हेफ़र इण्टरनेशनल नेपाल MELS Department को ग्रामीण महिला उत्थान केन्द्र संग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
Feb 16, 2025 (२०८१ फाल्गुण ४ गते)

Dang Ghorahi

हेफ़र इण्टरनेशनल नेपालको MELS Department ले ग्रामीण महिला उत्थान केन्द्र संग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी को अध्यक्षता तथा Heifer International का Regional Technical MELS Lead of Asia का रघुनन्दन पुहानको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हेफर इंटरनेशनल नेपालका Associate Director MELS Department का किशोर क़ाफ़ले, MELS Department का संयोजक प्रमिला पराजुली र वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य ज्यू को उपस्थिति रहेंको थियो ।

त्यस्तै आजका दिन राजपुर गा.पा., हेफर प्रोजेक्ट नेपाल र ग्रामिण महिला उत्थान केन्द्र द्वारा संचालित राजपुर कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास साझेदारी परियोजना मार्फत राजपुर गा. पा. वडा नं ७ लैवरुवा स्थित वेलघारी स्वालम्बन महिला समुहको अध्यक्ष श्री सुशिला बस्नेतको अध्यक्षता, राजपुर गा.पा उपाध्यक्ष श्री धनपती देवी यादव ज्यूको प्रमुख आतिथ्यता र वडा नं ७ को अध्यक्ष श्री पुष्कर वली ज्यूको विशिस्ट आतिथ्यतामा यस समुहका सदस्यहरु संग स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरियो।

यस कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र को अध्यक्ष आसमनी चौधरी, (Heifer International Nepal MELS Lead of Asia)को Raghunandan Puhan, Associate Director MELS department किशोर कफले, वरिष्ठ महेश आचार्य, हेफर MELS department को संयोजक प्रमिला पराजुली ,RWDC फोकल पर्सन माधवा पोख्रेल,RWDC सूचना अधिकृत पार्वती बस्नेत राजपुर गा. पा. भिटाको संयोजक गिरिराज भट्ट, भिटा को टिमको सम्पूर्ण सामुदायिक सहजकर्ता हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो।


(सामुदायिक सहजकर्ता : पुनम यादव)






