मिहेनतले आत्मनिर्भर बन्दै सुष्मा । « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

मिहेनतले आत्मनिर्भर बन्दै सुष्मा ।

Please follow & like us :)

May 5, 2025


राजपुर गा.पा. वार्ड नं.२ गहिरा निबासी सुष्मा चौधरी अत्यन्त मिहेनती र ईमान्दार ब्यक्ति हुन् । घरको रेखदेख सँगै तरकारी खेतिमा रमाउदै आएकी सुष्माको घरमा उहाँको सासु, श्रीमान् गरी ३ जनाको परिवार रहेको छ ।


२०७४ सालमा बिबाहबन्धनमा बाधिएकी सुष्माका श्रीमान् पेशाले गाडी चालक हुन्, उनि कामको शिलसिलामा प्राय घरबाहिर नै बस्ने गर्छन् । भान्साको काम सकेर फुर्सदिलो समय बिताउने सुष्मालाई अहिले बारीमा तरकारी खेतिको कामले भ्याईनभ्याई छ । उनको बारीमा अहिले खुर्सानी, काउली र लटरम्म टमाटर फलेको छ भने ३ कठ्ठा जग्गामा राजमा खेति गरेकी छन् ।
गृहणी सुष्मालाई घर भित्रको कामका साथसाथै महिलाहरु आत्मनिर्भर बन्न सकिन्छ भन्ने ज्ञान “प्रगती उद्यमी महिला समुहमा” आवद्ध भएपछि मात्रै आएको हो । उक्त समुह राजपुर गाँउपालिकाको आर्थिक, हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोगमा ग्रामीण महिला उत्थान केन्द्र सँगको साझेदारीमा संञ्चालन भईरहको “राजपुर कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी बिकास परियोजना” भिटा परियोजनाले गठन गरिदिएको हो ।


९ कक्षा सम्म मात्र अध्ययन गरेकी सुष्मा समुहमा आवद्ध भएपछि अत्यन्त क्रियाशिल हुनुभयो र उक्त समुहको बागडोर सम्हाल्नका लागि अध्यक्षका रुपमा समेत चयन हुनुभयो र अहिले उहाँको समुहमा २४ जना सदस्य रहेका छन् । समुहमा आवद्ध भएपछि परियोजना बाट ब्यवासायिक तरकारी खेति गर्न ईच्छुक किसानका रुपमा छनौटमा परेपछि उनले तरकारी खेति सम्बन्धी बिभिन्न किसीमका तालिम, प्राबिधिकहरु बाट परामर्शका साथै तरकारी खेतिका लागि बिउ बिजन, तरकारी खेति गर्न आवश्यक सामाग्रीहरु अनुदानका रुपमा प्राप्त गरेकी छन् । त्यत्तिमात्रै नभई समुहमा आवद्ध भएपछि उत्प्रेरणा दिने र जिवनउपयोगी हुने खालका बिभिन्न किसिमका तालिमहरु प्राप्त गरेको सुष्माले बताईन् । ४ कठ्ठा जग्गामा गरेको तरकारी र राजमा खेति देखेर सुष्मा आफैलाई अहिले अरु जग्गा भाडामा लिएर तरकारी ब्यवसाय गर्ने कि भन्ने आटँ आएको छ ।
सुष्माले अहिले ७ क्विन्टल टमाटर, ५० के.जी. खुर्सानी र २० केजी काउली बिक्री गरिसकेकी छिन् । बारीमा अझै टमाटर, खुर्सानी रहेको छ । “गाँउघरमा अरुले तरकारी खेति गरेको त देखिन्थ्यो तर उत्पादन कम भयो भन्ने गुनासो मात्र सुनिन्थ्यो तर अहिले परियोजना बाट खटिएका कृषि प्राबिधिक को सल्लाहले उत्पादन राम्रो भएको छ, मेरो टमाटर खुर्सानी फलेको देखेर वरपर छिमेकीहरुले समेत आफुहरुले तरकारी ब्यवसाय गर्न उत्साह देखाएको कुरा सुष्मा ले बताईन् ।”


आगामी दिनमा जग्गा भाडामा लिएर, श्रीमान् लाई पनि यसै तरकारी खेतिमा सहभागी गराएर ब्यवसायिक रुपमा तरकारी उत्पादन गर्ने र उद्यमी बन्ने योजना रहेको सुष्माले सुनाईन् । सुष्माले गरेको यो मिहेनत देखेर उनका श्रीमान् र सासु पनि छक्क परेका छन् । आफनो घर आगँनमै यो परियोजना ल्याएर आफुलाई आत्मनिर्भर बन्नका लागि उत्पेरित गरेकोमा सुष्माले राजपुर गाँउपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यबाद दिईन् ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394