सार्बजनिक सेवा प्रबाहमा नागरिक र जनप्रतिनिधिहरुको भुमिका बिषयक « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

सार्बजनिक सेवा प्रबाहमा नागरिक र जनप्रतिनिधिहरुको भुमिका बिषयक

Please follow & like us :)

ग्रामिण महिला उत्थान केन्द्रको सहकार्य तथा रेडियो देउराली स्रोता समुहको आयोजनामा मिति २०७८ असोज ३ गते सार्बजनिक सेवा प्रबाहमा नागरिक र जनप्रतिनिधिहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम घोराही उपमहानगरपालिकाको वाड न. ३ मा सम्पन्न भयो । अन्र्तक्रिया कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र बिपद ब्यबस्थापनका सवाल र स्थानिय सरकारले प्रदान गर्ने अन्य सुबिधाको बारेमा छलफल भयो ।

वडा कार्यालयमा सार्बजनिक सुनुवाइ, वडा पत्र र गुनासो पेटिकाको ब्यबस्था हुनुपर्ने र सामुदायिक बिद्यालयहरुबाट प्रदान गरिने अपागं र गरिब तथा बिपन्न परिवारका बालबालिकाहरुलाई छात्रबृति सुबिधा, सिमान्तकृत समुदायमा स्वास्थ्य सुबिधाबारे जनचेतना तथा शिबिर संचालन गर्ने,कृर्षकहरुलाई कृषि तथा आधुनिक तरिकाबाट गरिने खेती बारे तालिमको ब्यबस्था र पहिरोले बाटो कटान गरि धानखेत बगाएको ठाँउमा रेडियो देउराली स्रोता समुहद्धारा बृक्ष रोपण कार्य गर्ने बारे छलफल भएको थियो ।

कार्यक्रम घोराही उपमहानगरपालिका ३ का वडा अध्यक्ष माधब चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्षले वडा कार्यालयबाट प्रदान गरिने सेवा लिनका लागी प्रभावकारी सुचना प्रबाह र नागरिकहरु पनि सचेत हुनुपर्ने बिचार राख्नुभएको थियो र वडा कार्यलयमा सुझाव पेटिकाको ब्यबस्था गर्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा रेडियो देउराली स्रोता सहुहका पदाधिकारी , टोलबिकास संस्थाका अध्यक्षहरु, बन उपभोक्ता समुहका अध्यक्ष, स्वास्थय चौकीका प्रतिनिधि, ग्रामिण महिला उत्थान केन्द्र बाट शिबा चौधरी र हिमा पौडेल,सामुदायिक बिद्यालयका शिक्षक , आमा समुह , स्वास्थ्य स्वयम सेबिका र समुदायका सदस्यहरुको सहभागीता रहेको थियो । १९ जना महिला र १२ जना पुरुष गरि जम्मा ३१ जनाको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन देउराली रेडियो स्रोता समुहको सहजकर्ता बबिता पाण्डेले गर्नुभएको थियो ।
त्यसैगरि साझा रेडियो सो्रता समुहको आयोजनामा २०७८ असोज ६ गते सार्बजनिक सेवा प्रबाहमा नागरिक र जनप्रतिनिधिहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । छलफलमा साझा रेडियो स्रोता समुहले उठाउदै आएको सवालहरु मध्ये किसानका लागी समयमा बिउ र मलको उपलब्धता, सामुदायिक बिद्यालयमा पर्खालको ब्यबस्था, खोप तथा प्रजनन स्वास्थ्यबारे समुदायमा मासिक रुपमा शिबिर संचालन र खानेपानि धारा बिस्तार नभएको गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका वडा अध्यक्ष भिम बहादुर सार्कीले खानेपानी र स्वास्थ्य शिबिर संचालनका लागी खानेपानी उपभोक्ता समिति र स्वास्थ्य चौकी संग समन्वय गरि ब्यबस्था गर्ने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा घोराही उपमहानगर पालिकाका वडा अध्यक्ष भिम बहादुर सार्की, लक्ष्मीपुर स्वास्थ्य चौकीका इन्चार्ज नारायण प्रसाद शर्मा, स्थानिय सभाका संयोजक मुनाल घिमिरे टोल बिकास संस्थाका अध्यक्ष सेवक कुमार रिजाल , ग्रामिण महिला
उत्थान केन्द्र बाट शिबा चौधरी ,उमाबि गोग्लीका प्रतिनिधि, बन समितिका प्रतिनिधि र आमा समुहका सदस्यहरु लगायतको सहभागीता रहेको थियो । ३० महिला र १५ पुरुष गरि जम्मा ४५ जनाको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन साझा रेडियो स्रोता समुहको सहजकर्ता गीता चौधरीले गर्नुभएको थियो ।
त्यसैगरि घोराही उपमहानगरपालिका १ काँडाखुटीमा बालबिबाह न्युनिकरण संबन्धि अन्र्तक्रिया कार्यक्रम २०७८ असोज १२ गते सम्पन्न भयो । कार्यक्रममा उमेर नपुगी बिबाह गरेमा आमा तथा शिशुको स्वास्थ्यमा आउन सक्ने समस्याहरु , प्रजनन स्वास्थ्यबारे समस्या, शिशु स्याहार र बालबिबाह न्युनिकरणका लागी स्थानिय सरकारको बजेट तथा योजनाका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्ने सहभागीहरुले बालबिबाह न्युनिकरणका लागी परिवार बाट नै छोराछोरीसंग खुलेर मनका कुरा राख्न सक्ने बाताबरण सिर्जना गर्नुपर्ने र बिद्यालयमा पनि साप्ताहिक वा मासिक रुपमा अतिरिक्त क्रियाकलाप मध्ये बालबिबाह न्युनिकरण संबन्धि कार्यक्रमलाई प्राथमिकता दिएर बालबालिकाहरुलाई सचेत बनाउनु पर्ने आबश्यक्ता रहेको बताएका थिए । स्थानिय सरकार बाट बाल बिबाह गरेका परिवारको लागी सचेतना मुलक कार्यक्रम र उद्यम ब्यबसाय संबन्धि तालिम प्रदान गरि उनिहरुलाई आत्म निर्भर बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका वडा प्रतिनिधि , स्वास्थ्य चौकीको प्रतिनिधि , ग्रामिण महिला उत्थान केन्द्रका प्रतिनिधि ,टोल बिकास समुहका अध्यक्ष, बन समितिका अध्यक्ष आमा समुहका सदस्य र स्वास्थ्य स्वयंसेबिका गरि ३८ जनाको उपस्थिति रहेको थियो ।

Presented by Shiva Chaudhary-Advocacy /Campaign officer

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021172