VITA परियोजना, IFAD मिसनको टिमद्धारा अनुगमन « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

VITA परियोजना, IFAD मिसनको टिमद्धारा अनुगमन

Please follow & like us :)

5 August, 2024

मिति २०८१ साल श्रावण १८ गतेका दिन कृषि बिकासका लागि अन्र्तराष्ट्रिय कोष (IFAD) मिसन सहितको टिम ले ग्रामीण महिला उत्थान केन्द्र सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा कृषि बिकासका लागि अन्र्तराष्ट्रिय कोष (IFAD) मिसनका टिम लिडर श्याम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले भिटा परियोजनाले महिलाहरुलाई आर्थिक सशक्तिकरणका लागि समुदायमा महत्वपुर्ण काम गर्दै आईरहेको भनाई राख्नुभएको थियो ।

आधा आकाश ढाकेका महिलाहरु घरदैलो र चुल्होमा सिमित छन् , कामको बोझलाई सहज तथा कम गर्नका लागि आधुनिक मेसिन लगायतको सुबिधा पुर्याउनु पनि आजको आवश्यक्ता रहेको उहाँको भनाई थियो । संस्थाले भिटा परियोजना सँग सँगै महिलाको अन्य क्षेत्रमा पनि काम गरेको देख्दा आफुलाई खुसी लागेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै कृषि बिकास बैंकका कृषि कर्जा बिभागका सेक्सन प्रमुख मनोज काफ्लेले भिटा परियोजनाका साथ साथै संस्थाले आर्थिक र सामाजिक सशक्तिकरणका लागि गरेको काम र भुमिका प्रति अत्यन्त खुसी ब्यक्त गर्दै संस्थाको उत्तरोउत्तर प्रगतिको कामना गर्नुभएको थियो । हेफर ईन्टरनेशनल नेपालका प्रकाश कट्टवालले कुनैपनि ब्यक्ति संस्थामा आवद्ध भएपछि परियोजनाको मात्रै होईन् आफनो जिबनको समेत लग फ्रेम बनाएर काम गर्न सुझाब दिनुभएको थियो । संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ स्थापना भएको यस संस्था स्थापना गर्दा र हालसम्मको यात्रामा भएका अनुभवहरु राख्दै प्रत्येक ब्यक्तिमा ईच्छाशक्ति र लगनशिलता हुने हो भने जुनसुकै काममा सफलता हासिल गर्न सकिने महत्वपुर्ण भनाई राख्नुभएको थियो ।


हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय प्रबन्धक प्रकाश के.सी., संस्थाका सल्लाहाकार सोगतबीर चौधरी लगायतले छलफलमा सहभागी हुनुभएको थियो, राजपुर र गढवा गाँउपालिकामा संचालन भइरहेको “कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” भिटा अन्र्तगत भएका गतिबिधिहरुको बारेमा फोकल पर्सन भिमकान्त चौधरले प्रश्तुतिकरण गर्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका पार्वती बस्नेतले गर्नुभएको थियो ।


यसैबिच कृषि बिकासका लागि अन्र्तराष्ट्रिय कोष (IFAD) मिसन सहितको टिमले लमही ९ रिहार स्थिीत कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड सँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देबीमाया थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहकारी संस्थाको बार्षिक प्रगति प्रतिबेदन लेखापाल बेगम घर्तीले प्रश्तुत गर्नुभएको थियो, सहकारीले संञ्चालन गर्दै आएको सम्पुर्ण विवरण, समस्या, अबसर, चुनौतीका सवालमा बजार ब्यवस्थापक हेम नारायण चौधरीले प्रश्तुत गर्नुभएको थियो भने उक्त कार्यक्रमको सहजीकरण संस्थाका गंगा घर्तीले गर्नुभएको थियो ।


मिति २०८१ साल श्रावण १७ गतेका दिन गढवा गाँउपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा गढवा गाँउपालिकामा संञ्चालन भईरहेको “गढवा कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” (भिटा प्रोजेक्ट) अन्र्तगत गढवा गाँउपालिका वार्ड नम्बर ५ धर्मपुरमा गठन भएको धर्मपुर उद्यमी महिला समुह सँग कृषि बिकासका लागि अन्र्तराष्ट्रिय कोष (IFAD) मिसन सहितको टिम ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


समुहका अध्यक्ष सिर्जना चौधरीको अध्यक्षता, गढवा गाँउपालिकाका प्रमुख यम नारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता र पालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा (IFAD) मिसन टिम लिडर श्याम खड्का, कमल गैरे, कृषि बिकास बैकं भिटाका निर्देशक चन्द्र सिहं थापा, मनोज काफ्ले, हेफर ईन्टरनेशनल नेपालका प्रकाश कट्टवाल, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय प्रबन्धक प्रकाश के.सी., निमित्त प्रमुख प्रशासकिय अधिकृत कैलाश चन्द्र चौधरी, कृषि तथा पशु शाखाका प्रमुखहरु लगायतको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियोे । समुहको कार्यक्रम सम्पन्न भएपश्चात मिसन टिम लिडर सहितको टोली र पालिका अध्यक्ष, उपाध्यक्ष सहितको टिम त्यस गढवा गाँउपालिका क्षेत्र भित्र यस परियोजना अन्र्तगत निर्माण भएको कृषि तथा बस्तु उपज संकलन केन्द्रको अवलोकन गरेको थियो ।


यसैबिच “राजपुर कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” (भिटा प्रोजेक्ट) अन्र्तगत राजपुर गाँउपालिका वार्ड नम्बर ३ खरदरियामा गठन भएको लक्ष्मी उद्यमी महिला समुह सँग (IFAD) मिसन सहितको टिम ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

समुहका अध्यक्ष तारावती यादबको अध्यक्षता, राजपुर गाँउपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष राम प्रसाद यादबको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

२६ जना सदस्य संख्या रहेको उक्त समुहका दिदिबहिनीहरुले आफनो बार्षिक प्रगती विवरण प्रश्तुत गर्नुभएको थियो ।समुहमा आवद्ध भएपश्चात दिदिबहिनीहरुमा आएको परिवर्तन, समस्या, चुनौती र अवसरका बिषयमा समेत ब्यापक छलफल भएको थियो ।


कृषि बिकासका लागि अन्र्तराष्ट्रिय कोष (IFAD) मिसन सहितको टिमले राजपुर गाँउपालिकाका अध्यक्ष शरद बुढाथोकी, उपाध्यक्ष धनपती देबी यादब, सहितको टिम सँग पनि भेटघाट तथा अन्तरक्रिया गरेको छ । भेटघाट कार्यक्रममा भिटा परियोजना अन्तर्गत त्यस क्षेत्रको प्रगती, उन्नती र बिकासका लागि के गर्न सकिन्छ भन्ने बिषयमा महत्वपुर्ण छलफल भएको थियो।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394