अन्तर सहकारी समीक्षा बैठक
9 July 2024
दाङ्ग र सल्यान जिल्लामा रहेका सामाजिक उद्यमी सहकारीहरुको बिचमा अन्तर सहकारी समक्षिा बैठक कार्यक्रम मिति २०८१ साल अषाढ ५ गतेका दिन सम्पन्न भएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दाङ र सल्यान जिल्लामा संञ्चालन भईरहेको “तरकारी बस्तुको नविनतम मुल्य श्रृखंलामा ग्रामीण महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको हो ।संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा दाङ्ग र सल्यान जिल्लामा रहेका ८ वटा सहकारीहरुलेसंस्थागत बित्तिय प्रतिबेदनका साथै परियोजना बाट बितरण भएको उपहारसिँचाई कोष अन्तरगतको सामाग्री खरिद र बितरण गर्दा आएका समस्या, चुनौती, उपलब्धी र अवसरका बारेमा समेत प्रत्येक सहकारीका ब्यवस्थापहरुले प्रश्तुतीकरण गरेका थिए ।

परियोजना अन्तरगत जिल्लालाई तरकारी क्षेत्रमा आत्मनिर्भर बनाई, तरकारीको हबका रुपमा बिस्तार गर्ने र जिल्लामा आधुनिक प्रशोधन केन्द्र पनि संञ्चालनमा ल्याउने योजना रहेको छ, उक्त योजना तथा लक्ष्यलाई पुरा गर्नका लागि दाङ्ग र सल्यान जिल्लामा रहेका सामाजिक उद्यमी सहकारीहरुमा परियोजनाले काम गर्दै आएको हो । साथै सहकारीमा आवद्ध तरकारी उत्पादन गर्दै आएका वा ब्यवसायिक तरकारी उत्पादन गर्ने शेयर सदस्य तथा उद्यमी किसानहरुलाई प्राबिधिक तालिम, ज्ञान, सिपका साथै सिँचाई सामाग्री तथा बिउ बिजँन उपलब्ध गराएको छ ।कार्यक्रममा कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष देबिमाया थापाले समुह स्थापना देखि सहकारीलाई यहाँसम्म ल्याउनका लागि ग्रामीण महिला उत्थान केन्द्र दागं र हेफर ईन्टरनेशनल नेपालले सहयोग गरेको बताउनुभयो । शुरुवातमा सहकारी बाट खसी, मल, बिउ बिजन बिक्री गर्ने कार्य गर्दै आएकोमा अहिले सहकारीमा आवद्ध शेयर सदस्यहरु जस्ले छिटफुट रुपमा तरकारी उत्पादन गर्दथे उनिहरुलाई पनि सहभागी गराई परियोजना बाट बिभिन्न तालिम तथा सामाग्रीहरु प्रदान गरी ब्यवसायिक बनाउन थालेकोमा पुनः दुबै संस्थालाई धन्यवाद दिनुभएको थियो ।

हेफर ईन्टरनेशनलका सह–निर्देशक राजकुमार अधिकारीले देशलाई नै तरकारीको क्षेत्रमा आत्मनिर्भर मुखी बनाउने उद्धेष्यले परियोजना संचालन गरेको भन्दै परियोजना लाई सफल गराउनका लागि सहकारी, संस्था लगायत यस परियोजनामा आवद्ध सबैको महत्वपुर्ण जिम्मेवारी रहेको बताउनुभएको थियो । कार्यक्रममा क्षेत्रिय प्रबन्धक प्रकाश के.सी.ले बिगतमा खसी बोकामा देशलाई आत्मनिर्भर बनाउनका लागि गरेको मिहेनत सम्झदै अहिले पनि तरकारीको क्षेत्रमा आत्मनिर्भर गराउनका लागि सबैको उत्तिकै जिम्मेवारी रहेको बताउनुभएको थियो । संस्थाका अध्यक्ष आसमानी चौधरीले देश कृषिप्रधान भएता पनि यहाँका नागरिकहरु हरेक कुरामा अरुमा निर्भर रहने हुदा यस परियोजना मार्फत तरकारीको क्षेत्रमा जिल्लालाई नै आत्मानिर्भर बनाउने यो प्रयास निक्कै राम्रो भएको बताउनुभयो । यसैगरी यस परियोजनालाई पुर्णता दिनका लागि केहि अनुदानमा सामान दिईएको छ, केहि उपहार कोष अन्तरगत सामान दिने थुप्रै प्रकृया रहेका छन् । सहकारीहरुलाई खरिद प्रकृया देखी बितरण सम्मको सबै प्रकृयामा परियोजनामा आवद्ध कर्मचारीहरुले पुर्ण रुपमा सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको थियो ।
कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका सल्लाहाकार सोगत चौधरी, हेफर ईन्टरनेशनलका बरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आर्चाय, शरद पोख्रेल, लगायत सामाजिक उद्यमी सहकारीका अध्यक्ष, ब्यवस्थापक र परियोजनामा आवद्ध कर्मचारीहरु गरी ३५ जनाको सहभागिता रहेको थियो ।







