सन् २०२६ कै पहिलो घरको जग पुजा अर्थात शिलान्यास कार्यक्रम
27 Sept, 2026
“ग्रामीण महिला उत्थान केन्द्र सँगको सहकार्यमा महिला र बालबालिकाहरु का लागि घर बनाउने पुण्यको कार्यमा जोडिन पाउदा आफुलाई अत्यन्त आनन्दको अनुभुति हुने गरेको छ” यो भनाई हो गढवा गाँउपालिका का उपाध्यक्ष शारदा कुमारी चौधरीको, गढवा गा.पा. वडा नम्बर ७ स्थिीत कल्पना चौधरीको घरको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि रहनुभएकी उपाध्यक्ष चौधरीले ग्रामीण महिला उत्थान केन्द्र सँग सहकार्य गरिएका अन्य कार्यक्रमहरु पनि छन् तर सन् २०२४ देखी बिपन्न, सिमान्तकृत, अल्पसंख्यक समुदायका एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि भुकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरेर हस्तान्तरण गर्ने यो कार्यक्रमले समाजमा बिपतमा परेका महिलाहरुको लागि मल्हम लगाई माईती सरहको काम गरेको भनाई राख्नुभएको थियो ।

ग्रामीण महिला उत्थान केन्द्रले शुरु गरेको यो कार्यक्रम आफुहरुको कार्यकाल समाप्त पश्चात पनि गाँउपालिका सँग समन्वय गरेर अगाडी बढ्नुपर्ने माग समेत राख्नुभएको थियो भने साझेदारी मार्फत गाँउपालिका सँग जोडिन आएकोमा संस्थालाई धन्यवाद समेत दिनुभएको थियो ।

संस्थाका अध्यक्ष आसमानी चौधरीले सन् २०२४ देखी हालसम्म यस गढवा गाँउपालिका क्षेत्रमा रहेका बिपन्न, सिमान्तकृत, अल्पसंख्यक र एकल महिला तथा १६ बर्ष मुनिका बालबालिकाहरुका लागि ७ वटा भुकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिएको जानकारी गराउनुभएको थियो । घर सँगै उनिहरुलाई आयआर्जनका लागि जोड्ने प्रयास भईरहेको, बालबालिकाहरुका लागि शिक्षामा सहयोग गरेको, आवश्यक फर्निचरका सामाग्री समेत हस्तान्तरण गर्दै आएको भनाई राख्नुभएको थियो भने सन् २०२६ का लागि गढवा, राजपुर र घोराही उपमहानगरपालिकामा गरी जम्मा १५ वटा घर निर्माण गर्ने जानकारी समेत दिनुभएको थियो । यसैबिच घर निर्माणको जिम्मा पाएको कन्सलटेन्सीले सम्झौता बमोजिम काम गरे नगरेको हेर्नका लागि संस्थामा ईन्जीनीयर रहेको र उहाँले यसको सुपरिबेक्षण गर्ने भनाई राख्नुभएको थियो साथै घर बनिरहेका वडाका प्राबिधिक वा गाँउपालिकाका ईन्जीनीयर/फोकल पर्सनले समेत यसको समय समयमा अनुगमन गर्नुपर्ने बताउनुभएको थियो ।

ग्रामीण महिला उत्थान केन्द्र, NIVAS र गढवा गाँउपालिका सँगको समन्वय तथा साझेदारी मार्फत महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भूमिमा महिलाको स्वामित्व सचेतना/पैरबी परियोजना अन्र्तगत गढवा गाँउपालिका वडा नम्बर ७ निवासी कल्पना सार्की चौधरीको सन् २०२६ मा निर्माण हुन थालेको यो पहिलो घरको शिलान्यास कार्यक्रम मिति २०८३ साल भाद्र ३० गतेका दिन गरिएको थियो । संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि बैदिक बिधिपुर्वक पुजापाठ गरि जग पुजा अर्थात घरको शिलान्यास गरिएको थियो ।

सो कार्यक्रममा वडा नम्बर ७ का कार्यबाहक अध्यक्ष मायाराम चौधरी, भौतीक पुर्वाधार तथा बिकास शाखाका प्रमुख बिनय कुमार यादब, प्राबिधिक चन्द्र प्रसाद वली, गाँउपालिकाका प्रेस संयोजक आलोक भावुक, लाभान्वित परिवारका सदस्यहरु, टोल बिकास समितिका पदाधिकारी, छरछिमेकहरु लगायतको उपस्थीती रहेको थियो ।






