४१५ जना किसानलाई कृषि सामाग्री हस्तान्तरण « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

४१५ जना किसानलाई कृषि सामाग्री हस्तान्तरण

Please follow & like us :)

ग्रामीण महिला उत्थान केन्द्र दागं र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दागं जिल्लाको राजपुर र गढवा गाँउपालिकामा संञ्चालन भईरहेको स्वस्थ्य माटोका लागि “पुर्नउत्पादनशिल कृषि परियोजना” अन्र्तगत राजपुर र गढवा गाँउपालिका का ४१५ जना उद्यमीे किसानहरुलाई कृषिका लागि आवश्यक सामाग्रीहरु बितरण गरिएको हो ।


मिति २०८३ साल जेष्ठ ०३ गतेका दिन ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र राजपुर गाँउपालिकाका उपाध्यक्ष धनपती देबी यादबको प्रमुख आतिथ्यतामा राजपुर गाँउपालिकाको वडा नम्बर १, ३ र ५ मा गठन भएका उद्यमी समुहलाई कृषि सामाग्री बितरण गरिएको थियो । सो कार्यक्रममा बोल्दै उपाध्यक्ष धनपती देबि यादबले कृषिका क्षेत्रमा अग्र्यानीक तरकारी उत्पादन, आधुनिक प्रबिधि, माटोको स्वस्थ्य, पर्याबरणीय बाताबरण र मानिसको स्वास्थ्यलाई पनि मध्यनजर गरी कार्य गर्दै आएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो भने संस्थाले गरेको हरेक गतिबिधिमा गाँउपालिका सदैब सहकार्य र समन्वय गर्नका लागि सकारात्मक रहेको भनाई राख्नुभएको थियो ।


यसैगरी मिति २०८३ साल जेष्ठ ०४ गतेका दिन गढवा गाँउपालिका को वडा नम्बर ३, ४ र ६ नम्बरमा गठन गरिएका समुहका सदस्य करिब २सय १५ जनलाई उनिहरुको माग अनुसार कृषिका सामाग्री गाँउपालिका उपाध्यक्ष, सम्बन्धीत वडा अध्यक्षको उपस्थीतीमा बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै गढवा गाँउपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले प्रकृतिलाई स्वच्छ र उर्वराशिल बनाईराख्न परियोजनाले अग्र्यानीक उत्पादनका आधुनिक प्रबिधिहरु तालीम, गोष्ठी र अभ्यासका माध्यमबाट सिकाउदै आएकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो साथै यसरी हुने उत्पादनले हरेक नागरिकहरु पनि स्वस्थ्य हुने हुदा यो प्रबिधिलाई पालिकाभरी बिस्तार गर्नु आजको आवश्यक्ता रहेको भनाई राख्नुभएको थियो ।


संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ स्थापनाको भएको यस संस्थाले समुदायको उत्थान र सशक्तिकरणका लागि कृषि, शुसासन, आवास, शिक्षा, स्वास्थ्य, आय आर्जन लगायतको क्षेत्रमा काम गर्दै आईरहेकोमा अहिले गढवा र राजपुर गाँउपालिकामा पुर्नउत्पादनशिल कृषि परियोजना संञ्चालन गरेर १९ वटा समुह मा आवद्ध रहेका महिला किसानहरुसँग काम गर्न पाउदा यस्ले सकारात्मक नतिजा ल्याउने भनाई राख्नुभएको थियो । यस परियोजना बाट अगुवा किसान छनौट गरी किसानको बारीमै नमुना प्रयोगात्मक सिकाई अभ्यासका कार्यक्रमहरु, कृषि पाठशाला शिक्षा प्रदानका साथै अन्य प्राबिधिक तथा सैद्धान्तीक ज्ञान प्रदान गरी समुहमा आवद्ध सदस्यहरुलाई अनुदानमा बिउ बिजन, आवश्यक कृषि सामाग्रीहरु प्रदान गरी शिबिर संञ्चालन मार्फत माटो परिक्षण लगायतका कार्यक्रम संञ्चालन गर्दै आइरहेको भनाई राख्नुभएको थियो ।

यो कार्यक्रमले माटो स्वस्थ्यका साथै अग्र्यानीक तरकारी उत्पादनमा समेत बढावा दिई मानब स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने भनाई राख्नुभएको थियो। राजपुर र गढवा गाँउपालिकाका ४१५ जना किसानहरुलाई मोहनी पासो, लिउर, सिड टे«, ईएम झोल, निम झोल, झारी, पहेलो पासो, ट्राईकोड्रामा, कालो ड्रम गरी ९ किसिमका तरकारी खेतिका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।


वडा अध्यक्ष, वडा सदस्य, कृषि प्राबिधिकहरु, परियोजना संयोजक, फोकल पर्सन, अगुवा किसान र समुहका सदस्यहरु को उपस्थीतीमा करिब १२ लाख बराबरको कृषि सामाग्री हस्तान्तरण गरिएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026668