एकल महिलाहरुको सामाजिक, आर्थिक अवस्था बुझनका लागि भिडियोग्राफर लिरनद्धारा भिडियो संकलन
9 July 2024
ग्रामीण महिला उत्थान केन्द्र दाङ र निवास संस्थाको साझेदारीमा दाङ जिल्लाको राजपुर र गढवा गाँउपालिकामा सञ्चालन भईरहेको ग्रामीण महिलाहरुका लागि सुरक्षीत आवाश मार्फत सुदृढीकरण परियोजना(SWFH) अन्तर्गत राजपुर गाँउपालिकामा निर्माण हुन गईरहेको घरहरुको अभिलेखीकरणका लागि मिति २०८१ जेष्ठ १७ गतेका दिन बिभिन्न ब्यक्तित्वहरुर समुहसँग निवास संस्थाबाट आउनुभएका भिडियोग्राफर लिरनद्धारा अन्तरवार्ता सहितको भिडियो संकलन गरिएको छ ।


राजपुर गाँउपालिका वार्ड नम्बर ६ र ५ का क्रमशः दुर्गा चौधरी, कलावती यादबको बर्तमान अवस्था, दैनिकीलाई भिडियोग्राफमा क्याप्चर गर्नुभएको छ । यसैगरी राजपुर गाँउपालिका ५ सालभौरी स्थिीत काउली महिला उत्थान केन्द्र भ्रमणका क्रममा लघुबित्त कार्यक्रम मार्फत सेवा प्रवाह भइरहेको बचत, लगानी र आयआर्जनका सवालमा पनि लिरनले भिडियो क्याप्चर गर्नुभएको छ ।

राजपुर गाँउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती देबी यादब सँग राजपुर गाँउपालिका क्षेत्रमा एकल महिला, १६ बर्ष मुनिका बालबालिकाहरुको अवस्था, घरबार बिहिन महिलाहरुको अवस्था के छ र स्थानिय सरकारले ति परिवारको लागि के सहयोग गर्न सक्छ भन्ने बिषयमा अन्तरवार्ता लिएका थिए ।

यस परियोजनाको साझेदार संस्था ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी र Inclusive Designer and Builders का निरोज महर्जन सँग घर निर्माणका लागि हुने प्रकृया लगायतको बिषयमा अन्तरबार्ता लिईएको थियो उक्त अन्तरबार्ताको सहजीकरण निवास संस्थाका Innovation and Impact Director सुष्मा श्रेष्ठले गर्नुुभएको थियो ।

त्यस क्षेत्रको कला संस्कृति झल्कीने भिडियो क्याप्चर समेत गरिएको थियो । यसरी लिईएको भिडियोले घरबारबिहिन एकल महिलाहरुको हालको अवस्था र घर बनिसकेपछिको अवस्थालाई प्रश्तुत गर्नेछ भने समग्र राजपुर गाँउपालिकाको सामाजिक, सांस्कृतिक अवस्थालाई पनि प्रश्तुत गर्ने जनाईएको छ ।








