राजपुर र गढवा गाँउपालिकामा पुर्नउत्थानशिल कृषि परियोजना « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

राजपुर र गढवा गाँउपालिकामा पुर्नउत्थानशिल कृषि परियोजना

Please follow & like us :)

30 July, 2025

ग्रामीण महिला उत्थान केन्द्र र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दागं जिल्लाको राजपुर र गढवा गाँउपालिकामा संञ्चालन भईरहेको पुर्नउत्थानशिल कृषि परियोजना अन्र्तगत समुह नक्सांकन र अगुवा किसान छनौट कार्यक्रम सम्पन्न भएको छ ।


राजपुर गाँउपालिकाको वार्ड नम्बर १, २, ३, ४ र ५ मा १० वटा समुह र गढवा गाँउपालिकाको ४, ५, ६ र ७ नम्बर वडाको १० वटा समुहमा समुह नक्सांकन गरिएको हो समुह नंक्साकन गरिएको प्रत्येक समुह बाट १/१ जना अगुवा किसान समेत छनौट गरिएको छ । सो समुहलाई प्रतिनिधित्व गर्ने गरी सक्रिय किसानहरुलाई नै अगुवा किसानको रुपमा छनौट गरिएको हो ।
प्रत्येक समुहमा २५ जना सदस्य रहेको समुहलाई ब्यावसायिक रुपमा तरकारी खेति ब्यवसाय संञ्चालन गर्ने, किसानहरुको माटोको पुर्नउत्थानशिल सम्बन्धी माटोको उपचार र किरा लाग्न बाट बचाउनका जैबिक झोलमोल वा प्राकृतिक खेतीप्रणाली का लागि जैबिक बिषादी घरमै बनाउन लगाउने काम परियाजना मार्फत गरिदै आएको छ ।


यसैगरी माटोलाई आवश्यक भिटामिन, किटनाशक किराको लागि जैबिक झोलमोल लगायतको आवश्यक सामाग्री बनाउनका लागि गाँउघरमै कुहिएर गएका वा गाँउघरमै पाईने तितेपाती, अण्डाको खोष्टा, खरानी लगायतको स्रोत र साधन को प्रयोग गरी समुहका किसानहरुलाई ज्ञान र सिप प्रदान गरिदै आएको छ ।


तरकारी उत्पादन बढाउनका लागि कृषकहरुले बजारमा पाईने रसायनिक बिषादीहरुको अत्यधिक प्रयोगले माटोको क्षमता ह्रास हुदै गएकोमा अहिले यस परियोजना मार्फत समुदायमा काम गरिरहदा कृषकहरु अत्यधिक खुसी तथा उत्साहित भएका छन् ।


करिब २ बर्षसम्म संञ्चालन हुने यस परियोजनाले स्वस्थ्य माटो उत्पादन सँगै अग्र्यानिक तरकारी उत्पादन बृद्धिमा स्थानियस्तरका किसानहरुलाई सिप र प्रबिधी सिकाउने परियोजनाको उपलब्धी रहने जनाइएको छ । हाल यस परियोजनाका लागि २ जना कृषि प्राबिधिकहरु मार्फत समुह तथा समुदायमा काम हुदै आएको संस्थाका अध्यक्ष आसमानी चौधरीले जानकारी गराउनुुभएको छ ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394