राजपुर गाँउपालिकामा नमुना घर (डेमो) को शिलान्यास « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

राजपुर गाँउपालिकामा नमुना घर (डेमो) को शिलान्यास

Please follow & like us :)

8 September, 2024

ग्रामीण महिला उत्थान केन्द्र दाङ र निवास संस्थाको साझेदारीमा दाङ जिल्लाको राजपुर र गढवा गाँउपालिकामा सञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षीत आवाश मार्फत सुदृढीकरण परियोजना (SWFH) अन्तर्गत राजपुर गाँउपालिकामा नमुना (डेमो) घर निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा राजपुर गाँउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता एंव गाँउपालिका उपाध्यक्ष धनपती देबी यादबको बिशिष्ट आतिथ्यता र राजपुर गाँउपालिका वार्ड नम्बर २ का अध्यक्ष ओम प्रकाश यादबको आतिथ्यतामा राजपुर २ बेलामा निर्माण हुन गईरहेको नमुना घरको शिलान्यास गरिएको छ ।


शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राजपुर गाँउपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले यस क्षेत्रमा ग्रामीण महिला उत्थान केन्द्रले घरबारबिहिन, बिपन्न गरिब, सिमान्तकृत, एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि घर बनाउने परियोजना ल्याएकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो, साथै यस पालिकामा संचालन भईरहेको परियोजनामा पालिकाले आर्थिक बर्ष २०८१/०८२ मा लागु हुने गरी निति तथा कार्यक्रममा समाबेश गरी घरबारबिहिनहरुको घर निर्माणका लागि केहि बजेट बिनियोजन गरेको समेत बताउनुभएको थियो ।


कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले निवास संस्था संगको साझेदारीमा दाङ जिल्लाको राजपुर र गढवा गाँउपालिकामा सञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षीत आवाश मार्फत सुदृढीकरण परियोजना अन्र्तगत पहिलो चरणमा राजपुर गा.पा मा ४ वटा र गढवा गा.पा. मा ४ वटा गरी जम्मा ८ वटा घर निर्माण हुने बताउनुभयो । बिपन्न, सिमान्तकृत, एकल महिला, १६ बर्ष मुनिका बालबालिकाहरु जस्को बस्ने बाँस छैन् उहाँहरुको सुरक्षाका लागि परियोजना मार्फत आवास (घर) निर्माण गरिने भन्दै अहिले राजपुर गा.पा. २ बेला निबासी निर्मला खत्रीको लागि बरण्डा, शौचालय सहितको भुकम्प प्रतिरोधात्मक २ कोठे नमुना घर निर्माण हुन गईरहेको अध्यक्ष चौधरीको भनाई थियो । आत्मनिर्भर र शसक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस ग्रामीण महिला उत्थान केन्द्र्रले बिभिन्न परियोजना मार्फत समुदायमा रहेका महिलाहरुलाई शसक्तीकरणका लागि काम गर्दै आएकोमा हाल यस परियोजना मार्फत निर्माण हुने घरका महिलाहरुलाई समेत आय–आर्जनका कार्यक्रमहरुमा जोड्ने अध्यक्ष चौधरीको भनाई थियो ।


कार्यक्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष ओमप्रकाश यादबले आफनो क्षेत्रमा गरिब घरबारबिहिन महिलाहरुका लागि संस्थाले ल्याएको यो कार्यक्रम निक्कै सराहनिय रहेको भन्दै आफनो क्षेत्रमा रहेका अन्य बिपन्न महिलाहरुको घर निर्माणका लागि वडाको तर्फ बाट पनि सहयोग गरिने बताउनुभएको थियो । कार्यक्रममा राजपुर प्रहरी चौकीका सई लगायत त्यस क्षेत्रका समाजसेवीहरुको समेत उपस्थीति रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022799