सरोकारवाला निकायहरु सङको समन्वयात्मक बैठक घोराहीमा सप्पन्न
June 2: Dang Ghorahi:ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा जिल्ला स्थीत सरोकारवाला निकायहरुको समन्वयात्मक बैठक कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख (मेयर) नरुलाल चौधरीको प्रमुख आतिथ्य एंव घोराही उपमहानगरपालिकाका वार्ड नम्बर १० का वार्ड अध्यक्ष दिपक कुमार पाण्डेको बिशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले मिति २०८० साल आषाढ २गतेका दिन अमेरिकन मेट लाईफ ईन्सोरेन्स कम्पनी काठमाण्डौ सँगको साझेदारीमा घोराही उपमहानगरपालिका वार्ड नम्बर १० नारायणपुर स्वास्थ्य चौकीमा सिकलसेल सम्बन्धी शिबिर संचालन गर्दैछ उक्त शिबिर संचालन गर्नुपुर्व जिल्ला स्थिीत बिषयसँग सम्बन्धीत सरोकार वाला निकायहरु सँगको समन्वयात्मक बैठक कार्यक्रम सम्पन्न गरेको हो ।
ग्रामीण महिला उत्थान केन्द्रका शिवा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा २गतेको शिबिरलाई सफल पार्नका लागी स्वास्थ्य सामाग्री सामान खरिद समिति, प्रशिक्षण तथा स्थानिय स्वास्थ्य ब्यवस्थापन समिति र मानब संसाधन ब्यवस्थापन समिति समेत बनाईएको छ। शिबिर बाट धेरै भन्दा धेरैले लाभ लिउन भन्नका निमित्त गुरुवा धामी, झाकी,महतावा, महिला स्वास्थ्य स्वयमसेविका, टोलका अध्यक्ष, आमा समुह लगायतको समुहलाई चरणबद्ध रुपमा अभिमुखीकरण गरिने कार्यक्रम तय भएको छ ।
शिबिर संचालन गर्नुपुर्व जिल्ला स्थिीत सरोकार वाला निकायहरु सँगको समन्वयात्मक बैठक कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्नीसियन उज्जवल पौडे्ल, घोराही नगर स्वास्थ्य शाखाका प्रमुख नारायण घर्ति, नारायणपुर स्वास्थ्य चौकीका स्वास्थ्य ईन्चार्ज डिल्लीराज आर्चाय, थारु कल्याणकारिणी सभाका अध्यक्ष अशोक चौधरी, ल्याब असिष्टेन्ट रमेश चौधरी र पत्रकारहरु सन्तोष दहित र निमुसंगम घर्तिको सहभागिता रहेको थियो कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।






