नमुना घर निर्माण कार्य शुरु « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

नमुना घर निर्माण कार्य शुरु

Please follow & like us :)


ग्रामीण महिला उत्थान केन्द्र दाङ र निवास संस्थाको साझेदारीमा दाङ जिल्लाको राजपुर र गढवा गाँउपालिका सञ्चालन भईरहेको सुरक्षीत आवाश मार्फत सुदृढीकरण परियोजना (SWFH) अन्तर्गत राजपुर र गढवा गाँउपालिकामा २/२ वटा नमुना (डेमो) घरको निर्माण कार्य शुरु भएको छ ।


एकल महिला, १६ बर्ष मुनिका बालबालिका र अशक्त तथा अंपाङ महिला, जस्को बस्ने बाँस छैन् ति परिवारहरुका लागि घर निर्माण गर्ने यस परियोजनाको लक्ष्य अनुरुप अहिले राजपुर गाँउपालिका वार्ड नम्बर ५ चंगुवामा रहेको कलावती यादब र गढवा गाँउपालिका वार्ड नम्बर ६ आँटी पाकरमा रहेकी मायादेबी चौधरीको लागि नमुना घर निर्माणकोे कार्य भईरहेको छ । नमुना घर निर्माण भईरहेका पात्रहरुको पनि आफनै किसीमको कथा छ ।
कलावती यादब – माईती घर राजपुर गाँउपालिका ५ चंगुवामा बस्दै आएकी कलावती यादवलाई नेपाली भाषा बोल्न त्यत्ति आउदैन् तर कुराहरु सबै बुझनुहुन्छ । गहुँगोरी, अत्ति राम्री, सारीमा सजिएकी कलावती देख्दा स्वस्थय नै देखिनुहुन्छ तर उहाँ शारिरिक रुपमा अस्वथ्य हुनुहुन्छ । त्यसै कारण कलावतीको बैबाहिक जीवन शोकमा बदलियो, परिणाम कलावती अहिले माईतीमा बस्दै आउनुभएको छ ।


“६ दाजुभाई र ३ बहिनी छोरीहरु मध्ये आफु कान्छी छोरीको रुपमा जन्मिएकी कलावतीको जिबनमा दुखका बादलहरु मडारि नै रहेका छन् । गरिबी अभाव सँगै चेतनाको कमीले बुवाले स्कुल पठाउनु भएन्, भैसी ग्वाला र घरभित्र भान्साको कामकाजमा पोख्त भएपछि घर गरेर खान सकिन्छ भन्ने सिकाउनुभयो तर मेरो घरमा बस्ने वातावरण नै भएन कलावतीले आफनो दुखेसोहरु पोख्नुभयो।” यादब समुदायमा सानोमै छोरीको बिहे गरिन्छ, बिहे गरेको केहि समय सम्म सबै राम्रो थियो तर कलावती गर्भवती भएपछि अस्वस्थ हुन थाल्नुभयो, आमा बन्ने खुसीयाली एकातिर थियो तर बिरामी भएकै कारण कलावती बेघर हुनुभयो ।
रोग लागेपछि श्रीमान्ले, घरपरिवारले कलावतीलाई अस्विकार गर्न थाल्यो, श्रीमान्ले अर्को बिवाह गरे, त्यसपछि कलावतीको लडाँई शुरु भयो, बर्षौको लडाँई पछि कुना कन्दरामा केहि टुक्रा अंश ल्याएर कलावतीले छोडपत्र गर्नुभयो । कलावतीको साथमा अहिले १२ बर्षकी, ७ कक्षा पढ्ने छोरी छन् ।


हाम्रो समुदायमा परिस्थीति जस्तोसुकै आएपनि सहेर घर गरेर खानुपर्छ भनेर छोरीहरुलाई हुर्काईन्छ तर बिवाह गरेर गएकी छोरी माईतीमा आएर बस्न थालेपछि माईतीमा दाजुभाउजु, छरछिमेकले नानाथरी कुराहरु सुनाउन थालेको कलावतीले बताउनुभयो ।
सबैले अनेकथरी कुरा सुनाउदा मन दुख्छ बरु कसैले सहयोग गरेपछि बस्ने घर बनाउन पाए, छोरी सहित अलग बस्ने थिए भन्दै कलावतीले आफनो दुखेसो पोख्नुभयो । ७ कक्षामा पढदै आएकी छोरीलाई कसैले शिक्षामा सहयोग गरिदिए ठुलो राहत मिल्ने थियो भन्ने लाग्छ । उनको आम्दानीको स्रोत केहि छैन् माइतीमा घरको कामकाजमा सहयोग गर्नुहुन्छ, भैसी पालन गरेका बुवाको काममा सहयोग गर्दै आउनुभएको छ, कहिलेकाही मजदुरी पनि गर्नुहुन्छ तरपनि कलावतीलाई जिवन धान्न गाह्रो छ । अहिले कलावतीका बुवाले छोरीलाई साढे १६ धुर जग्गा पास गर्दिनुभएको छ। उहाँको नाममा आएको त्यसै जग्गामा परियोजना अन्र्तगत घर निर्माणको काम भईरहेको छ ।

मायादेबी चौधरी ः – गढवा गाँउपालिका वार्ड नम्बर ६ आटीपाँकरका मायादेबी चौधरी, एकल महिला हुनुहुन्छ । उहाँ अल्लि सुस्त मनस्थीतिको देखिनुहुन्छ । ३ छोरा क्रमशः ८ बर्ष र ४ बर्षका र १३ बर्षको उमेरमा बिवाह गरेर गएकी एक छोरी हुनुहुन्छ । श्रीमान् बितेको ३ बर्ष भयो । आफुले पाउने एकल महिलाको भत्ताले नै घरको गुजारा चलिरहेको छ ।

एउटा कोठाको सानो घर, त्यहि कोठामा नै पकाउने, खाने र सुत्ने सबै गर्ने हुन्छ, त्यहि घरपनि चुहिने भएर त्रिपाल लगाएको छ । बिगत १६ बर्ष देखि त्यहि ऐलानी जग्गामा बसोबास गर्दै आउनुभएको छ । ऐलानी जग्गा ३ कठा छ, उक्त जग्गामा नै अहिले घर निर्माण भईरहेको छ ।


यसरी परियोजना अन्तर्गत घर निर्माण भएपछि उहाँहरुको जिवनमा सुरक्षाका साथ बस्ने बासँको ब्यवस्था हुनेछ, यसले समाजमा रहेका गरिब, बिपन्न, अल्पसंख्यक, एकल महिला तथा बालबालिकाहरु बेघर हुने अवस्था बिस्तारै कम हुदै जाने छ । यस परियोजना अन्तर्गत राजपुर र गढवा गाँउपालिकामा जम्मा ८ वटा घरहरु निर्माण हुनेछ ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026426