा भए पनि खानेपानीको समस्या सालभौरीका बासिन्दाहरुले झेल्दै आएका छन् । सालभौैरीमा बसोबासको हिसाबले चौधरी समुदायको बस्ती बढी छ । यसै समुदायको स्थानिय बासिन्दा हुन् राधिका चौधरी, दुई वटा छोरा, श्रीमान र आफु सहित घरमा ४ जनाको परिवार रहेको राधिकाका श्रीमान घर बनाउने मित्री काम गर्नुुहुन्छ । श्रीमान्को कमाई ले नै छोराछोरीको पढाई लेखाई खर्च धौ धौ चलेको छ । श्रीमान्को कमाई मा आश्रीत रहेकी राधिका भने घरको चुलोचौको गर्ने छोराहरुको स्याहार सुसारमा र दिउसो खेतबारीमा काम गर्ने गर्थिन । यसै क्रममा राजपुर गा.पा. हेफर प्रोजेक्ट नेपाल र ग्रामिण महिला उत्थान केन्द्रको साझेदारीमा संचालित भिटा परियोजना द्धारा यस सालभौरी उज्यालो स्वावलम्वी समुह गठन भयो , त्यसमा राधिका चौधरी सदस्य बन्नु भयो त्यस समुहमा हेफर आधारशिला तालिम भयो त्यस पश्चात उहाँमा नयाँ हौसला थपियो भिटा परियोजना बाट टनेल प्राप्त गर्नु भयो । त्यस टनेलमा टमाटर खेती सुरु गर्नु भयो ।

८ धुरको जग्गामा टनेल भित्र टमाटर ३ क्वीन्टल पmलाउनु भयो । सुरुसुरमा जब टमाटर फल लग्न् सुरु भयो अनि उहाँलाई एकदमै पिर लाग्न थाल्यो किनकी फलेका टमाटर सबै घरमा खान सकिदैन् अनि छिटुवामा टमाटर बोकेर बेच्न अत्यन्त लाज लाग्छ । टमाटर बारीमा लटरम्म फलेकै छ, सुरुसुरुमा त वरपर छिमेकीलाई बाड्यिो तर जब धेरै नै टमाटर पाक्न थाल्यो अनि उहाँले आफूले टनेल बनाउँदा देखीको मिहेनत, पैसा समय सबै कुराको गहिरियर याद गर्नुभयो र सोच्नु भयो, उमेर छ, काम गर्ने जोश जाँगर छ अनि यो उमेरमा नकमाएको पैसा कहिले कमाउने ? आफुले कमाएपछि घर ब्यवहार चलाउन पनि केहि सहयोग हुन्छ कि भन्ने लाग्न थाल्यो परिणाम अर्को दिन भोलिपल्ट देखि नै साथीहरु सँग छिटवा भरि टमाटर बोकेर बिक्री गर्न साथीहरु सँग गाउँगाउँ हिड्न थाल्नु भयो। बिहानको १/२ घण्टाको समयमा नै ८ सय देखि १ हजार रुपैया सम्म हातमा आउन थाल्यो, त्यस पछि टमाटर बेचेर नै छोराहरुलाई कापी, कलम, घर खर्चका लागि आवश्यक सामाग्री आफैले किन्न थाल्नुभयो ।

समुहमा बसेर लहलहैमा गरिएको ८ धुर जग्गामा उत्पादन भएको टमाटर बाट उहाँले झण्डै १० हजार रुपैया आम्दानी गर्नुभयो । अहिले उहाँलाई राजपुर गाँउपालिकामा प्रत्येक हप्ताको शुक्रबार लाग्ने हाटबजारमा टमाटर तरकारी लगेर बेच्न लाज लाग्दैन् । टमाटर खेती गर्नलाई उहाँको श्रीमानको पनि ठूलो सहयोग छ । उहाँले फेरी पनि टनेलमा टमाटर खेती गर्दै हुनुहुन्छ । आज भोलि राधिका भिटा परियोजना बाट पाएको टनेल मल्चिङ प्लाष्टिकको सहयोगले कृषि पेशा गर्नलाई निक्कै सहज र कृषि सिकाईले एक सफल कृषक बन्न सक्छु भन्ने अपेक्षा रहेको बताउनुभयो । अवका दिनमा जग्गा थप गरेर कृषि खेतिलाई बढाउने योजना रहेको बताउने राधिकाले बाह्रै महिना सिँचाईको सुबिधा र परियोजनाले नै उत्पादन भएको तरकारी घरै बाट बिक्री गर्ने बातावरण मिलाइएदिए आफुले ढुक्कले ब्यावसायिक तरिकाले तरकारी खेति गर्ने बताउनुभयो ।

गिरिराज भट्ट

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022799