गढवा भिटा परियोजनाको आ.व.२०८१/ ०८२ को बार्षिक योजना तथा बजेट स्विकृत « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

गढवा भिटा परियोजनाको आ.व.२०८१/ ०८२ को बार्षिक योजना तथा बजेट स्विकृत

Please follow & like us :)

8 August, 2024

मिति २०८१ साल श्रावण १५ गतेका दिन गढवा गाँउपालिकामा परियोजना अनुगमन तथा समन्वय समितिको बैठक कार्यक्रम सम्पन्न भएको छ ।


गढवा गाँउपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राबिधिक र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा संञ्चालन भईरहेको “गढवा कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” को आ.व. २०८१/ ०८२ को बार्षिक योजना निर्माण कार्यक्रम गढवा गाँउपालिका को कार्यालयमा सम्पन्न भएको छ ।
पालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलको अध्यक्षता, उपाध्यक्ष शारदा कुमारी चौधरी, निमित्त प्रमुख प्रशासकिय अधिकृत, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, कृषि तथा पशु शाखाका शाखा अधिकृत लगायतको उपस्थीतिमा “गढवा कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” बाट आ.व. २०८१/ ०८२ मा संञ्चालन गरिने प्रस्ताबित बार्षिक योजना निर्माण, योजना माथिको छलफल गरी सो कार्यक्रम संञ्चालन गर्नका लागि रु. २ करोड २३ लाख ४५ हजार १ सय ८७ रुयैया को बजेट स्विकृत गरिएको थियो ।


परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा त्यस क्षेत्रका नागरिकहरुलाई ब्यवसायि र उद्यमी बनाई बाख्रा, बोका, दुग्ध संकलन केन्द्र, दुग्ध सम्बन्धी तालिम, ब्यवसायिक तरकारी खेति गर्ने किसानहरुका लागि सहयोग, खोर तथा भकारो सुधार कार्यक्रम, भर्मी कम्पोष्ट मल उत्पादन सहयोग, युवा उद्यमशिलता बिकास तालिम लगायत बिबिध बिषयमा छलफल गरी योजना पारित गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष यम नारायण शर्मा पोख्रेलले साझेदारी मार्फत काम गर्दा परिवर्तन र नागरिकहरुले सहजै सेवा पाउने भएकाले पनि यो भिटा कार्यक्रम संञ्चालन गरिएको बताउनुभएको थियो । पालिका एक्लैले मात्र काम गरेको अनुभव पनि छ, साथमा परियोजना सँग जोडिएर काम गर्दा तत्काल परिवर्नन देखिने भएकाले यो कार्यक्रम गर्नका लागि आफुहरु उत्साहित भएको बताउनुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले महिलाहरुलाइ आत्मनिर्भर र संगठीत गर्नका लागि यो कार्यक्रम अत्यन्त सहयोगी रहेको भन्दै कार्यक्रमलाई चलायमान बनाईरहन आवश्यक रहेको भनाई राख्नुुभएको थियो ।


कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका सह निर्देशक डाक्टर राजकुमार अधिकारीले परियोजना ले महिलाहरुलाई सशक्तिकरण सँगै स्थानिय स्रोत र साधनको अधिकतकम प्रयोग गरी स्वरोजगार सिर्जना गरी देशलाई नै आत्मनिर्भरता तर्फ लैजाने भएकाले यसका लागि पालिकाले देखाएको चासो, सहकार्य प्रति धन्यवाद दिनुभएको थियो । कार्यक्रममा डाक्टर रुपेश काफले, क्रमशः ६, ३, ४ र ८ नम्बरका वार्ड अध्यक्ष लगायतले कार्यक्रम बारे सल्लाह सुझावका साथै आफनो भनाई राख्नुभएको थियो ।


ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले उपस्थीत सबैलाई धन्यवादज्ञापन गर्दै महिलाहरुलाई आर्थिक, सामाजिक शसक्तीकरणका लागि हेफर संस्थाको सहकार्यमा स्थानिय सरकारले गरेको काम र उत्साह प्रति हार्दिक धन्यवाद सहित कृतज्ञता प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण कार्यक्रमका उद्यम बिकास सहजकर्ता कैलाश चौधरीले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394