भुकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम
June 14, 2024
ग्रामीण महिला उत्थान केन्द्र दाङ र निवास संस्थाको साझेदारीमा दाङ जिल्लाको दुईवटा पालिकामा सञ्चालन भईरहेको सुरक्षीत आवाश मार्फत सुदृढीकरण परियोजना अन्तर्गत एक महिने भुकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम २०८१।०२।२५ गते राजपुर गाउँपालिका स्थित जङ्ग्रहवामा आयोजना गरिएको हो ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष श्री आसमानी चौधरीको अध्यक्षता एवं राजपुर गाउँपालिकाका अध्यक्ष श्री शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता तथा राजपुर गाउँ पालिकाका उपप्रमुख श्री धनपतिदेबी यादबको बिशिश्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राजपुर गाउँपालिकाका अध्यक्ष श्री शरद कुमार बुढाथोकिले यस पालिकामा आएका यस कार्यक्रमले यहाँका यूबाहरु आत्मनिर्भर भई आयआर्जन तर्फ लाग्न सकिने कुरा बताउनुभयो । साथै उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सके स्वरोजगार हुन सक्ने समेत भनाई राख्नुभयो ।

त्यसैगरि उपाध्यक्ष धनपतिदेवी यादबले यस पालिका भित्र बिपन्न,सीमान्तकृत तथा एकल महिलाहरुको लागी सुरक्षीत आवाश निकै नै आवश्यक रहेको बताउदै यस परियोजनाले यस्ता परिवारका लागी सुरक्षीत आवाशको व्यवस्था गर्न लागेकोमा संस्था र परियोजनालाई धन्यवाद दिदै पालिकाबाट पनि सक्दो सहयोग गर्न सकिने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष श्री आसमानी चौधरीले संस्थाले सामाजिक कामका साथै आर्थिक आयआर्जनका कामहरु गर्दै आएको बताउनुभयो । साथै उहाँले उपस्थित सम्पूर्ण यूवाहरुलाई सीप सिकेर व्वहारमा लागु गर्न सके आजका यूवाहरु आत्मनिर्भर भई जिबिकोपार्जन गर्न सक्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले उपस्थित सम्पूर्ण यूवाहरुलाई उत्साहका साथ ३० दिन सम्म तालिममा उपस्थित भई धेरै सिप र ज्ञान सिकेर आगामी दिनमा अगाडी बढ्न शुभकामना दिनुभएको थियो ।

त्यसैगरि इनक्लुसिप डिजाइनर्स एण्ड बिल्डर्सका अध्यक्ष निरोज महर्जनले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै गाउँपालिका संग पहिलोपटक सहकार्य गरेर काम अगाडी बढाउन लागेको कुरा व्यक्त गर्नुभयो । इनक्लुसिप डिजाइनर्स एण्ड बिल्डर्सका प्रबन्धक निर्देशक श्री कुशल श्रेष्ठ,हेफर प्रोजेक्ट नेपालका बरिष्ट कार्यक्रम अधिकृत श्री महेश कुमार आचार्य ,मनकामना डेभलपमेन्ट सोलुसनका अध्यक्ष श्री रुमेल पुन र भिटा परियोजनाका कार्यक्रम संयोजक गिरिराज भट्ट लगायतको उपस्थिति रहेको थियो । ३० दिन सम्म संञ्चालन हुने तालिमको प्रशिक्षक श्री मानबहादुर चौधरीले पहिलो दिनको तालिम प्रशिक्षण दिनुभएको थियो । ३१ जनाको सहभागीता रहेको उद्धघाटन सत्र कार्यक्रमको सहजीकरण पार्बती बस्नेतले गर्नुभयो ।






