४९ वटा डेमो प्लट निर्माण र ३५ समुहमा FBS तालिम सम्पन्न « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

४९ वटा डेमो प्लट निर्माण र ३५ समुहमा FBS तालिम सम्पन्न

Please follow & like us :)

दाङ्ग र सल्यान जिल्लाका ४९ जना ब्यावसायिक उद्यमी किसानहरुको लागि डेमो प्लट निर्माण गर्ने काम सम्पन्न भएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा “तरकारी बस्तुको नविनतम मुल्य श्रृखंलामा ग्रामीण महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना” IALVC संञ्चालन भईरहेको छ ।

परियोजना अन्र्तगत जिल्लालाई तरकारीमा आत्मनिर्भरमुखी बनाउदै आधुनिक प्रशोधन केन्द्र स्थापना गर्ने योजना रहेकोले तरकारी उत्पादन बृद्धिका लागि प्राबिधिक ज्ञान, सिप, तालिम सहित डेमो बनाउनका लागि आवश्यक पर्ने टनेल, मल्चीङ्ग प्लास्टीक, डोरीहरु, थोपा सिँचाई, झोलमोल बनाउने ड्रम, सिकेचर, क्यारेट सहित २८ किसीमका कृषिजन्य सामाग्रीहरु किसानलाई हस्तान्तरण गरिएको छ । ४९ जना किसानहरुले कृषि सामाग्री प्राप्त गरिसकेपछि उत्साहित हुदै ब्यावसायिक रुपमा आफुहरु तरकारी खेती तर्फ उन्मुख हुने बताएका छन् ।


दाङ्ग र सल्यान जिल्लाको ३५ वटा तरकारी कृषक समुहमा कृषक ब्यावसाय पाठशाला कार्यक्रम (FBS) सम्पन्न गरिएको छ । तरकारी कृषक समुहमा आवद्ध उद्यमीहरुलाई शुरुमा लगातार ५दिनसम्मको कृषि सम्बन्धी आधुनिक, समय सापेक्ष, र बजार माग अनुसारको तरकारी उत्पादन, बिक्रीकला लगायतको ज्ञान, सिप, तालिम मार्फत किसानहरुलाई कृषि प्राबिधिकहरुले सहजीकरण गर्दै आएका छन् ।

हालसम्म ३५वटा समुहमा उक्त तालिम सम्पन्न भईसकेको छ, तालिमबाट ८७७ जना लाभान्बित भएका छन् । तालिम पश्चात उद्यमी किसानहरु तरकारी खेती गर्नका लागि उत्साहित भएका छन् , उक्त तालिममा किसानहरुको माग अनुसार र माटो सुहाउदो तरकारीको ८ थरीका बिउँबिजन (काक्रा लोकल र उन्नत जात, टमाटर, बोडी, करेला, भिन्डी, खुर्सानी लगायतका) जैबिक बिषादी, पहेलो पासो, बेर्ना उमार्ने ट्रे र पिट्मस लगायतका कृषि सामाग्रीहरु उपहारस्वरुप हस्तान्तरण गरिएको छ ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026427