युवा उद्यमशिलता तालिम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

युवा उद्यमशिलता तालिम

Please follow & like us :)

25 Jan, 2026

ग्रामीण महिला उत्थान केन्द्र दागंको आयोजनामा घोराही उपमहानगरपालिका १७ भैसाहीमा युवा उद्यमशिलता तालिम सम्पन्न भएको छ ।


ग्रामीण महिला उत्थान केन्द्रका उपाध्यक्ष कमला चौधरीको अध्यक्षता र अगुवा, वुद्धिजिबी समाजसेवी खुसीराम चौधरीको प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको तालिममा प्रमुख अतिथि चौधरीले ग्रामीण महिला उत्थान केन्द्रले स्थापनाकाल देखी नै अत्यन्त मिहनेत, परिश्रमका साथ समुदायलाई सचेत, जागरुक र शसक्तीकरण राउनका लागि काम गरेको स्मरण गर्दै आज यहाँसम्म आउनमा संस्थाका अध्यक्षको अत्यन्त महत्वपुर्ण भुमिका रहेको भनाई राख्नुभएको थियो, मान्छे समयसँगै हतास निरास भएका प्रशस्त उदाहरण देखिन्छन् तर संस्थाका अभिभावक अध्यक्ष ज्यु ले कहिले हार नमानेर गुन्द्रीमा बसेर शुरुवात गर्नुभएको यस संस्थामा सयौको संख्यामा कर्मचारी देख्न पाउदा र समाजमा सबैले ग्रामीणको गुणगाण गाएको सुन्न र आफैले प्रत्यक्ष महिलाहरुलाई शसक्तिकरण गर्नका लागि गरेका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाउदा आफैलाई गौराबिन्त र आन्नदको अनुभुति हुने गरेको भनाई राख्दै संस्थाको शिखर गरिमा अझ उच्चो होस भन्ने कामना समेत गर्नुभएको थियो ।


ग्रामीण महिला उत्थान केन्द्रको आयोजना, ग्लोबल लर्निगं ल्याव र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडको समन्वयमा एक दिवशिय युवा उद्यमशिलता तालिममा उद्यम भनेको के हो? नेपालमा उद्यमशिलताका प्रकार, कानुनी रुपमा दर्ता प्रकृया, सफल उद्यमीमा हुने गुण तथा बिशेषताहरु, महिला उद्यमीहरुका लागि नेपाल सरकारले गरेका ब्यवस्थाहरु लगायतका बिषयमा सहजीकरण गरिएको थियो । आत्मनिर्भर लघुबित्त बित्तिय संस्थामा आवद्ध ३ वटा समुहका ३० जना सहभागिता रहेको तालिमको प्रशिक्षकमा भिमकान्त चौधरी, मिना गिरि, बिमला चौधरी र पार्वती बस्नेत रहनुभएको थियो ।


तालिमले आत्मनिर्भरतका लागि आफैले केहि गर्नुपर्छ भन्ने हौसला दिई आत्मबल बृद्धि गरेको सहभागी मैनावती चौधरीले भनाई राख्नुभएको थियो भने सामुहिक तरकारी खेति तत्काल शुरुवात गर्ने र संस्थाले आवश्यक परामर्श गरेर सहयोग गर्नेछ भन्ने अपेक्षा रहेको भनाई सहभागी शान्ति चौधरीले राख्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कमला चौधरीले मानिसले जानेको सिपलाई सदुपयोग गर्यो भने सिप जानको ब्यक्ति कहिल्यै भोको बस्नुपर्दैन् र सिपले मानिसलई समुदायसँग परिचित गराउने भनाई राख्दै १ दिने तालिममा अन्र्तक्रियात्मक तरिकाले छलफलमा सहभागी भई तालिमलाई सफल गराउन भुमिका खेल्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

संञ्चालक समिति सदस्य मिना गिरिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026426