सम्मान चुम्दै ग्रामीण महिला उत्थान केन्द्र « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

सम्मान चुम्दै ग्रामीण महिला उत्थान केन्द्र

Please follow & like us :)

नेपाल रेडक्रस सोसाइटी दाङ्ग शाखाको ५९औ स्थापना दिबशको अबसरमा मिति २०८१ साल श्रावण १२ गतेका दिन ग्रामीण महिला उत्थान केन्द्र दाङ्गलाई सम्मान गरिएको छ ।


नेपाल रेडक्रस सोसाइटी दाङ्ग शाखाका सभापती मदन गौतमको अध्यक्षता र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बिकास लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा रक्त संञ्चार सेवा केन्द्रको संञ्चालन र संस्थागत प्रगति तथा उत्थानका लागि गरेको उचित काम तथा योगदानको कदर गर्दै ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग लाई सम्मान गरिएको हो ।


कार्यक्रममा प्रमुख अतिथि डा. लामिछानेले रक्त संञ्चार केन्द्रले खेल्दै आएको भुमिकाका कारण अहिले हजारौ बिरामीले नयाँ जीवन पाएको बताउनुभयो । रगतका कारण अकालमा ज्यान जानवाट जोगाउन रक्त संञ्चार केन्द्रले स्वास्थ्य क्षेत्रमा खेल्दै आएको भुमिकाका कारण स्वास्थ्य उपचार पनि सहज भएको बताउनुभयो । बढ्दो जनसंख्या सँगै उपचारका लागि चाहिने रगतको खपतलाई ध्यानमा राखी रक्त संञ्चार केन्द्रलाई सहयोग गर्नका लागि तीन तहका सरकार ले सहयोग गर्नुपर्ने भनाई राख्नुभएको थियो ।


कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले संस्थाले स्वास्थ्यका क्षेत्रमा काम गर्दै जाँदा समुदाय, सरोकार वाला निकाय, अस्पताल र नेपाल रेडक्रस सोसाइटी सँग प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिने हुँदा स्थानिय तह, सरोकारवाला निकाय सबैकोे उत्तरदायित्व र भुमिका अत्यन्त महत्वपुर्ण हुने जिकिर गर्नुभएको थियो । संस्थाले गएको बर्षमा सिकलसेल क्याम्प, प्रजनन स्वास्थ्य क्याम्प राखेपछि रगत लिनेहरुको संख्या बढी देखियो र आम नागरिकहरुले निशुल्क रगत लिन पाउनुपर्छ भन्ने बिषयमा आवाज उठाउदै संस्थाले बर्षेनी रक्तदान कार्यक्रम को आयोजना गर्दै आएको अध्यक्ष चौधरीले बताउनुभयो ।


कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सी., नेपाल रेडक्रस सोसाइटी दागं शाखाका निवर्तमान सभापति नारायण आर्चाय, समाजसेवी बमबहादुर डि.सी., वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीबन्दले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026385