पिक्स ब्यागले भृकुटी सहकारीका सदस्यमा आएको खुशी
May 26, 2024
२००६ जना सेयर सदस्य रहेको भृकुटी महिला बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका — ३ मसुरियामा अबस्थित छ । ग्रामीण महिला उत्थान केन्द्र दाङ द्वारा संचालित रिप्लान्ट परियोजना अन्तरगत किसानले उत्पादन गरेको अन्नबालीलाई सुरक्षीत राख्नको लागी भृकुटी महिला बिकाश बचत तथा ऋण सहकारी संस्था लि.का सेयर सदस्यहरुलाई पिक्स ब्यागको फाइदा, महत्व र प्रयोग गर्ने तरिकाको बारेमा जानकारी गराउँदै ११०० पिक्स ब्याग कृषक सदस्य समक्ष पुर्याईएको छ । पिक्स ब्यागमा सहकारीका सेयर सदस्यहरुले अन्नबाली जस्तै ः धान,चामल,गहुँ,मसुरो,मकै,चना, केराउ लगायतका खाद्यान्न बाली भण्डारण गरेर सुरक्षीत राख्न पाउँदा निकै नै खुशी ब्यक्त गरेका छन् । पिक्स ब्यागको फाइदा र महत्व बुझेर सहकारीका अध्यक्ष श्री हिमाली न्यौपानेले पनि आफ्नो घरको खाद्यान्न सुरक्षीत राख्नको लागी २७ वटा पिक्स ब्याग सि.बि.यफ प्रतिमा चौधरी मार्फत लगेर गहुँ,मसुरो र चामल जस्ता अन्नबाली भण्डारण गर्न पाउँदा खुशी ब्यक्त गर्नुभयो ।
यस सहकारीका ब्यबस्थापक श्री परमेश्वरी ज्ञवालीले पनि आफ्नो घरको किरा नलागेको चामल एउटा पिक्स ब्यागमा र किरा लागेको मसुरो अर्को पिक्स ब्यागमा भण्डारण गरि राख्नुभयो । उहाँले भण्डारण गरेको चामल र मसुरो १ महिना पछि खोलेर हेर्दा चामलमा घुन,चिलेसा केहि नभएको र किरा लागेको मसुरोमा सबै किरा मरेर माथी आएको थियो ।̎किराले खाएको मसुरो देख्दा दिक्क लागेर गाई, भैसीको दाना बनाउने सोचमा थिएँ तर पिक्स ब्यागमा राख्दा १ महिनामै सबै किरा मरेको देख्दा साँच्चिकै पिक्स ब्याग अन्न बाली बचाउनका लागी आबश्यक रहेछ̎ भन्दै ज्ञवालीले ग्रामीण महिला उत्थान केन्द्र दाङ र आइ डि ई नेपाललाई धन्यवाद दिदै आउँदा दिनमा पनि किसानहरुका लागी यस्तै न्यून खर्चमा धेरै नै उपयोगी सामाग्रीहरु ल्याउन अनुरोध पनि गर्नुभयो ।

त्यसैगरि उक्त सहकारीका २५० जना सेयर सदस्यहरुलाई बित्तीय साक्षरताको तालिममा सहभागी गराइएको थियो । तालिममा बित्तीय साक्षरताको परिचय दिदै सदस्यहरुसंग आम्दानी हेरेर खर्च गर्नेे,खर्चलाई दैनिक रुपमा कापीमा टिपोट गर्ने,अनाबश्यक खर्च धेरै नगर्ने,बजेटलाई घरायसी र व्यावशायीक रुपमा छुट्याउन,े भबिष्यलाई सोचेर बैंक तथा बित्तीय संस्थामा अहिले बाट नै बचत गर्ने बानी बसाल्ने लगायतका बिषयमा छलफल गरियो ।साथै बित्तीय साक्षरताको तालिम पाइसकेका २५० जना सेयर सदस्यहरुलाई मुक्तिनाथ कृषक बचत खाताको महत्व फाईदा र यसबाट पाईने सेवा सुबिधाको बारेमा जानकारी गराउँदा १८० जना सदस्यहरुईच्छुक भएर मुक्तिनाथ कृषक बचत खाताको सेवा पनि प्राप्त गर्नुभयो ।परियोजना मार्फत बिभिन्न किसिमका तालिमहरु दिई किसानहरुको आय आर्जनका लागि सहयोग गरेकोमा ग्रामीण महिला उत्थान केन्द्रलाई सहकारीका तर्फबाट आभार प्रकट गर्नुभएको थियो ।






