लाभान्वित परिवार छनौटका लागि संयुक्त घरभेट « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

लाभान्वित परिवार छनौटका लागि संयुक्त घरभेट

Please follow & like us :)

27 Sept, 2026

भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि ग्रामीण महिला उत्थान केन्द्र, NIVAS र गढवा गाँउपालिका सहितको संयुक्त टिमले त्यस क्षेत्रका लाभान्वित परिवार सँग साक्षात्कार गरेको छ ।


मिति २०८३ भाद्र ११ गतेका दिन संयुक्त रुपमा गरिएको घरभेट कार्यक्रमले परियोजना बाट निर्माण हुने भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि आवश्यक बिपन्न सिमान्तकृत र अल्पसंख्यक समुदायका एकल महिला र १६ बर्ष मुनिका बालबालिका हुनुपर्ने मापदण्ड बमोजिमको परिवार हुन् वा होईनन् भनि लाभान्वित परिवार छनौटका लागि घरभेट गरिएको थियो ।


गढवा गाँउपालिकाको वडा नम्बर १ बाट शुरु गरिएको यात्रा त्यस गाँउपालिका को ८ वटै वडामा पुगी प्रत्यक्ष लाभान्वित परिवार सँग घरभेट समेत गरिएको थियो । गाँउपालिका का अध्यक्ष यमनारायण शर्मा पोख्रेल, सम्बन्धीत वडा अध्यक्षहरु, NIVAS संस्था का राष्ट्रिय निर्देशक, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी सहितको संयुक्त टिमले ६ जना घरपरिवारको प्रत्यक्ष अवस्था बुझने काम गरेको थियो ।


स्थानिय सरकार र दातृ निकाय सहित गरिएको घरभेट कार्यक्रमले त्यस गढवा गाँउपालिका क्षेत्रमा बिपन्न, घरबारबिहिन, महिलाहरुको संख्या अत्यधीक भेटिएको थियो, कुपोषण भएका बालबालिकाहरु, पुरुषहरु पनि घरबारबिहिन, पिडित, रोगले ग्रस्त भएका भेटिएका थिए यसैगरी कत्तिपयको घर मर्मत कार्य गरेपछी मात्रै पनी बस्न लायकको देखिएका थिए । नितान्त आवश्यक र मापदण्डभित्र पर्ने लाभान्वित परिवार छनौटका लागि गरिएको घरभेट कार्यक्रम निक्कै उपलब्धीमुलक रहेको थियो ।


यसरी संयुक्त रुपमा गरिएको घरभेट कार्यक्रम सम्पन्न पश्चात मात्र गढवा गाँउपालिकाको कार्यपालिका बाट वडा नम्बर १ निबासीद्धय चन्द्रा वकावल र मनीदेबी कुमाल, वडा नम्बर ३ निबासी शिबादेबी सार्की, वडा नम्बर ५ निबासी अनिता चौधरी, वडा नम्बर ७ निबासी कल्पना सार्की चौधरीको घर निर्माण गर्ने निर्णय गरेको हो भने परियोजनाको सम्पुर्ण लागतमा निर्माण हुने अपांगमैत्री घरका लागि गढवा गाँउपालिका वडा नम्बर ६ निबासी बिमला महरा को घर निर्माण गर्ने निर्णय गरेको थियो ।


सन् २०२४ देखी दागं जिल्लाको राजपुर र गढवा गाँउपालिकामा शुरु भएको त्यस परियोजना बाट हालसम्म एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि १४ वटा भुकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरी हस्तान्तरण गरिएको छ ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

027854