श्यामकुमारी र निर्मलाको घरमा गृह प्रबेश कार्यक्रम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

श्यामकुमारी र निर्मलाको घरमा गृह प्रबेश कार्यक्रम

Please follow & like us :)

11 Dec, 2024

ग्रामीण महिला उत्थान केन्द्र दाङ, अमेरिका स्थिीत NIVAS संस्थाको साझेदारी र गढवा गाँउपालिकाको समन्वयमा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना (SWFH) अन्र्तगत निर्माण भएको गढवा गाँउपालिका वार्ड नम्बर ५ लालपुर निवासी श्याम कुमारी चौधरीको घरको गृहप्रबेश कार्यक्रम सम्पन्न भएको छ ।


गृह प्रबेश कार्यक्रममा बोल्दै गढवा गाँउपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले परियोजनाले एकल महिला, १६ बर्ष मुनिका बालबालिकाहरुको लागि सुरक्षित आवास निर्माण गरिदिई पालिका क्षेत्रमा पुण्यको काम गरेको भन्दै संस्थालाई धन्यबाद दिनुभएको थियो । यसैगरी आगामी दिनमा यस पालिका क्षेत्रका अन्य महिलाहरुको घर निर्माण गर्नका लागि पालिकाबाट पनि बजेट बिनियोजन गरी काम गर्न सकिने भन्दै आफनो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा वार्ड अध्यक्ष लेख बहादुर थापाले परियोजनाले आफनो मापदण्ड भित्र पर्ने गरी समुदायमा रहेका बिपन्न, सिमान्तकृत, एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुको सुरक्षित आवासका लागि समुदाय सँगै छलफल गरी घर निर्माण गर्ने कार्य गरेकोमा हृदयदेखी नै संस्थालाई धन्यबाद दिनुभएको थियो । यसैगरी गृह प्रबेश कार्यक्रममा बोल्दै NIVAS संस्थाका कार्यकारी निर्देशक Lindsey Kruger ले ग्रामीण महिला उत्थान केन्द्र र पालिका सँग समन्वय तथा साझेदारी मार्फत एकल महिला तथा बालबालिकाहरुको सुरक्षाको लागि घर निर्माण गर्न पाउदा आफुहरु अत्यन्त खुसी भएको भनि आफना भावना ब्यक्त गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसामानी चौधरीले संस्थाको आफनो परिकल्पना अनुसार नै महिला तथा बालबालिकाहरुको उत्थान र शसक्तीकरणका लागि समुदायमा रहेर काम गरिरहन पाउदा अत्यन्त खुसी र गर्बको अनुभुति हुने गरेको बताउदै अहिले महिला तथा बालबालिकाहरुको सुरक्षाको निम्ती घर बनाइयो अब ति घरका महिला र बालबालिकाहरुलाई शसक्त कसरी बनाउने भन्ने कुरामा आफुले गृहकार्य गर्न थालेको पनि भनाई राख्नुभएको थियो । सो गृह प्रबेश कार्यक्रममा NIVAS संस्थाका संञ्चालक समितिका Mark, Michele, Melaine, कार्यकारी निर्देशक Lindsey Kruger र Impact and Innovation Director सुष्मा श्रेष्ठ सहितको टिम र Inclusive and Designers and Builders का निरोज महर्जन, अध्यक्ष कुशल श्रेष्ठको सहभागीता रहेको थियो। सो गृह प्रबेश कार्यक्रममा घरधनी श्यामकुमारी चौधरी र उहाँका छोराछोरीले रिबन काटेर सबैलाई घर भित्र प्रबेश गराउनुभएको थियो ।

यसैबिचमा मिति २०८१ साल मंसीर २१ गतेका दिन राजपुर गाँउपालिका वार्ड नम्बर २ बेला निवासी निर्मला खत्रीको घरको गृहप्रबेश कार्यक्रम सम्पन्न भएको छ ।


निर्मला खत्रीका २ वटा नातीनी र निर्मला खत्रीले रिबन काटेर घरको गृह प्रबेश गराउनुभएको कार्यक्रममा राजपुर गाँउपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती देवी यादब, वडा अध्यक्ष लगायत NIVAS संस्थाका संञ्चालक समितिका Mark, Michele, Melaine, कार्यकारी निर्देशक Lindsey Kruger, Impact and Innovation Director सुष्मा श्रेष्ठ, सुदिप हाँडा, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी र Inclusive and Designers and Builders का निरोज महर्जन, अध्यक्ष कुशल श्रेष्ठ लगायतको अर्थपुर्ण सहभागीता रहेको थियो ।


ग्रामीण महिला उत्थान केन्द्र दागं, NIVAS संस्था सँगको साझेदारी र पालिकाहरु सँगको समन्वय तथा सहकार्यमा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना (SWFH) अन्र्तगत राजपुर गाँउपालिकामा ४ वटा र गढवा गाँउपालिकामा ४ वटा गरी जम्मा ८ वटा घरहरु निर्माण भएको हो । सो ८ वटा घरहरु मध्ये राजपुर गाँउपालिकामा २ वटा र गढवा गाँउपालिकामा २ वटा घरहरु परियोजनाको पुरा लागतमा निर्माण गरिएको हो र बाकी ४ वटा घरहरु त्रिपक्षिय साझेदारीमा निर्माण भईरहेको छ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394