“ मिहनेती दिलकुमारी आत्मनिर्भर हुदै ” « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

“ मिहनेती दिलकुमारी आत्मनिर्भर हुदै ”

Please follow & like us :)

9 August, 2024

थारु समुदायको बाहुल्यता रहेको राजपुर गाँउपालिका वडा नं. २ गहिरा गाँउ को स्थानिय बासिन्दा हुन दिल कुमारी चौधरी । गृहणी पेशामा रमाईरहेकी दिल कुमारी लाई अहिले उनको मेहनतले उद्यमी बन्न सिकाइरहेको छ । धेरै पढेर सरकारी जागिर गर्ने उनको ठुलो सपना थियो तर पारिवारिक स्थिीतीले उनलाई ६ कक्षा पढेरै स्टप लगाईदियो, तत्पश्चत उनि अगाडी पढ्न सकनिन् ।

छोरीलाई पढाउनुभन्दा हुर्केको छोरी भनेर घरपरिवारले उनको बिबाह गरिदिन ठिक मान्यो र सोहि गाँउमा बस्ने लौटन चौधरी संग १९ बर्षको उमेरमा उनको बिबाह भयो । बिवाह भएको केहि बर्षमा उनका २ सन्तान भए, १ छोरी र १ छोरा । घरको काम धन्दा र छोराछोरी हुर्काउँदै गर्दा उनले देखेका सबै सपनाहरु अस्ताउँदै गए । तरपनि दिलकुमारीलाई आफु आत्मनिर्भर हुनैपर्छ भन्ने मनमा थियो, अनि उनले राजपुर गाँउपालिका ले दिएको सिलाई कटाई तालिम लिईन र दुई जना को साझेदारीमा टेलरिङ सेन्टर पनि खोलिन, घरायसी कामको ब्यस्तता, साना केटाकेटी पसलमा समय दिन नसके पछि सिलाई कटाई बाट आत्मनिर्भर हुने उनको त्यो सपना फेरी अधुरो नै रह्यो । उनको छोराछोरी सहित (४) चार जनाको परिवार छ । पैसा कमाउनका लागि उनका श्रीमान प्राय घर बाहिर नै हुने भएकाले घर परिवार खेतीपाती को जिम्मेवारी उनकै काँधमा छ ।
राजपुर गाँउपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामिण महिला उत्थान केन्द्र घोराही दाङ्ग को त्रिपक्षिय साझेदारीमा संचालित भिटा परियोजना मार्फत गहिरा गाँउमा २५ जना सदस्यहरुको प्रगती उद्यमी महिला समुह गठन भएको छ । उक्त समुह मा उनी पनि आबद्ध भईन र कोषाध्यक्ष को जिम्मेवारी सम्हालेकी छिन् ।

दिलकुमारीको जिवनमा घरको जिम्मेवारी सँगै २५ जना समुहका सदस्यको जिम्मेवारी पनि थपियो । समुहमा आबद्ध हुनासाथ उनले आधारशिला तालिम संगै अरु पनि तालिमहरु लिईन् । समय सँगै जिम्मेवारीले थलिएकी दिलकुमारीलाई तालिमहरु पाएपछि पुनः आफु अनि समुहका दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने रहर, जोश अनि उत्साह थपिएर आयो मानौ उनको जिवनमा अस्ताएको सपनाले पुनः नयाँ जिवन पायो । समुहमा आबद्ध भई तालिम पछि उनीमा केहि गर्छु भन्ने आत्मविश्वास जागेर आयो । उनको अनुभव अनुसार भिटा परियोजना बाट उनले बेमौसमी तरकारी उत्पादनका लागि प्लाष्टिक टनेल संगै तरकारी उत्पादनका सामाग्री उपहार पाईन् । घरमा खानका लागि तरकारी पहिले देखि नै उत्पादन गरेता पनि प्लाष्टिक टनेल भित्र तरकारी लगाउन, उत्पादन गर्ने उनको लागि पहिलो पटक र नयाँ अनुभव थियो । नयाँ प्रविधि बाट तरकारी फलाउन उनको लागि एक चुनौती थियो । तर उनको कडा मेहनत र परिश्रमले उनी एउटा टनेलबाट अर्गानिक टमाटर ३५० के.जी. विक्रि गरी रु. २५ हजार आम्दानी गर्न सफल भईन् । उनी बताउछिन् “म पहिले परम्परागत रुपमा तरकारी लगाउने गर्थे जस्ले गर्दा तरकारी धेरै नफल्ने, रोग किराहरु धेरै लागेर रासायनिक विषादी धेरै प्रयोग गर्ने गर्थे । तर अहिले म अर्गानिक रुपमा तरकारीहरु उत्पादन गर्दै छु । मैले टमाटर मात्र नभएर काउली, खुर्सानी, तोरी, रायोको साग र केराउ पनि उत्पादन गर्दै आएको छु । शुरुका दिनमा घरमा खानलाई मात्र उत्पादन गर्थे, अलिकति बढी भए छरछिमेकमा बाडेर सकिन्थ्यो तर अहिले बिस्तारै ब्यावसायिक बन्दैछु, उत्पादन भएको तरकारी बिक्री गरेर आम्दानी लिने गरेकी छु ।

घरकै काम जिम्मेवारी सँगै नयाँ प्रबिधि सँग जोडिएपछि उत्पादन बढ्न थाल्यो अनि तरकारी बिक्री गर्न सिकियो, शुरुमा त तरकारी बेच्न जाँदा धेरै लाज लागको थियो तर अहिले लाज लाग्दैन, मैले गरेको श्रमले पनि मुल्य पाउन थालेको छ, अहिले डेढ कठ्ठा जग्गामा मात्र तरकारी उत्पादन गर्दै आएकोमा आगामी योजना ५ कठ्ठा जग्गामा तरकारी खेति गर्ने दिलकुमारीले बताइन् । हामीले गर्दै आएको कामलाई पनि घरमै आएर नयाँ प्रबिधिमैत्री तरिकाले सिकाएर आत्मनिर्भर बन्न सहयोग गर्ने र बाटो देखाउने यस परियोजना मा आबद्ध हुन पाउँदा आफु खुसी भएको भन्दै दिलकुमारीले परियोजनालाई धन्यवाद दिईन् । यो कामले श्रीमान पनि धेरै खुसी भएर सहयोग गर्दै आएको दिलकुमारीको भनाई थियो ।

दिब्या चौधरी, सामुदायिक सहजकर्ता

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394